झापा÷झापा जिल्लाको मेचीनगर पालिका वडा नं. १५ धुलाबारी मिल कोल्टीमा रहेको बायोग्याँस Ïयाक्ट्रीमा आगलागी हुँदा झण्डै २० करोड बराबरको क्षति भएको छ ।
सोमबार विहान ३ बजे अचानक आगलागी शुरु भएको थियो । इलाका प्रहरी कार्यालय धुलाबारीले आगो के कसरी लाग्यो भन्ने यकिन नभएपनि विद्युत सर्ट भएर हुनसक्ने आशांक गरेको छ । सोमबार अपरान्हसम्म आगो नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ । आगो नियन्त्रणका लागि ७ वटा दमकल प्रयोग गरिएको छ भने सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले आगो नियन्त्रणको पयास गरिरहेका छन् ।

आगलागीबाट कुनै मानवीय क्षति नभएको भए तापनि वरपरका घरहरुमा नियन्त्रणको क्रममा केही क्षति पुगेको स्थानीय पंकज नेम्बाङ्गले बताए । उनले भने नियन्त्रणका लागि जति पानी हालेपनि आगो झन झन दन्किएको थियो । विगत केही बर्षदेखि बायोग्याँस उत्पादन गर्द आएको उक्त Ïयाक्ट्रीीले झापा जिल्लामै सबैभन्दा धेरैलाई रोजगारी दिँदै आएको थियो ।
