घण्टाघरबाट हेर्दा

उपेन्द्रले देखे तोरीको फूल
उपिन्दर जादवलाई महन्त ठाुकरले अस्तिका दिन तोरीको फूल देखाइ द्या छन् । मुख हुँदा हुँदै नाकबाट पानी पिउन खोजेपछि तोरीको फूल नदेखाएर पनि भएन । अब हेरम न लुम्बिनी प्रेशमा राजपाका चार सांसदले खप्रओका मुख मन्तरीलाई जोगाएसी भट्टराई
थरका आयाराम गयाराम एक भडुवाको लहै लहैमा लागेर सांसदै नरहने गरी कार्वाहीको घोषणा गरेछन् महत्त ठाकुरलाई यो कुरा हजम हुने कुरो भएन । आखिरी पार्टी अध्येक्षे महन्त ठाकुर हुन् । उन्ले निर्वाचन आयोग र प्रदेशसभालाई कार्वाही भा’छैन भनेर पत्रै पठाइदिएछन् ठाकुर जाजोगसी उहिताको काला उपिन्दर झनै हेरिनसक्नुका भएछन् । जसपालाई आफ्नो एकलौटी बपाति ठान्दै आएका उपिन्दरले बल्ल आफ्नो हैसियत देख्या छन् । जे होस् ठाकुर बालाई मान्नैपर्छ । समुन्द्र भन्या समुन्द्र नै हुन्छ । उपिन्दर जस्तो खहरेलाई क्षणिक गडगडाएको भरमा जसपा मैले नै थाम्या छु भन्ने भान अब नपर्ला कि ?
थेग्न नसक्ने भैयो रे
हैन हौ यो सरकरको कुरा सुन्दा घण्टाघरलाई कहिलेकाहँी उदेक लागेर आउँछ । देशाँ कोरोना महामारीले त्राहिमाम मच्चाएको समयेमा सिंहदरबार ओगटेर बस्या सरकार अब थेग्नै नसक्ने भयौ सबैले आफ्नो सुरक्षे आफै गर्नु भनेर पन्छन थाल्या छ । जन्ताका लाग केही गर्नै नसक्ने भए फुइøयाँ खान सत्तामा बस्नु ? जनका सुरक्षा गर्न नसक्ने नामर्द सरकार जन्तालाई चाहिएकै छैन । त्सै भन्या होइन नामर्दको स्वास्नी भएर बस्नु भन्दा मर्दाकी कमारी भएर बस्नु । आफ विरामी हुँदा तिनै जन्ताले ति¥या करबाट अम्रिकासम्म पुगेर उपचार गर्ने तर जन्ता विरामी हुँदा थाम्न सक्दैनौ ै भनेर हात उठाउने ? गफ त आकाशपाताल छेड्ने गथ्र्यो त सरकार । कहिले पूर्व पश्चिम सललल रेल कुदाई दिने, कहिले पानी जहाज दौडाइदिने, कहिले घरघरमा ग्याँसको पाइप हुल्दिने, कहिले हावाबाट झिलीमिली बत्ति बालिदिने । ए गाँठे के के हो के के ? अब अहिले कोरोनाले आतंकित बनाउँदा हामी थेग्न सक्दैनौ रे । हुन त सरकारले जन्ताका लाग कहिले पो के ग¥या छ र ? कि कसो हौ ?
भुत्राको विरोध गर्नु ?
गण्डकी प्रदेशको खुलकूद मन्त्रीमा दिपक मनांगे नियुक्त भएपछि एकथरिले सनो कोकोहोलो मच्चाएका छैनन् । गुण्डालाई मन्त्री बनाउने भनेर उत्पात मच्चाएका छन् । तर घण्टाघर बडो द्विविधामा प¥या छ ाजसम्म यो मुलुकाँ सज्जन, भद्र, मन्दिरका पूजारी त मन्त्री भएका छैनन् । सत्र हजार मान्छे मार्ने, लुटपाट गर्ने, बैंक लुट्ने, शिक्षकलाई रुखमा बाँधेर गोेली हान्ने, बालिकालाई जिउदै आगो लगाएर मार्ने, बाँदरमुढेमा सैयौको ज्यान लिने, अंगभंग बनाउने, विस्थापित गर्नेहरु त प्रधानमन्त्री भा’छन् । फेरि पनि पधानमन्तरी बन्न तानावाना बुनिराँछन् । कसले पिलेन लुटे, कसैले झापामा गर्धन सेरे, तिनीहरु त पर्धानमन्तरी भा’छन् । अनि जाबो एउटा गुण्डा प्रदेशको जाबो खेलकुद मन्तरी हुँदा के को रडाको ? हत्या, बलात्कारी, व्यभिचारी,दुराचारी मन्त्री हने देशमा गुण्डा मन्त्री हुँदा किन आठौ आश्चर्य मान्या होला ? वित्थामा कुरो ग¥यो कुराकै दुःख †
धुन्धुकारी छिरेपछि सत्यानाश
बाउराम र प्रचण्डाउ कहिल्यै नसुध्रिने भए । जहाँ छि¥यो त्यही सत्यानाश । अब हेरम न तुरिदै तुरिदै गएका प्रचण्डाउलाई खप्रओले आफ्नो पार्टीम हुले । अर्का सिद्धिएर गन्तीमै नआउने भा’का बाउरामलाई जसपामा मेजमानी गरियो । दुुवै धमिराले दुवैतिर छिद्र छिद्र बनाइद्या छन् । अदालतले आफ्नै बाटो लाग्न प्रचण्डाउलाई आदेश दिएसी विचारा यतिबेला काँग्रेसतिर नजर दौडाएर बस्या छन् । उता बाउरामले उपिन्दरको कान भर्दा भर्दा जसपा नै छिन्नभिन्न हुन लाग्या छ । प्रचण्डाउ, बाउरामको धन्दा नै अरुको घर भत्काउनु, विगर्नुमात्र हो कि क्या हो ? तिन्ले आफ्ने घर त कहिल्यै राम्ररी बनाउन सकेनन् तर अरुका घर भत्काउने कुरामा जहिल्यै गति छाडेर लाग्छन् । अब त मधेशवादीहरु मिले, ठूलै दल बन्ने भयो भन्या त धमिराले सत्याासै बनायो प्रचण्डउ न उँधो न उँभोको भएसपी आगामी निर्वाचनमा काँग्रेसँग सहकार्य गरेर जान्छम भन्न थाल्या छन् । दुई चार पटक पर्धानमन्तरी बन्ने लड्नु काँग्रे्सका स्यालबहाुलाई खुवाए छन् । तर त्यसले कुनै खालो ननसोसी स्यालबहादुर थच्केर बस्या छन् ।
खप्रओलाई मान्नैपर्छ
हाम्रा पर्धानमन्तरी खप्रओ बा’ साह«ै दूरदर्शी रा’न । कोरोना भाइरस लगौटी खोलेरआउन सक्छ भन्ने बुझेर खप्रओ बाले देशका विभिन्न ठाममा भ्युटावर त्यसै धमाधम बनाएका हैनन् रै’छन् । कोरोनाले गाँजेपछि विरामीलाई पहिला अक्सिजन नै दिनुपर्छ । यतिबेला अक्सिजनको अभाव हुँदै गएको छ । अस्पतालहरुमा अक्सिजन नभएर भटाभट बोइलर कुखुरा जस्तै गरी मान्छेहरु परमधामको यात्रा गर्दैछन् । खप्रओ बा’ले भ्यूटावर बनाउँदा सबैले विरोध गरे । एक आद्य ठाममा त बनाइ छाडे । अब कोरोना भएका विरामीहरुले अक्सिजन नपाएर मर्नु नपर्ने भएको छ । थपक्क भ्ुटारमा गएर बस्यो सनन अक्सिजन लियो । भ्युटावरमा त अक्सिजन कमी हुने कुरै भएन । बरु कोभिड अस्पताल बनाउने, आइसोलेसन बनाउने, क्वारेन्टाइन बनाउने करोडौ रकमले रातारात गाउँँ गाउँमा भ्युटावर बनाउने काम पो गर्ने हो कि ? भ्युटावर बनाउँदा अब कसैेले विरोध गरे त्यसका करङ गन्नुपर्छ । आखिरी अक्सिजनको सहज आपूर्ति भ्युटावरबाटै हुने हो ।
हाफ निषेधाज्ञा
कोारेना भाइसरले नेपाली जनताको सातोपुत्लो उडाएको छ । आज कोरोना भएर फलानो चैट भयो रे भन्ने सुनेरै सबैका धड्कन बढ्न थाल्या छ । नागरिकलाई जोगाउन सरकारले राहत विनाको हाफ निषेधाज्ञा जारी ग¥या छ । फाटफुटमा बसेर मकै पोली बेच्नेलाई विषेध ग¥या छ पसलेहरुले ११ बजे सम्म मजाले व्यापार गर्न पाउने भएका छन् यात्रुवाहक बसहरुलाई दौडन दिएकै छ । होटल विहान ८ बजेदेखि बेलुका ८ बजेसम्म चलाउन छोड्देकै छ । अनि फेरि सिडियोहरु भट्याउँछन् निषेधाज्ञा गरिएको छ । गर्ने नै हो फूल निषेधाज्ञा गर्नुप¥यो । हैन भने यो नाटक किन गर्नुप¥यो । सरकार पनि कम्ता बाठो छैन । फूल निषेधाज्ञा ग¥यो भने राहत दिनुपर्छ । बरु हाफ निषेधाज्ञा ग¥यो लण्ठै साफ । न राहत दिनुप¥यो त केही गर्नुपप¥यो । क्या फाइदा । अखिरी सरकार भन्या सरकार नै हो ।
खप्रओको पुत्ला तोडफोड
माकुन्याउ र झल्ला झलुले अब खप्रअकोको पुत्ला पनि नछोड्ने भए । खप्रओसँग साह«ै आगो भा’रैछन् । अब हेरम न अस्तिका दिन संखुवासभाको खाँदबारीमा माकुन्याउ र झलुका कागर्जेकर्ताे एमालेकै पार्टी कार्यालय तोडफोड मात्र गरेनछन् खप्रओको पूर्ण कदको डमी (पुत्ला) पनि कच्याककुचुक बनाएछन् । डमीसँग त त्यत्रोविधि रिस रै’छ भने सग्लो मनुवासँग कति रिस होला ? डमीमात्र कच्याककुचुक बनाए त हुन्थ्यो नि कार्जालयका भाडाकुँडा, सिरक, डस्ना समेत लिएर हिडिदिएछन् । माकुन्याउ र सर्पनाथ खप्रओसँ सँगै बस्न नसक्ने भएसी विचराहरुलई पकाई खान र ओढ्न सामान त चाहियो । त्यही भएर लेर गा’होला ।
अन्तेमा
नागरिकहरुलाई सरकारको सूचना नेपाल सरकारको अत्यन्तै जरुरी सूचना † सूचना †† सूचना ††† सबै नागरिकहरु घरभित्र सुरक्षित बस्नु होला । तपाइहरुको सरकार पद, कुर्सी र पैसाको लायगि चौवीसै घण्टा दिनरात नभनीलडिरहेको छ । जन्ता पनि लाटै हुन् । सरकारले काम ग¥या ग¥यै छ । कहिले दिपक मनांगेलाई गण्डकी प्रदेशको खेलकुद मन्त्री बनाउने, कहिले लुम्बिनी प्रदेशमा राजपाका सांसदलाई मत्री नाउने, कहिले पदेश न. १ मा माओवादीका सांसदलाइ मत्री बनाउने, कहिले पार्टीका सांसदहलाई आफ्नो पार्टीका हुल्ने, पिक्षीहरुले अविश्वासको पस व लाउन लागेको थाहा पाउनेवित्तिकै सांसद बैठक अन्त्ये
गरिदिने, प्रदेशसभामा आफ्नै सांसदहरु उचालेर संसद अवरुद्ध गरिदिने, काम गरिहेको छ । त्यही पनि सरकारले जन्ताका लागि केही गरेन भने किन गर्दन फुलाएको होला ? कोरोना भन्ने कुरा आउँछ जान्छ । पोहोर पनि आएकै थियो, यसपालि पनि आयो सरकारले जन्ताको उपचार गरेन भनेर फत्तफत्ताउनु नै बेकार हो । कुर्सी भन्या कुरा एकपटक गएपछि फेरि आउँछ कि आउँदैन । त्यसैेले जनता जोगाउनु भन्दा पिपक्षी कारोनाबाट पद र कुर्सी जगाउनु नै ठूलो कुरा हो । कमसेकम यति कुरो त बुझ्नु पर्छ नि † कि कसो हौ ?

तपाईको प्रतिक्रिया