धरान÷विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) ले गतब र्ष नेपालीहरुको मौलिक चाडपर्वलाई समेत प्रभावित बनायो । नेपालीहरुले हर्षोल्लासका मनाएका मौलिक चाडपर्व गतब र्ष घर घरमै खुम्चिएर त्रासपूर्ण ढंगले मनाएको अवस्था थियो ।
गत हर्षोल्लासका साथ मनाउन नपाएका सर्वसाधारणहरुले होली पर्व यस बर्ष ससमेत खुलेर मनाउन पाएनन् । अब नजिकिदै गरेका बोलबमलाई पनि यसले प्रभावित पार्ने देखिएको छ । प्रत्येक साउन महिनाको सोमबार भक्तजनहरु सप्तकोशीबाट जल ल्याएर पिण्डेश्वर मन्दिरमा चढाउने गर्छन, यो परम्परा धेरै अगाडिदेखि भएपनि गत बर्ष कोरोनाकै कारण प्रभावित बन्यो भने यस बर्ष पनि प्रभावित हुने संकेत देखा परेको छ ।
विगतमा मुलुकमा जस्तोसुकै परिस्थिति होस्, जस्तो सुकै अवस्था आहोस्, नेपाल बन्द होस् कि नाकाबन्दी होस् मन्दिरमा भक्तजनहरुले निर्वाध रुपमा पूजाआजा गर्ने गर्दथे । आफ्ना मौलिक चाडहरु एक आपसमा खुसी साट्दै मनाउथे गर्थे । दशै, तिहारमात्र हैन नेपालीहरुको जुनसुकै मौलिक चाड होस् त्यस अवस्थामा खुलेर उनीहरु मन्दिरमा गएर पूजा आजा गर्न कुनै निषेध थिएन ।
तर यस बर्ष भने विश्वभरि फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण हरेक क्षेत्र निषेधाज्ञाको चपेटामा परेको छ । सार्वजनिक स्थलमा भीडभार्ड गर्दा यो भाइरसको संक्रमण फैलिन सक्ने भन्दै नेपाल सरकारले हरेक क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो । यसको प्रभाव शैक्षिक क्षेत्र, सभा सम्मेलन, मठ मन्दिर मात्र हैन नेपालीहरुको मौलिक पर्वमा समेत परेको छ । यस्तै बर्षैपिच्छे धुमधामका साथ मनाइने मौलिक पवर्पहरु सर्वसाधारणले खुलेर मनाउन पाएका त छैनन पूजाआजाका लागि मन्दिर प्रवेश गर्न समेत पाएका छैनन् ।
विश्वभरि महामारीको रुपमा फैलिएको कोरोनाका कारण धरान १४ मा रहेको शक्तिपीठ दन्तकाली मन्दिरमा प्रत्येक बर्ष हुने पूजाआजा नृत्य पूजा बाहेक सर्वसाधारणको लागि यस बर्ष बन्द गरिएको मन्दिरका पूजारी कमल भट्टराईले बताए । उनले वि.सं. १९७८ देखि हालसम्म यसरी मन्दिरमा लकडाउन नै गरेर नित्यपूजा गर्नुपरेको सायदै आफूलाई स्मरण नभएको बताए । उनले भने(‘मैले कहिल्यै मन्दिर बन्द गर्नुपर्ने अवस्था थिएन, तर गतबर्ष चाडपर्वमा पनि मन्दिर बन्द गर्नुपर्ने अवस्था आयो, यो बर्ष पनि त्यस्तै होलाजस्तो संकेत देखिएको छ ।’
दन्तकाली मन्दिरमा विशेष गरेर चारवटा नवरात्र हुने गरे पनि आश्विन शुक्लपक्षमा पर्ने शारदय नवरात्न र चैत्र शुक्लपक्ष्मा पर्ने वासन्तय नवरात्र विशेष रुपमा मनाउन गरिएको छ । गत बर्ष दन्तकालीमा गरिने सबै पूजा कोरोनाकै कारण प्रभावित बनेको थियो ।
यता धरान १४ विजयपुरका बुद्धिजीवि प्रा्ध्यापक डाक्टर टंक न्यौपानेले यस्तो विषम परिस्थितिमा सबैले आ आफ्न घरमा बस्नु नै उचित हुने बताउछन् । ल कोरोना भाइरसको संंक्रमण विश्वभरि फैलिएको बेला सार्वजनिक स्थलमा भीडभाड गर्नु आफैमा जोखिम भएकोले मन्दिरको नित्यपूजाबाहेक अरु पूजा नगर्दा नै राम्रा् हुने बताए । उनले भने(‘यो विषम परिस्थितिमा मन्दिर बन्द गर्नु नै राम्रो हो, यसले जोखिम कम गर्छ ।’
त्यसो त स्थानीय सरकारको रुपमा रहेको धरान उपमहानगरपालिकाले समेत सार्वजनिक स्थलहरुमा निषेधाज्ञा गरेका कारण निषेधाज्ञा जारी गर्नुपरेको जनाएको छ । धरान उपमहानगरपालिका वडा नं. १४ वडा समितिका वडा अध्यक्ष कृष्णप्रसाद भट्टराईले कोभिड १९ को जोखिमलाई न्यूनिकरण गर्न यस अघि नै धरान उपमहानगरपालिकाले गतबर्ष मन्दिरमा लकडाउन नै गरेको थियो भने यस बर्ष पनि जोखिम न्यूनिकरणका लागि मन्दिरमा निषेधाज्ञा जारी गरेको बताए । उनले भने (जोखिमका समयमा पूजाआजा भन्दा पनि स्वाथ्यलाई ध्यानमा राखेर यस मन्दिरमा पूजाआजाका लार्गि सर्वसाधारणर्ला बन्देज लगाइएको हो । यसले सर्वसाधारण भक्तजनलाई समस्या त पर्छ नै तर सबै सुरक्षित हुनुपर्ने अवस्था पनि छ ।’
यस्ता विषम परिस्थितिलाई अधिकांश सर्वसाधारणले सहर्ष स्वीकारेका छन् । इतिहासमै पहिलो पटक गतबर्ष मन्दिर बन्द हुदा घर घरमै खुम्चिएर मौलिक पर्व मनाएका थिए भने यस बर्ष पनि त्यस्तै संकेत देखिएको छ ।
