धरान/नेपाल विद्युत प्राधिकरण
धरान शाखाले गत मंगलबार धरान–१५ महादेव चौकस्थित एक घरबाट विद्युत चोरी गरी सञ्चालन गरेको ठूलो परिणामका विद्युतीय समाग्रीहरु बरामद गरेको छ ।
गोप्य सूचनाका आधारमा प्रहरीको सहयोग लिएर उक्त घरबाट एकथान ठूलो एलसिडी, चारथान टिभी, एक थान रुम हिटर, चारथान पंखा र १५ वटा वत्तिसागै हुकिङ्गमा प्रयोग भएका तारहरु प्राधिकरणले बराबद गरेको हो । यसका अलावा हुकिङ्गबाट चोरी विजुलीबाट १ सय ५० थान कुखुरा समेत पालेको प्राधिकरणले जानकारी दिएको छ ।
पछिल्लो पटक नेपाल विद्युत प्राधिकरणले विद्युत चोरी गर्न र महसुल नबुझाउनेमाथि कडाई थालेको छ । नेपाल विद्युत प्राधिकरण धरान शाखाका प्रमुख खिलनाथ अर्यालका अनुसार हाल मिटर भएका ग्राहकहरुले समेत हुकिङ्ग गरी चोरी गरेवापत ९० हजार ७४ रुपैया असुल उपर भएको छ । धरान वडा नं. ५, ९, बराह क्षेत्र लगायतका ग्राहकबाट यति
रकम असुल उपर भएको हो । उहााका अनुसार हाल मिटरको छड्के निरीक्षणको कामलाई तिब्र रुपमा अगाडि बढाइएको छ । आर्थिक बर्ष ०७१/०७२ को हालसम्म ५ सय ६८ घरका लाइन काटिएको छ भने ३ सय १५ वटा जडान गरिएको
छ । बक्यौता तर्फबाट हालसम्म ४७ लाख ११ हजार ४ सय ७६ रुपैया ३८ पैसा र असुलीतर्फ ५० लाख ५ हजार १ सय ६५ रुपैया ७५ पैसा उठेको छ । कुनै पनि ग्राहकले ६ महिनासम्म विद्युत महसुल तिरेनन् भने त्यस्ता ग्राहकलाई ब्लाकलिष्टमा राखिन्छ ।
कार्यालय प्रमुख अर्याल भन्नुहुन्छ, सडक बत्तीवापत धरान उपमहानगरपालिकाले सबैभन्दा ज्यादा ३ करोड ४४ लाख ८९ हजार १ सय ५६ रुपैया ५३ पैसा प्राधिकरणलाई बुझाउन बााकी
छ । प्राधिकरणले धरान उपमहानगरपालिकालाई विद्युत महसुल बुझाउन माघ २३ गते औपचारिक रुपमा पत्राचार गरिसकेको छ । तर पत्रको जवाफ
धरान उपमहानगरपालिकाले अहिलेसम्म नदिएको अर्यालले बताउनुभयो । उहााका अनुसार अब हामीसाग एउटै विकल्प छ त्यो हो लाइन काट्नु , धरान तथा जिल्लाका केही सरकारी कार्यालयले पहिला महसुल बुझाएका थिएनन् तर पछि लाइन काटेपछि सबैले नियमित महसुल बुझाउन थालेका छन् । यतिबेला ऊर्जा मन्त्रालयले समेत जुनसुकै निकायले प्रयोग गरेको विद्युत महसुल कडाइका साथ उठाउन निर्देशन दिएको समेत अर्यालले प्रष्ट पार्नुभयो । उहाा भन्नुहुन्छ, उपमहानगरपालिकाले हालसम्म बत्तीको पैसा नतिरेको मत्र हेन चरम लापारबाही समेत गरेको पाइयो । दिउासै सडक बत्तिहरु बलिरहेका हुन्छन् । कतिपय स्थानमा म आफै गाडीबाट उत्रिएर त्यस्ता सडक बत्ती निभाउदै हिडेको छु । ऊर्जाको बचत गरे न लोडसेडिङ्ग कम हुन्छ, अर्यालले भन्नुभयो । यतिबेला विद्युत प्राधिकरणले ज्वाइन्ट भेरिफिकेशन अर्थात सडकबत्तीको गणना समेत थालेको छ । नगरपालिकाले मनखुशी प्राधिकरणलाई थाहै नदिई जहीतही सडक बत्ती जडान गर्ने गरेको पाइयो । यो गलत हो अर्यालले भन्नुभयो । यहाा स्मरणीय कुरा के छ भने सडक बत्तीवापत धरान उपमहानगरपालिकाले एकीकृत सम्पत्ति कर मार्फत महसुल असुल्दै आएको छ । तर उसले प्राधिकरणलाई महसुल नबुझाउनु रहस्मय बन्दै गएको छ । केही समय अगाडि प्राधिकरणले बुटवलमा सडक बत्ती, कार्यालयको बत्ती काट्दा बुटवल उपमहानगरपालिकाले यतिबेला नियमित महसुल बुझाउन थालेको छ । धरान उपमहानगरपालिकाले विद्युतवापत मात्र नभएर नेपाल खानेपानी संस्थानको समेत १२ लाख रुपैया महसुल बुझाएको छैन । संस्थानका एक कर्मचारीका अनुसार केही बर्ष अगाडि हामीले पानीको लाइन नै काटिदियौं । पछि सिडिओलाई भनेर जोड्न लगाएका थिए । पानीवापत बुझाउनुपर्नेे महसुल संस्थानले यतिबेला सरकारी बक्यौतामा हालिदिने गरेको पनि उनले सुनाए ।
