राष्ट्रकवि माधव घिमिरेका कविता अब हिन्दीमा अनुवाद हुने

राजधानी/राष्ट्रकवि माधव
घिमिरेका कविता अब हिन्दीमा अनुवाद हुने भएको छ । उक्त कुराको घोषणा नेपालका लागि भारतका राजदूत रन्जित रेले गर्नुभएको हो ।
फागुन २९ गते शुक्रबार राजधानीमा आयोजित गीतकार एवम् कवि दिनेश अधिकारीको हिन्दी कविता साग्रह ‘संवेदनाके स्वर’ को विमोचन गर्दै रन्जित रेले भन्नुभयो, नेपालका प्रख्यात कवि माधवप्रसाद
घिमिरेका कविताहरु हिन्दीमा अनुवाद गर्नु आवश्यक छ ।
उहाले भन्नुभयो महाकवि लक्ष्मी प्रसाद देवकोटाका निवन्ध, केही कविता हिन्दीमा अनुवाद भइसकेका छन् । अब चााडै नै राष्ट्रकवि माधवप्रसाद घिमिरेका कविता पनि हिन्दीमा अनुवाद हुन्छन् । भारतमा असंख्यौ नेपाली साहित्यप्रेमीहरु छन् । नेपालमा पनि कैयौ साहित्यप्रेमी, कवि तथा कवयित्रीहरु भारतीय साहित्यबाट प्रभावित छन् । कैयौ भारतीय कवि तथा साहित्यकारक हरुको कृति नेपाली भाषामा अनुवाद भएको प्रसंग उल्लेख गर्दै राजदुत रेले भन्नुभयो एक अर्कादेशको कृति अनुवादले दुवै देशका साहित्यप्रेमीहरुलाई नजिक ल्याउाछ ।
कवि एवम् गीतकार दिनेश अधिकारीको संवेदना के स्वरको राजदुत रे र राष्ट्रकवि माधवप्रसाद घिमिरेले संयुक्त रुपमा सार्वजनिक गर्नुभएको थियो । सो अवसरमा बोल्दै राष्ट्रकवि घिमिरेले भन्नुभयो, नेपाली तथा हिन्दी भाषाका कृतिहरु एक अर्का भाषामा अनुवाद हुादा दुवै देशका पाठकहरुलाई नजिक ल्याउाछ । नेपाली साहित्यिक कृतिहरु हिन्दी भाषामा मात्र नभएर अन्य दक्षिण एसियाली भाषामा पनि अनुवाद हुनु आवश्यक भइसकेको छ । यो कामले नेपाल र भारतबीचमा थप अमात्मीयता समेत बढाउने उहााको विश्वास थियो । उहााले कविता तथा आफ्ना कैयन रचनाका सम्बन्धमा मीठो अनुभव समेत सबैका बीचमा सुनाउनु भएको थियो । उहााले आफ्ना केही कविताहरु हिन्दीमा समेत सुनाउनु भएको थियो । उहााले भन्नुभयो साहित्य उत्थान जस्तो महान कार्यका लागि भारतीय राजदुतावास, बीपी कोइराला भारत नेपाल फाउन्डेशनले जुन कार्य गर्दै आएको छ त्यो अत्यन्तै प्रशंसनीय छ । यसका निम्ति म फाउन्डेशनलाई धन्यवाद दिन्छु ।
कवि तथा गीतकार दिनेश अधिकारीले आफ्नो संक्षिप्त मन्तव्यमा भन्नुभयो, नेपाल र भारतबीचको साास्कृतिक एकरुपताका कारण नेपाली साहित्यप्रेमीले भारतीय साहित्य पढेजस्तै भारतीय साहित्यप्रेमीले नेपाली साहित्य पढ्ने भएकोले अनुवादित कविताको बजार रहेको विश्वास व्यक्त गर्नुभयो । अधिकारीका कविताहरुको अनुवाद डा. गंगाप्रसाद अकेलाले गर्नुभएको हो भने भारतको प्रख्यात राजकमल प्रशकाशनले प्रकासित गरेको हो । कविता संग्रहमा ५६ वटा कविताहरु संग्रहित छन् । उक्त अवसरमा सार्कका महासचिव अर्जुनबहादुर थापा, प्रज्ञा प्रतिष्ठानका उपकुलपति, कवि एवम् साहित्यकार सरु भक्त लगायत विशिष्ट कवि एवम् साहित्यकारहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया