धरान÷नेपाली कँग्रेस जिल्ला कार्यसमिति सुनसरी, क्षेत्रीय समिति, धरान उपमहनगर समिति र धरान वडा न. १६ ले संयुक्त रुपमा हिजो मंगलबार स्वर्गीय बाबुराम घिमिरेकै निवासमा पुगेर श्रद्धाञ्जली व्यक्त गरेको छ ।
नेपाली काँग्रेस सनसरीका सभापति एवम् प्रदेश नं. १ संसदीय दलका नेता राजीव कोइराला, क्षेत्रीय सभापति सुरेशमान श्रेष्ठ धरान उपमहानगर समितिका सभापति तिलक राई, धरान वडा नं. १६ का सभापति दिलिप भण्डारीले आमा जानुकादेवी घिमिरे, श्रीमति कला घिमिरे र छोरी पियंका घिमिरेलाई समवेदना फ्रेम हस्तान्तारण गर्नुभएको थियो ।
नेपाली काँग्रेस वडा नं. १६ का पूर्व सचिव विजय घिमिरेद्वारा वाचित समबेदना फ्रेममा राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र समाजवादको आर्दश, मूल्य र मान्यतालाई आत्मसात गर्दे नेपाल शिक्षक संघ सुनसरीको संस्थापक कोषाध्यक्ष जस्तो गरिममय पदमा कार्य गरी नेपाली काँग्रेसलाई सुनसरीमा स्थापित गर्न प्रतिबन्धित अवस्थामा समेत उल्लेखनीय भूमिका निर्वाह गर्नुभएका नेपाली काँग्रेस १६ नंं वडाका क्रियाशिल सदस्य बाबुराम घिमिरेको चैत्र २५ गते ६३ बर्षको उमेरमा भएको असमायिक निधनको खबरले नेपाली काँग्रेस स्तब्ध एवम् मर्माहत भएको छ । यस दुःखद् घडीमा शोकसन्तप्त परिवारजनमा पर्न गएको असह्य पीडालाई भगवानले सहन गर्ने शक्ति प्रदान गरुन भनी दिवंगत उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गर्दछौ, समवेदना फ्रेममा भनिएको छ ।
