बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको खाता शून्य ः मातृशिशु भवनको पैसा मन्त्रालयले फिर्ता माग्यो भ्रष्ट उपकुलपति र छेपारे रजिष्ट्रारको ध्यान विएण्डसी अस्पताल विकासमा

धरान÷विराट मेडिकल कलेजका सञ्चालक तथा मेडिकल व्यवसायी डा. ज्ञानेन्द्र गिरी बीपी कोइराला स्वाथ्य विज्ञानको उपकुलपतिमा तत्कालीन स्वास्थ्य मन्त्री भानुभक्त ढकालको चुनाव खर्च व्यहोरेको पुरस्कार स्वरुप नियक्ति भएपछि शुरु भएको प्रतिष्ठानको दुर्गति रोक्ने अवस्थामा देखिएको छैन ।
प्रतिष्ठानको शिक्षा, स्वास्थ्य सेवा र अनुसन्धान गरी तीन वटै क्षेत्र पूर्ण रुपमा तहस नहस भएका छन् भने शिक्षक, कर्मचारीको सञ्जयकोष र नागरिक लगानी कोषको सञ्चित १४ करोड रुपैया पनि मासिएको छ ।
विगत चार बर्षदेखि नियम अनुसार बढुवा हुनुपर्ने शिक्षक, कर्मचारीको बढुवा समेत नियमावलीको उल्झन लगाएर स्थगित गरेर राख्नुले दक्ष चिकित्सकहरु धमाधम प्रतिष्ठान छोड्न थालेका छन् ।
अनियमित भवनलाई तलबको पैसा धमाधम करोडौ भुक्तानी
तत्कालीन उपकुलपति डा. राजकुमार रौनियारको व्य्िक्तगत सम्बन्धभलाई पूर्व रजिष्ट्रार तुलबहादुर श्रेष्ठ र हालका लेखा प्रमुख कमल
रायमाझीको योजनामा भिडियो बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोग समक्ष पेश गरी मोरङ जिलका एमाले नेता गुरु बरालमार्फत तत्कालीन अख्तियार प्रमुख नविन घिमिरेलाइ सेटिङ गरेर षड्यन्त्रपूर्वक रंगेहात गराएका र प्रतिष्ठानमा कर्मचारीसरह आवास सुविधा लिएर बसेका एक ठेकेदारले निर्माण गरेको होस्टल भवनलाई उपकुलपति डा. गिरी र लेखा प्रमुख रायमाझी मिलेर प्रतिष्ठानको आन्तरिक स्रोतबाट धमाधम भुक्तानी दिइरहेको प्रतिष्ठानका लेखा शाखाका एक अधिकृतले बताए ।
शिक्षक कर्मचारी बढुवा थन्कियो, युनियन नेताहरु नै सेटिङमा
वगतका व्यवस्थापनहरुको सानो चुक हुँदा समेत आन्दोलनको आगो बाल्ने प्रतिष्ठानको शिक्षक र कर्मचारी युनियनका नेताहरु प्रतिष्ठान यसरी जलिरहँदा आगो तापेर बसेको देखेर आम शिक्षक र कर्मचारीहरु अचम्मित भएका छन् । युनियनका नेताहरु आफ्नै बढुवाको अनुकूल समय, पदाधिकारीहरुसँगको साठगाँठमा लिन सकिने पर्दा पछाडिको फाइदा र कमाउ विभागमा सरुवामा अल्झिएको देखियो, एक कर्मचारीले बताए । यहाँ कर्मचारी युनियन त सेटिङ सिण्डिकेटमा परिणत भइसकेको तीन बर्ष भयो, शिक्षक युनियनको अलिकति आशा थियो तर कर्मचारी युनियनको रोग त्यता पनि सरेको देखियो, प्रतिष्ठानको अचल सम्पत्ति मासिँदा, तलब भत्ता नदिँदा, वृत्तिविकास् रोकिदा र प्रतिष्ठानका सबै अंगहरु ध्वस्त हुँदा समेत सबै मुकदर्शक हुनुले सेटिङको पुष्टि भएको छ ती कर्मचारीले बताए ।
मातृ शिशु भवनको पैसा मन्त्रालयले फिर्ता माग्यो
विवादास्पद मातृ शिशु भवनको अनियमिततालाई निरन्तरता दिँदै आफ्नो अधिकारमै नभएको अवस्थामा पनि दुई बर्ष म्याद थपेर कार्यकारिणी समितिको जानकारी बेगर ३७ करोड भुक्तानी दिइएका उपकुलपति डा. गिरीको कमाउधन्दा देखेर स्वास्थ्य मन्त्रालय समेत आगो भएको प्रतिष्ठान स्रोतले बतायो । प्रतिष्ठानको नियमावलीमा कुनै पनि ठेक्काको म्याद थप गर्ने स्पष्ट प्रावधान छ तर कमिशन खाने नियतले उपकुलपति गिरीले सबै प्रावधान मिचेर ३७ करोड भुक्तानी दिइसके, त्यसैले अझै अनियमिता नहोस् भनेर प्रतिष्ठानको लेखाशाखा समेतको मौखिक रिपोर्टको आधारमा पैसा फिर्ता मागिएको हो, मन्त्रालयका नीति योजना महाशाखका एक उपसचिवले बताए ।
प्रतिष्ठान भन्दा विएण्डसी अस्पतालको चिन्ता
विएण्डी अस्पतालका सञ्चालक दुर्गा प्रसाई वर्तमान प्रधानमन्त्री केपी ओलीसँगको निकट सम्बन्ध भँजाएर हाल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको छाया उपकुलपति सरह भएका छन् । उपकुलपति गिरीका ज्वाई नाता पर्ने उनले उपकुलपति डा. गिरी र रजिष्ट्रार डा. रेग्मीसँग ८ करोडमा डिल गरेर आफ्नो अस्पताल सम्बन्धनका निम्ति बीपी प्रतिष्ठानको साधन स्रोत उपयोग गर्ने सम्झौता गराएको एक स्रोत बताउछ । कुकुर र विरालो जस्तो झगडा गरिरहने उपकुलपछि र रजिष्ट्रारको दुर्गा प्रसाइसँगको संगतपछि लैला मैजनु जस्तो प्रेम देखिएको छ, यो उठन्ति धन्दाको निम्ति मम्बईको कोठीमा देखिने एक घण्टे प्रेमजस्तो मात्र हो, यो डिल सकिएपछि फेरि अर्को डिलको निम्ति पुरानै रुपमा आउनेछन्, प्रतिष्ठानका एक प्राध्याकले बताए ।
रजिष्ट्रारको काम नै नेताको घर धाउन
आफूलाई कट्टर एमाले भन्दै पूर्वका एक रक्सी व्यापारी र एमाले नेता प्रदीप नेपालका एक नातेदारलाई प्रयोग गरेर तत्काली अढाई करोड तिरेर रजिष्ट्रारमा नियुक्ति लिएका र उपकुलपतिसम्मको नियुक्तिलाई ७
करोडमा डिल गरेका रजिष्ट्रार डा. रेग्मी भने प्रतिष्ठानको प्रशासनिक कार्य भन्दा नेताको घर धाउन्नमा व्यस्त देखिन्छन् , नेकपा, नेपाली काँग्रेस र जसपा गरी तीन वटै पार्टीको सदस्यता खल्तिमा राखेका डा. रेग्मी
धरानभित्र एमाले, मधेशमा जसपा र कोशी नदी तरेपछि कट्टर काँग्रेस भएको दाबी गर्ने गर्छन् । काँग्रेस नेता सुनिल थापा, प्रदीप पौडेल, अतुल कोइराला र सुनसरी काँग्रेसका एक पदाधिकारी लगायतसँग गहिरो हिमचिम रहेको दाबी गर्ने डा. रेग्मीले आगामी आम चुनावपछि काँग्रेस नेतृत्वको सरकार बन्ने सम्भावना देखेर आफू काँग्रेसी भएको प्रमाणित गर्न सम्पूर्ण ससुराली गाउँलाई नै परिचालित गरेका छन् । जब घरमा छेपारो छिर्छ, कुनै न कुनै अनिष्ट हुन्छ, प्रतिष्ठानमा पनि राजनीतिक छेपारो छिरेको छ अवस्था देख्नु भएकै छ एक सिनेटरले बताए ।

तपाईको प्रतिक्रिया