औषधि खरिदमा कमिशन बार्गेनिङ नमिल्दा पटक पटक टेन्डर रद्ध कोभिड अस्पतालको एकबर्ष अगाडि खरिद गरिएको उपकरणको भुक्तानी अझै भएन

धरान÷देशकै सबैभन्दा ठूलो अक्सिजन प्लान्ट रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ८० प्रतिशतभन्दा बढी विभिन्न कम्पनीबाट सिलिण्डर किनेर प्रतिष्ठानका उपकुपति डा. ज्ञानेन्द्र गिरी र रजिष्ट्रार डा. मोहनन्द्र रेग्मीले कमिशन डकारी रहेका छन् ।
दैनिक १६ सय लिटर प्रतिमिनेट अक्सिजन उत्पादन गर्ने प्लान्ट ४ महिना अगाडि जडान गरिएको थियो । तर प्रतिष्ठान प्रशासनले त्यसलाई सञ्चालनमा ल्याउनुको सट्टा कमिशनकै प्रलोभनमा बाहिरबाट सिलिण्डर खरिद गर्ने गरेको प्रतिष्ठान स्रोतले जनाएको छ ।

कोरोना भाइरसको दोस्रो भेरियन्टका कारण प्रतिष्ठानमा उपचरार्थ आएका विरामीहरु अक्सिजनको अभावमा दैनिक मृतकको संख्या बढिरहेको छ । प्रतिस्ठानमा दुई दिनमा १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोभिड अस्पतालमा अक्सिजन पाइपबाट नआउँदा भर्ना भएका विरामीहरु मृत्यु कुरेर बसेका छन् । प्रतिष्ठानका एक प्राध्यापकले भने प्रतिमिनेट ८ सय लिटर अक्सिजन उत्पादन गर्ने दुईवटा टावरमध्ये एउटाबाट पूर्ण रुपले उत्पादन ठप्प भएको छ । बिग्रिएको टावरलाई सुधार, मर्मत गर्नुभन्दा पनि त्यसलाई बनाउँदा कति कमिशन आउँछ भन्ने धन्दामा उपकुलपतिर रजिष्ट्रार लागेको उनको भनाई छ । प्रतिष्ठानले अक्सिजन मर्मतको जिम्मा डाइग्नोकेन इन्टरनेशनललाई दिएको छ । प्रतिष्ठानका इलेक्टा«ेनिक इन्जिनियर राहुल मिश्राको सेटिङमा सार्वजनिक खरिद ऐन विपरीत डाग्नोकेनको यस भन्दा अगाडि मर्मतकै नाममा २५ लाख भुक्तानी दिइसकेको छ भने पुन ः प्लान्ट मर्मत गर्न २० लाखको बार्गेनिङ चलेको छ । एक चिकित्सकले भने डाग्नोकेनलाई दिन १७ लाखको चेक बनिसकेको छ । प्रतिष्ठानमा कर्मचारी, व्यापारी, पदाधिकारीको नांगो कमाउ धन्दाले विरामीहरुको मृत्यु दर दिनप्रतिदिन बढिरहेको छ । उनले भने इलेक्ट्रोनिक इन्जिनियर मिश्रा र रजिष्ट्रार रेग्मीकै कारण यो अवस्था निम्तिएको हो । विहीबार र शुक्रबार डाग्नोकेनका प्रोपाइटर विज्ञान अर्याल र निजका छोरा आएर बिग्रिएको प्लान्ट मर्मत गरेपनि त्यसबाट क्षमता अनुरुप अक्सिजन उत्पादन नभएको ती चिकित्सकले बताए । अक्सिजन प्लान्ट मर्मतकालागि नेकपा माओवादी केन्द्रका केन्दं्र्रीय सदस्य अइन्द्रविक्रम वेघा, नगर इन्चार्ज चोत्लुङ याङथुङ्बाले अस्पतालमै पुगेर चर्को दबाब दिएपछि मर्मतको नाटक गरिएको हो, एक कासले भने । उनले भने अक्सिजन प्लान्टमै डिफल्ट छ । यसको जानकारी सुनसरी र मोरङका प्रमुख जिल्ला अधिकारी र स्वास्थ्य मन्त्रायलाई समेत गराइसकेको उनले सुनाए ।
चाकडी बजाउन नेताको घरघरमा

राजनैतिक दलका नेतृत्वको चाकडी बजाएर आफूलाई उनीहरुको निकट देखाउने र आफनो दुनो सोझ्याउने मात्र होइन बेग्लाबेग्लै राजनैतिक दलको सदस्यता लिने धन्दा रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मीको नौलो होइन ।
प्रतिष्ठानका एक प्राध्यापकले दिएको जानकारी अनुसार केही महिना अगाडि नेपाली काँग्रेसका सह–महामन्त्री सुनिलबहादुर थापा प्रतिष्ठानको शिक्षण जिल्ला अन्तर्गतको कार्यक्रममा धनकुटा जिल्लालाई प्राथमिकतामा राख्न आग्रह गर्दै प्रतिष्ठानमा पुग्नुभयो । निकट भविष्यमै नेपाली काँग्रेसको सरकार बन्ने र थापालाई सिढीको रुपमा प्रयोग गर्न सकिने देखेपछि रेग्मीले सहमहामन्त्री थापाको राम्रै चकडी बजाएका थिए । उनले चाकडी मात्र बजाएनन् नास्तापानीको व्यवस्था गर्दै आफू पनि काँग्रेस भएको निर्लज्जतापूर्वक बताएका थिए । पछि ती प्राध्यापकले रेग्मी काँग्रेस नभएर अवसरवादी भएको, एमालेको सदस्यता लिएर रजिष्ट्रारको नियुक्ति लिएको, एमालेको पार्टी कार्यक्रममा पुग्छन् (माघ ८ गते दरबार मार्गमा भएको कार्यक्रममा सहभागी भएको), कहिले जनता समाजवादी पार्टीको सदस्यता लिन्छन्, कहिले स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीको खास मान्छे हुँ भनेर चाकडी बजाउन पुग्छन भनेर सुनाइदिएपछि थापाले अवसरवादी चरित्र रहेछ भनेर टिप्पणी गरेका थिए ।
कार्यालयमा अक्सर कहिल्यै नबस्ने, कमिशन लगायत अन्य बार्गेनिङको काममा मात्र अफिस आउने र आफ्ना एकाध आसेपासेलाई मलाई कामै गर्न दिएनन् भनेर सुनाउने गरेको अर्का कासले बताए । उनले भने प्रतिष्ठान कोल्याप्स हुने अवस्थामा पुग्दा समेत आफूलाई काँग्रेस हुँ भन्ने कर्मचारी कल्याण समाजका पदाधिकारी समेत रहेका एक व्यक्तिले नेपाली काँग्रेस सनसरीका सभापति राजिव कोइरालाको निवास इनरुवामा रजिष्ट्रारलाई पु¥याएका थिए । तर कोइरालाले रजिष्ट्रार रेग्मीलाई घाँस नहालेपछि ती पदाधिकारी र रजिष्ट्रार अमिलो अनुहार बनाएर फर्किएका थिए । भोलि काँग्रेस सत्तामा आउँदा भिसीका लागि सिफारिस हुन सक्ने देखेपछि नेपाली काँग्रेस सुनसरीका उपसभापति सञ्जय श्रेष्ठसँग हिमचिम बढाउन पुगेको देखेपछि अर्का एक काँग्रेस निकट प्राध्यापकले एक सार्वजनिक समारोहमै नेपाली काँग्रेसकी नेतृ सुजाता कोइरालाका आगाडि श्रेष्ठको झाँको झारेका थिए । एउटा अवसरवादी कम्युनिस्टलाई बोकेर हिड्ने ? प्रतिष्ठानमा प्रजातन्त्रवादीहरुलाई कति पेलेको छ, प्रतिष्ठानलाई तहसनहस बनाएको छ भनेर झाँको झारेपछि श्रेष्ठ कालो निलो भएका थिए । त्यसबेला नेतृ कोइरालाले पनि गलत मान्छेलाई बोकेर नहिड्न चेतावनी दिएकी थिइन् ।
कमिशन नमिल्दा पटक–पटक औषधिको टेन्डर रद्ध
गत बर्ष बडो तामझामका साथ प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईबाट उद्घाटन गरिएको प्रतिष्ठानको हाताभित्र रहेको कोभिड अस्पतालका निम्ति खरिद गरिएका उपकरण, वेड, औषधिको भुत्तानी हालसम्म गरिएको छैन भने औषधि खरिदमा कमिशन नमिल्दा रजिष्ट्रार रेग्मीले पटक–पटक टेन्डर नै बदर गर्दै आएका छन् ।
यसै सम्बन्धमा सप्लायर्स चेतन अग्रवालसँग सम्पर्क राख्दा उनले भने सबै मिलेर मलाई साफ बनाएका छन् । पिआर र सबै ठाउँमा बिगारेका छन् । रजिष्ट्रार रेग्मीले मेरो खाल्डो खन्दैछन् । रजिष्ट्रार बनाउन त तपाइको पनि अहम् भूमिका थियोे अहिले के भयो त भन्ने सवालमा अग्रवालले भने त्यसबेला सहयोग माग्दा मैले सहयोग गरेँ । मैले ज्यान फालेर सहयोग गरेको थिएँ अहिले उल्टै मलाई दुःख दिइरहेको छ ।
रजिष्ट्रार रेग्मीले कतिसम्म गरेका छन् भने मेरो बारेमा ब्लाकलिष्टमा परेको पार्टी भनेर समाचार लेखाउने, सुनम दाहालसँग फाइल मागेर समाचार लेखाउने, पुरानो कामको भुक्तानी रोक्ने, बिगार्ने काम गरिरहेका छन् । उनले भने २३ करोडको फार्मेसीको टेन्डर वैसाख ३१ गते मलाई परेकोे थियो । फार्मेसी चलाउनस्, दबाइको प्रतिष्ठानमा अभाव छ, सहुलियत दरमा विरामीलाई औंषधि उपलब्ध गराउनुस्, प्रतिष्ठानलाई पनि फाइदा हुन्छ भनेर मैले भनेको थिएँ अहिले प्रतिष्ठानमा औषधि नपाएर विरामीहरु चारैतिर भौतारिरहेका छन् । मेरो लोएस्ट दररेट थियो तर त्यलाई क्यान्सिल गरेर रजिष्ट्रारले फेरि रि टेन्डर गरे । रि–टेन्टरमा पनि मेरै लोएस्ट भएकोले मलाई नै प¥यो तर त्यसलाई फेरि क्यान्सिल गरेका छन् ।
फार्मेसीको टेन्डर धरानका दुई जना व्यवसायी र रजिष्ट्रार रेग्मीको सेटिङमा काठमाण्डौको प्रनिसा फार्मेसीलाई दिन लागिएको छ । प्रनिसा फार्मेसी रेग्मीको आफन्तको भएको अग्रवालले बताए । पहिला अर्कै नाम थियो अहिले प्रनिसा राखिएको हो । औषधिजस्तो कुरामा यस्तो घृणित काम गर्नु हुन्थेन । औषधि नभएको अवस्थामा कमसेकम औषधि टेन्डर पास गरेको भए जनताले अहिले औषधि पाउने थिए । औषधि अरु जस्तो होइन । कुनै सामान खरिद गरेजस्तो होइन । एमआरपी भन्दा १० प्रतिशत कममा जनताले औषधि पाउनुपर्छ । बीपीले २० प्रतिशत सस्तोमा पाउनुपर्छ । यसो हुँदा बीपीलाई फाइदा हुन्थ्यो । रात विरात जनताले दुःख पाउँदैनन् थिए । बीपीलाई उँभो लगाउने र जनताले दुःख नपाउन भन्ने सोच छैन ।
उनले भने मेरो स्वार्थ भनेको एमआरपी ३०–४० प्रतिशत कम्पनीहरुलाई भनेर स्पेशल टेन्डरम बीपीको नाममा औषधि ल्याउने हो । त्यसरी हालेको टेन्डरमा पनि रुवाएर क्यान्सिल गरेको छ । उनले भने मैले जतिको कम दररेटमा कसैले टेन्डर हाल्न सक्दैन । टेन्डर क्यान्सिल नगरेको भए आज बीपीमा औषधिको विक्री बढ्थ्यो, दैनिक ५–६ लाखको नाफा हुन्थ्यो, दिनको १०–१५ प्रतिशतले मात्र कमाएको भए महिनामा १०–१५ लाख नाफा हुन्थ्यो आखिरी त्यो बीपीकै लागि हुन्थ्यो । प्रतिष्ठानले अहिले फार्मेसी चलाउँदै छ नि हैन त भन्ने जिज्ञासामा अग्रवालले भने त्यो नाममात्रको छ, बीपीको फार्मेसीमा आषधि छैन, पानीमात्र बेचिरहेका छन् । विरामीले रात विहान बाहिर गएर औषधि खरिद गरिरहेका छन् । त्यो पनि महँगो रेटमा । उनले भने औषधि किन्न टेन्डर गर्छन् तर स्वार्थ नमिल्दा क्यान्सिल गर्छन । उनले भने बीपीमा मेरो एउटा स्टेशनरीको दोकान थियो खाली गर्न चिठ्ठी काटे, खाली गरिदिएँ । अहिले चार महिनादेखि त्यो कोठा खाली छ । चार महिनाको ७०–८० हजार भाडा प्रतिष्ठानले पाउथ्यो । अर्को मान्छे नआउँदासम्म खाली नगर्नुपर्ने हो त्यसबाट घाटा प्रतिष्ठानलाई नै भएको छ । उनले भने रजिष्ट्रार रेग्मीले कहिल्यै इमान्दारिता देखाएनन्, तुलबहादुरले त्यत्रो खेदो खन्यो अन्त्येमा आफै गि¥यो । उनले भने एक बर्ष अगाडि कोभिड अस्पतालका लागि सामान लगे । त्यसबेला डेढ करोडको सामान दिएँ । अहिलेसम्म भुक्तानी गरेका छै्रनन् । सुनसरीका प्रमुख जिल्ला अधिकारीलाई जानकारी दिएर पत्रकार सम्मेलन गरी समान फिर्ता लैजान्छु भनेर उपकुलपतिलाई भने । बीपीप्रति उपकुलपति डा. ज्ञानेन्द्र गिरी पोजेटिव हुनुहुन्छ तर काम गर्न रजिष्ट्रार लगायतले दिएका छैनन् । भिसीले म चाँडंै नै मिलाईदिन्छु भन्नुभएका छ । हेरौ नत्र सामान उठाएर ल्याउनुको विकल्प हुँदैन, अग्रवालले भने ।
सम्बन्धित निकायको मौनता

चोरलाई चौतारी र साधुलाई सुली भनेझैँ प्रतिष्ठानमा लखनौ लुट मच्चाउँदा पनि रजिष्ट्रार मोहनचन्द्र रेग्मीमाथि सम्बन्धित निकायले कुनै कार्वाहीको प्रक्रिया अगाडि बढाउन नसक्नु विडम्बना भएको प्रतिष्ठानका कर्मचारीहरु बताउँछन् ।
कर्मचारी, चिकित्सक र प्रतिष्ठानको हित विपरीत काम गर्नेलाई खबरदारी गर्न गठन भएका युनियनहरु समेत कमिशन र बार्गोनिङमै लिप्त भएको अर्का एक चिकित्सकले बताए । हिसिला प्रवृत्तिमा रमाएका रजिष्ट्रार रेग्मीले युनियनका पदाधिकारीहरुलाई मदारीले बाँदर नचाएजस्तै नचाएको ती चिकित्सकले बताए । हाल रजिष्ट्रार रेग्मीले प्रतिष्ठानमा अराजकता मच्चाउन तिनै युनियन पदाधिकारीहरुलाई प्रयोग गरेका छन् । इटहरीस्थित अख्तियारका पदाधिकारीहरुको सेटिङमा कहिले उपकुलपतिको आवासमा सुनियोजित ढंगले छापा हान्न लगाउने, कहिले युनियनका पदाधिकारीलाई उचालेर पदाधिकारीको कार्य कक्षमा असान्दर्भिक माग राखेर ताला लगाउन लगाउने काम रजिष्ट्रार स्वयम्ले गरिरहेको उनले सुनाए ।
अर्का एक कासले भने युनियनका पदाधिकारीहरुले दलाली भन्दा अर्को काम गरेका छैनन् । उनले उदाहरण दिँदै भने रौनियारलाई भिसी बनाइदिन्छु भनेर १० हजार रकम लिएर दाशसँग नारिएर हिँड्ने युनियका पदाधिकारीहरुको हैसियत भनेको १०,२०, ३० र बढीमा ५० हजार हो भिसीका लागि ७ करोडको डिल गरेर अढाइ करोड बुझाएर रजिष्ट्रारको नियुक्ति लिएका रजिष्ट्रार रेग्मीको सम्बन्धमा अख्तियार लगायतका स्थानमा उजुरी मात्र परेको छैन स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीलाई समेत भलिभाँती जानकारी छ ती कासले भने ।

तपाईको प्रतिक्रिया