महालक्ष्मी साहित्य पुरस्कारबाट डा. लम्साल पुरस्कृत

धरान÷चर्चित महालक्ष्मी साहित्य पुरस्कार २०७७ बाट सञ्चारकर्मी एवम् बरिष्ठ साहित्यकार डा. नवराज लम्साल पुरस्कृत हुनु भएको छ ।
मकवानपुर हेटौडाको मातृभूमि साहित्य समाज र महालक्ष्मी विकास बैंक लिमिटेडले हरेक बर्ष संयुक्त रुपमा प्रदान गर्दै आएको उक्त पुरस्कारको राशी, प्रमाणपत्र सहित ५१ हजारको रहेको छ । धादिङ्गमा जन्मनु भएका साहित्यकार डा. लम्साल राजधानीमा बसेर लामो समयदेखि साहित्यका विविध पक्षमाथि कलम चलाउँदै आउनु भएको छ । डा. लम्साल रेडियो नेपालको प्रमुख समाचार वाचक पनि हुनुहुन्छ ।

शनिवार हैटौडामा आयोजित विशेष कार्यक्रममा पाटन उच्च अदालतका न्यायाधीश शेषराज शिवाकोटीले डा. लम्साललाई पुरस्कृत गर्नुभएको थियो । डा. लम्सालका कर्ण र धारा दुई महाकाव्य चर्चित रहेका छन । उहाँका अन्य कृतिहरुमा सगरमाथा, एक्लै एकलै, आगो छोपेर कतिन्जेल (कविता संग्रह), धुनभित्र धुन, बाहिर गीति संगह लगायत प्रकाशित भएका छन् । विगतका बर्षहरुमा पुरस्कारको राशी २१ हजार र प्रमाणपत्र रहेकोमा यसपटक पुरस्कारको राशीमा रकम थप गरी ५१ हजार पु¥याइएको हो । मकवानपुरका कवि दिनेश न्यौपानेको एउटा मृत्यु यो पनि भन्ने कविता स्रग्रह समेत न्यायाधीश शिवनकोटीले विमोचन गर्नुभएको थियो भने कवि देवराज खरेल तथा मातृभूमि साहित्य समाजका पूर्व अध्यक्ष सम्मान २०७७ कवि केदार प्रसाद न्यौपनेलाई प्रदान गरिएको थियो ।

तपाईको प्रतिक्रिया