बुढासुब्बा मन्दिरको मर्मत सम्भार गरिने

धरान÷ बुढासुब्बा मन्दिरको ऐतिहासितालाई जोगाउदै जीर्ण बन्दै गएको मन्दिरको मर्मत संभार गरिने भएको छ ।
नेपाल सरकार पुरातात्विक विभागले मर्मत सम्भारका लागि बजेट विनियोजन गरेसंगै बुढासुब्बाको ऐतिहासिकता नामेट नहुने गरी आकर्षक ढंगबाट मर्मत सम्भार गरिने भएको हो ।
प्रदेश नं. १ कै धार्मिक पर्यटकीय क्षेत्र धरान उपमहानगरपालिका वडा नं. १४ विजयपुरमा रहेको बुढासुब्बा मन्दिर जीर्ण बन्दै गएपछि यसको ऐतिहासिता बचाउदै पुननिर्माण गरिन लागेको हो ।
निर्माण गर्ने उद्देश्यले १४ नंं. वडा समितिले बुढासुब्बामा क्षमा पूजा समेत सम्पन्न गरेको छ । मन्दिरको मर्मत सम्भार गर्ने क्रममा सिमेन्टको पिल्लर तथा विमको सट्टामा कलात्मक ढंगले काठको पिल्लर तथा विम प्रयोग गरिने, पहिला भएको टिनको छानामा टिनकै प्रयोग गरिने, मन्दिरमा रहेको गजुरलाई आकर्षक बनाइने प्राविधिक दिवस घिमिरे बताउनुहुन्छ ।पुरातात्विक विभागले सोल्मा लक्ष्मी निर्माण सेवालाई जिम्मा दिएको छ । पुरातात्विक विभागले दिएको समय सीमाभित्र मन्दिरको मर्मत सम्भावको काम सक्ने लक्ष्यसहित निर्माणको जिम्मा लिइएको निर्माण कम्पनीका ठेकेदार श्याम श्रेष्ठ बताउनुहुन्छ ।बुढासुब्बा मन्दिरका महिमा सुनेरै नेपालबाटमात्र हैन, भारतका केही स्थानहरुबाट समेत पूजाआजाका लागि आउने गरेका छन् । यहा आउने भक्तजनहरु पूर्व भ्रमणमा आएको बेला बुढासुब्बा मन्दिरको दर्शन नगरीकन फर्कनै सक्दैनन् । पूजाका लागि काठमाण्डौबाट आउनुभएका भुपाल परियारले मन्दिरको धार्मिक महत्व बोकेको बताउनुभयो । उहाले यो मन्दिरको ऐतिहासिक महत्व धेरै भएकोले भक्तजनहरु दर्शनका लागि आउने भएकोले पुननिर्माणमा ऐतिासिकता नामेट गर्न नमिल्ने तर्क राख्नुभयो ।
पुरातात्विक विभागले पुननिर्माणको जिम्मा लिएपनि मन्दिरको पुननिर्माणको सम्पुर्ण जिम्मा स्थानीय सरकार धरान उपमहानगरपालिका वडा नंं १४ ले लिएको छ । उपमहानगरपालिका वडा नं. १४ का वडाध्यक्ष कृष्णप्रसाद
भट्टराईले ऐतिहासिकता बचाउदै पुरातात्विक शैलीमा यो मन्दिरको मर्मत सम्भार गरिने बताउनुभयो ।मन्दिर मर्मत सम्भारका लागि पुरातात्विक विभागले १७ लाख रुपैया उपलब्ध गराएको छ । दैनिक २ हजारदेखि ३ हजारसम्म पूजाका लागि आउने भक्तजनहरु बुढासुब्बाको ऐतिहासिक महत्व बुझेर आउने गरेका छन् । पुरातात्विक महत्व बोकेको यस मन्दिरको स्वरुप परिवर्तन नगरी पुरातात्विक शैलीमा मर्मत सम्भार गर्नु सकारात्मक पक्ष भएको स्थानीयहरु समेत
बताउछन् ।

तपाईको प्रतिक्रिया