धरानमा कारोना विरुद्धको खोप लगाउने न्यून रहेको छ । कोभिड १९ को महामारी रोकथामका लागि ल्याइएको खोपको विषयमा सर्वसाधारणमा विश्वासनियता कम भएकै कारण खोप लगाउनेको संख्या न्यून रहेको धरान उपमहानगरपालिका अन्तर्गतको स्वास्थ्य महाशाखले जनाएको छ ।
धरान उपमहानरपालिका अन्तर्गतको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताले पहिलो र दोस्रो चरणमा गरी हालसम्म ५ हजार ९ सय ६१ जनाले मात्र खोप लगाएको बताउनुभयो । भारतबाट ल्याइएको कोरोना विरुद्धको खोप कोभिशिल्डका विषयमा
सर्वसाधारण अनविज्ञ भएकै कारण खोप लगाउनेको संख्या न्यून भएको बताउनुहुन्छ ् । उहाँले सामाजिक सञ्जालमा फैल्याइएको भ्रम र बाहिर आएको अनर्गल हल्लाका कारण खोप लगाउनेको संख्या न्यून रहेको बताउनुभयो ।
धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका अनुसार धरानमा पहिलो चरणको खोप कार्यक्रम समाप्त भएर दोस्रो चरणको खोप लगाइसक्दा हालसम्म ६६. ४ प्रतिशतले खोप लगाएका छन् । महाशाखाका अनुसारे पहिलो र दोस्रो चरणमा आएको ९ हजार ९ सय २० डोजमध्ये चैत्र २ गतेसम्म ७ हजार ८ सय ४९ जनाले खोप लगाएका छन् । यस तथ्यांलाई हेर्दा खोप लगाउनको संख्या न्यून रहेको छ । अनर्गल प्रचारबाजीका कारण पनि खोप लगाउन नआएको महाशाखाको भनाई छ ।
