धरान÷धरान–८ सिद्धार्थमार्गका टंकराज राईको घरको धारामा पानी नआएको पाँच महिना भयो । टंकराजको जस्तै धरानका प्राय ः कसैको घरका धारामा पानी आउँदैन । जार र ट्यांकरको पानी किनेर धरानेहरुले दैनिक गुजारा चलाउनु परेको छ । हुने खाने र सम्पन्नहरु जार र ट्यांकरमा पानी किनेर धान्लान् तर सर्वाधारणहरु त्यो अवस्थाका छैनन् । एक गाग्री पानीका लागि उनीहरु खोला, खोल्सी, ढुंगे धारा, तरहराको पानी पियासम्म पुग्छन् ।
विगत चालीस बर्षदेखि धराने जनतालाइ सीमित स्रोत र साधनका बाबजुद पानी खुवाउँदै आएको धरान खानेपानी संस्थानलाई फागुन १७ गतेदखि धरान उपमहानगरपालिका अन्तर्गतको धरान खानेपानी बोर्डमा गाँभेपछि धरान काकाकुल बन्दै गएको छ । ३ अर्ब २९ लाख लागतको असफल आयोजनाको हालसम्म न खर्च विवरण सार्वजनिक गरिएको छ न सर्वसाधारणका घरमा धारामा पानी नै आउँछ ।
धरानबाट १७ किमीको दूरीमा रहेको सप्तकोशीबाट पानी ल्याउनुपर्ने धरानेहरुका आवाजलाइ सत्ता र शक्तिको उन्मादमा दबाएर चारकोशे जंगलमा भूमिगत वेल खनेर सन् २०३१ सम्मको लागि अल्पकालीन आयोजनाका नाममा धरान खानेपानी संस्थानको सम्पत्ति हत्याउने उद्देश्यले एडिवीबाट ल्याएको २ अर्ब १६ करोड ४ लाख, नेपाल सरकारको अनुदान ५१ करोड ८५ लाख, धरान उपमहानगरपालिकाको सहभागिता ३३ करोड ४० लाख समेत गरी ३ अर्ब २९ लाख रुपैयाँको आयुडिपी परियोजना असफल भएको तथा प्रतिबद्धता अनुसार पानी उत्पादन गर्न अक्षम हुँदा धरानमा पानीको हाहाकार भएको हो ।
बारम्बार खानेपानी संस्थान धरान खानेपानी बोर्डमा मर्च गराउन खानेपानी मन्त्रालय, खानेपानी सस्थानको केन्द्रीय कार्यालय, प्रधानमन्त्रीसम्म धाएकी धरान उपमहानगरपालकाकी उपप्रमुख मञ्जु भण्डारीसँग सस्थानको सम्पत्ति, दायित्व सबै लिएर पनि किन धारामा पानी आएन त भन्ने जिज्ञासा राख्दा उनले भनिन् संस्थार्न भर्खरै मर्च भएको छ । पहिल्यै मर्च हुन पाएको भए सबै कनेक्सन कहाँ छ भन्ने कुरा हेरेर आइयुडिपी प्रोजेक्टबाटै खर्च हुने थियो । अब सबै नयाँ गर्नुपर्ने भएको छ । पाइपलाइन, विस्तार गर्नुपर्ने, इन्टर कनेक्सन काट्नुपर्ने, जोड्नुपर्ने सबै काम त्यसैबेला हुन्थ्यो । ढिलो भएकोले अब नगरपालिकाको खर्चबाट हुनुपर्र्न भयो । बर्षातको महिनामा मर्च गर्न पाएको भए यसको समाधान भइसक्थ्यो । सुख्खा मौसममा मर्च भएकोले कताको सिस्टम कता हो भन्ने थाहा नहुने भयो । हाम्रा प्राविधिकलाई सबै यो कुराको ज्ञान छैन । संस्थानका आधा भन्दा बढी कर्मचारी गइसकेका छन् । जति भएका कर्मचारीले हेर्दैछन् । हिजो मात्र लेखनाथ चौकमा भल्भ नै बन्द गरिदिए रे । पानी नआएपछि भल्भ बन्द गरे होलान् नि त भन्ने जिज्ञासामा भण्डारीले भनिन् भल्भ बन्द भएपछि वडा नं. ११, १७ कतै पानी गएन । सम्झौता अनुसार पानी उपादन भएको छ त भन्ने जिज्ञासामा त्यो प्राविधिक कुरा हो । उत्पादन जति हुनुपर्नै हो त्यो छ भन्छन । दैनिक एक हजार भन्दा बढी ट्यांकरबाट धरानेहरुले पानी किनेर खानु परेको सम्बन्धमा उपमेयरले बारम्बार एउटै कुरा दाहो¥याइन् समयमा मर्च हुन नसक्दा यस्तो भएको हो । सिस्टम मिलाउन ९ महिना लाग्छ, डिजाइन अनुसार काम अगडि बढाउन कन्ट्याक्टरलाई हामीले भनेका छौं । संस्थानका सम्पूर्ण संरचनामा कहाँ कहाँ समस्या छ भनेर साइड दिएका छौ । कन्सल्टेन्ट पनि ल्याएका छौ कन्टयाक्टर पनि ल्याएका छौ । प्राविधिक समस्या हो । केही समय त लाग्छ उनले भनिन् ।
पानी उपादन नै भएन
आइयुडिपी खानेपानी आयोजनाले भूमिगत स्रोतबाट दैनिक १ करोड ५२ लाख २० हजार लिटर पानी उपादन गर्ने भनेर २०७१ कार्तिक २ गते धरान उपमहानगरपालिका र उपभोक्ताहरुबीच भएको ११ बुँदे सहमतिको १ नं बुदामा उल्लेख छ । तर आयुडिपीले ३०–४० लाख लिटरमात्र पानी उत्पादन गरेको र संस्थानकै पानी उपभोक्तालाई विरण गर्ने योजना अपनाएको आयुडिपीका एक कर्मचारीले बताए । उनले भने प्राविधिक पक्षको परीक्षण नभई धरान उपमहानरपालिकाका प्रमुख तिलक
राईले समेत सस्थान मर्चमै बढी जोड दिए । यहाँ स्मरणीय कुरा के छ भने २०७६ सालको धरान उपमहानरपालिकको प्रमुखको निवाचनमा मेयर राईले उपप्रमख भण्डारीलाई कुनै पनि हालतमा संस्थानमा मर्च गर्नुहुँदैन भनेर ज्ञापनपत्र बुझाएका थिए । तर पछि यसमा उनैले नेतृत्व गरेको देख्दा आश्चर्य लागेको उनले बताए ।
इन्टर कनेक्सन समस्या
लक्ष्य अनुसारको समयमै पानी उत्पादन गर्न नसकेपछि धारा दिने आश्वासन दिएर १० देखि १५ हजारसम्म अग्रिम रकम दिएका उपभोक्तालाई वितरण गर्न आयुडिपीले धरानका दर्जनौ ठाउँमा विगतमा संस्थानको पाइपमा इन्टर कनेक्सन ग¥यो । त्यसरी इन्टर कनेक्सन गर्दा पानी वितरणको संरचना नै लथालिंग भएको खानेपानी संस्थानका एक प्राविधिकले बताए । उनले भने धरानमा बोर्डले पानी खुवाउनै सक्दैन । दक्षिणको पानी उत्तर र उत्तरको पानी दक्षिण तानेर यहाँको भौगोलिक अवस्था अनुसार वितरण गर्र्नुपर्छ । आयुडिपीसँग त्यस्ता प्राविधिक नै छैनन र हुँदैनन पनि । अन्तिममा खानेपानी सस्थानलाइ नै गुहार्नुपर्ने हुन्छ । ज्यादति कतिसम्म भएको थियो भने आयुडिपीले जबरजस्ती इन्टरकनेक्सन गर्दा, जलाधार क्षेत्रको मुहानमा आफ्नो पाइप कनेक्सन गर्दा, विरोध गर्नेहरु माथि हातपातको प्रयाससम्म भयो । धरान १५ सदन स्कल छेउ गरिएको इन्टर कनेक्सनको विरोध गर्दा जनप्रतिनिधि नै उपभोक्तामाथि जाइलागेका थिए । दीर्घकालीन खानपानी व्यवस्थापन संघर्ष समिति धरानका संयोजक हर्क साम्पाङलाई सत्ता र शक्तिको आडमा थुनाउने काम समेत भयो । धरानेहरुर्ले आयुुडिपीका विरुद्ध गरेको आन्दोलन यतिबेला आएर प्रमाणित हुँदै गएको धरानमा पानी नआएपछि आम उपभोक्ताहरुले महसुस गर्न थालेका छन् ।
