नेपाली कग्रेस सुनसरिद्वारा आपत्ति

इनरुवा/नेपाली कंग्रेस सुनसरिले हिजो बिहिवार एक प्रेस बिज्ञपति प्रकशित गरि नेपालको प्रसिद्व रास्ट्रीय दैनिक पत्रीका अन्नपूर्ण पोस्ट्मा जेठ 4 गते प्रकाशित धरानको जलाधार क्षेत्र शिर्षकको समाचार प्रती गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
नेपालि कंग्रेस सुनसरी जिल्ला कार्यसमितिका सचिव केदार भन्डारिद्वारा हस्ताक्षरित बिज्ञप्तिमा भनिएको छ नेपाली कंग्रेस सुनसरिका जिल्ला सदस्य,युवा न्व्ता समाजसेवी किशोर राई नेपाली कंग्रेसको धरान नगर सभापती भएको समयको बिषयमा निराधार,बिना प्रमाण,कसैको चरित्र हत्या गर्ने दुराशायी मनसायले निकालिएको झुठा समाचारले पत्रीका र पत्रकारका बिषयमा समाजले राखेको आशा र बिस्वास धराशायी भएको छ।
बिज्ञप्तिमा भनिएको छ कुनै ब्यक्तिको ब्यक्त्तित्व समाप्त पार्ने हिसावले राजनैतिक प्रतिशोध साध्नका लागि हुँदै नभएको झुठा समाचार संम्प्रेषण गरेबाट पत्रकारको पेशागत मर्यादा,स्वच्छ पत्रकारिताको युग समाप्त भएको हो कि भन्ने आभाष भएको छ।तसर्थ बिना सत्य,तथ्य,बिना प्रमाण कसैको चरित्र हत्या गर्ने हिसावले नलाग्न संचारकर्मिहरुलाइ सचेत गराउंदै जनसमुदायलाइ झुठा समाचारको बिस्वास नगर्न अनुरोध समेत गरिएको छ।

तपाईको प्रतिक्रिया