माकुन्याउको विदाईको तयारी
हाम्रा बाबु बाजेले त्यसे भन्या होइन थुतुनो र त्यो के जाति नजोगाए वित्याँस पर्छ । बुढाहरुले भुक्तभोगी भएर त्यस्ता कुरा ग¥या थे । तर हाम्रा माकुन्याउले त्यस्ता कुराको वास्तै गरेनन् । छँदाखाँदाको घरमा अगुल्टो झोसेर पेरिसडाँडाका मुखियासँग लसपस भएपछि कस्को के लाग्छ ? सर्वोच्च अदालतले आफनै घर फर्क भनेर आदेश त दियो नि तर मन उडेर पेरिस डाँडामै पुग्ने, झल्झल्ती मुखिया वाकै याद आउने भएसी’ पुरानो घर सम्हालेर बस्लान् जस्तो नदखिएसी’ उन्लाई स–सम्मान विदाई गर्ने सुरसार चल्दैछ रे । यसका लागि खप्रओले भव्य तयारी गर्देछन् रे । पुरानो घर फर्किएर आएपनि तथानाम थुतुनो चलाउने, आफ्ना नन्दीभृंगीहरुलाइ बोलाएर भाडँभैलो मच्चाउन थालेपछि कुनै उपाये त ग र्नै प¥यो ।
बाजे किन उफ्रेका होलान् ?
भैसीले पाडो पाए पनि पाडी पाए पनि गोठालाले पाउने त्यही विगौती त हो । पाडापाडी त भैसी धनीकै हुन्छन् अनि वित्थाँ गोठालो खुशी भएर, गदगद भएर नाँचेर केही हुँँदैन । नेपालको राजनीतिमा गोठाले प्रवृत्तिका एक बाजे छन् तनहुँतिरका, उमेरले डाँडो काट्न लाग्या ती बाजे हिजो आज बढो अन्टेसन्टे बक्न थाल्या छन् । अस्तिका दिन तिन्ले भन्या जसपा र माउवादीलाई साथ दिउँ आली सरकार ढलाई दिउँ रे । बाजेको यसैगरी बुद्धिको विर्को बन्द हुँदो रै’छ र त गोल्छे सार्कीे गालामा पड्काउँदा रै’छन् । बाजेको कामै अरुलाई उचाल्ने रै’छ । ओलीको सरकार हुँदा कँही कतैबाट सुको नझरेको पीडा हो कि क्याहो बाजेको ? नत्र सुगा रटाई जस्तो किन फलाकीरहनु ? न तिनको आफनो एक भोट हाल्ने हैसियत छ न तिन्ले भन्या कसैले थपक्क मान्छन् । वित्थाँ अरुले गुथाई दिएको बरिष्ठ पगरी गुथेका छन्, फलाकेका छन । जसपा र माउवादीलाई साथ दिँदा बाजेलाई लाभैलाभ मिल्छ कि क्या हो ? नत्र एकोहोरो त्यसरी फलाक्नु त नपर्ने हो ?
खप्रओको महत्वपूर्ण दुई काम
पधानमन्तरी खप्रआले केही गनेन भनेर एकथर मान्छेहरु बढो चिन्ता गर्छन् । आफनो खाएर अर्काको चिन्ता किन ग¥या होलान ? खप्रओले कति ग¥या छन ग¥या छन् । तर उनले देखिने गरी दुईवटा कामचहिँ मज्जाले ग¥या छन् । विधा भण्डारलार्इी रानी, देश र पार्टीलाई खरानी । यो सानो काम हो त ? हामो जस्तो टकनटाँक देशको राष्ट्रपतिलाई १८ करोडको गाडी, डेढ अर्बको हेलिकोप्टर किन्देर विश्वलाई नै चकित बनाइद्या छन् । देश र पार्टीर्लाचाहिँ खप्रओ बाले खरानी नै बनाइद्या छन् । बुढा ज्यान गए नि कुर्सी छोड्नेवाला छैनन् । तिन्ले सबैका नाडी छामिसकेका छन । कसैले आफनो विरोध गरेर त्यसलाई सात पुस्ता अगाडि र सात पुस्ता पछाडिका सम्मलाई काण्ड पुग्ने गरी दनक दिन्छन् । फेरि सब उही बलेको आगो तप्ने त हुन् । हिजो च्याठ्ठिएर हिडेकाहरुपनि लुसुलुसु ओली बा’का घरतिर र्छिन थाल्या छन । नछिरेरे पनि विचराहरु कहाँ जाउन ? कमण्डलु बोकेर हिड्नु भएन । बरु बाकै घरतिर छिर्दा दानापानीको जोहो हुने । कि कसो हौ ?
किन चियोचर्चो ग¥या होला ?
हाम्रो कोदे समाज पनि साह«ै गज्जबको छ । कसैले गरिखाएको दख्नै नहुने । नानाथरिका कुरा काट्या छन्, बस्या छन् । अब हेरम न पर्देश न. १ का मुख मन्तरीले ससुराली जाँदा हेलिकोप्टर लिएर गए, राज्यको ढुकुटी सिध्याए भनेर कादेहरुले कम्ता उत्पात मच्चाएका होइनन् । मुखमन्तरी जस्तो मान्छे त्यसमाथि बल्ल–बल्ल सादीउदी भएको छ अनि हेलिकोप्टरमा ससुराली नगएर पैदल जानु त ? अर्कोको थोत्रे गाडीमा चढेर जानु त ? जस्ले हान्यो त्यसले जान्यो नयाँ नयाँ बेहुला हेलिकोप्टरमा जादा सुरालीमा बेग्लै इज्जत मान मर्यादा हुने । राज्यको ढुकुटीबाट गयो रे । अनि के आफनो खल्तिबाट खर्च गरी गरी त्यस्तो महँगो यात्रा कसैेले गर्छ त ? राज्यको ढुकुटीका के काम ? घण्टाघरलाई त गज्जब लाग्या छ । जे ग¥यो मुखमन्तरी ठीक ग¥यौ । तित्राको थुतुनौ वैरी भन्ने त उखानै छ । कोदेहरु फलाक्दै गर्छन् फेरि फेरि मुखमन्तरी भइएला कि नभइएला । भाको बेलामा पनि यो शान सौकात नदेखाए कहिले देखाउने ?
सात पुस्ता सताउने ?
झलेमालेबाट किनारा लाग्दै गएका माकुन्याउले अस्तिका दिन अख्तियारका प्रमुखलाई आफ्ना विरुद्धको ललिता निवास काण्डको फाइल खोले अख्तियारका प्रमुखको ात पुस्ता सताउने धम्की दिएछन् । ए गाँठे माकुन्याउले कसरी सात पुस्तासम्म सताउँदा होलान् ? पक्कैपनि तिन्ले प्रचण्डाउसँगै सडकमा नाँचदै हिड्दा झाक्रीबाट टुनामुना सिकेको हुनुपर्छ । नत्र त्यसरी धम्की त दिनु नपर्ने हो ? मन्त्र सिकाउने वनझाक्री न परिन् । वनझाक्रीले सिकाएको मन्त्र पक्का हुन्छ रे । अख्तियारले फाइल खोल्यो भने माकुन्याउ कहाँ जुठे कहाँ जुठेकी आमा बन्ने पक्का छ । पुतली जुँगे माकुन्यालाई यतिबेला कम्ता टेन्सिन छैन । फाइल खोल्नु भन्दा अगाडि नै सात पुस्ता सताउने भन्देसी त फाइल नखोल्लान् नि । कि कसो हौ माकुन्याउ ?
सुरुवाल खुस्केकौ पत्तै छैन
मुर्दालाई जामले छोडेझै सबैले एकएक गरी छाड्दै हिँड्दा एक्लै भइसकेका प्रचण्डाउ फेरि क्रान्ति गर्छु, जंगल पस्छु, दुई चार बर्ष हराउँछु भन्दै ध्वाँस पिट्दै हिडेको देख्दा गुइँठे काइलो पनि अस्तिका दिन खित्का छाडेर हाँस्दै थियो । बल्ल बल्ल्ल सहर छिरेर मजगुनको जीवन विताएका प्रचण्डाउले फुइøयाँको ध्वास पिट्नु ? अर्का पिण्ड जलपान गर्ने बेला भएका वैधाउ घरी घरी जुरुक्क उठ्छन र भन्छन् फेरि पनि बन्दुक उठ्छ । हिरिक्क भैसक्या बैधाउले अब बन्दुक उठाउने हैन सुरुवाल समहाल्ने बला भएको छ । शरीर राम्ररी थिग्रन्दैन बुढालाई के सनक चल्दो रै’छ । अब यिन्लाई कस्ले साथ देला ? आफ्नैले धमाधम छाडेर हिडेको तिन्लाई हेक्का छैन कि क्या हो ? बरु राम नाम जपेर बस्ने हो कि वैधाउ † क्रान्तिको कुरा छेडिदउ । हुन त घटाघरको सुझाउ मात्र हो माने तिम्रै हित नमाने बुढेसकालमा वित्थामा दुःखमात्र आइपर्ला ।
हेर हेर बाउराम कामीको बुद्धि
हैन हौ यो घण्टाघरले आजसम्म बुझ्नै सकेन ती बाउराम भन्ने मनुवा डाक्टर हुन् कि डाका हुन हौ । अब हेरम न अस्तिका दिन तिन्ले भन्या पहिला खप्रओलाई लखटौ त्यसपछि तिन्का पछि लागेका स्यालसँग लड्दै गरम्ला रे । हेर हेर तिन्को बुद्धि ? कहिले कस्को घरमा छि¥या छ, कहिले कस्को घरमा छि¥या छ । हुँदा हुँदा यतिबेला मधेशवादीको घरमा छिरेर बडो फुइँ लगाउन थाल्या छन । एकसिटे बाउरामले मधेशवादी दल नि सिध्याउने भए । बल्ल–बल्ल जुटेर ठूलो दल बनेका थिए । बाउराम
भाइरसले छिन्नभिन्न बनाउने भए । पर्व एमालेलाई प्रचण्डाउले छिन्नभिन्न बनाए जस्तै बाउराम कामीले राजपा सिध्याउने भए । खप्रओलाई सत्ताबाट लखेटेर बाउराम कामीले के तक्मा पाउलान् ? तिनका स्यालसँग तिन्ले कसरी लड्लान् ? अर्काको रिस गर्दा आफै भड्खालोमा जाकिन्छु भन्ने बुद्धि तिनलाई कस्ले देला । हुन त रिस खा आफू बुद्धि खा अर्का भन्ने त उखानै छ नि †
अन्तेमा
झालेमाले भित्रको घर झगडा चर्कदै जाँदा सत्ताको राजकानी आफनो भागमा झर्ला र खाम्ला भनेर मख्ख परेर उग्राएर बस्या देउवाले अबचाहिँ आशा मारेछन् । अब साह«ै झर्ला जस्तो नदेखेसी’ अस्तिका दिन उन्ले निराश हुँदै भने अब सबै निर्वाचनको तयारीमा लाग्नुपर्छ । पर्धानमन्तरी खप्रओले सात गते बलाएको केन्द्रीय समितिको बैठकले झन शक्तिशाली बनादिएसी’ अबचाहिँ सत्ताको राजकानी नझर्ने निश्चित भएको बुढानिलकठण्डे काजीले बुझेछन् क्यारे । केही दिन यता काजी खुबै हौसिएका थिए । नहौसिउन पनि किन माकुन्याउ भट्न जाँदा पनि पर्धानमन्तरी बन्दिनु प¥यो भन्थे, प्रचण्डाउ भट्न जाँदा नि पर्धानमन्तरी बन्दिनु प¥यो भन्थे, मधेशवादी दल भेटन जाँदा पनि त्यस भन्थे । अबचाहि साँच्चै झर्ने भयो भनेर कजी कम्ता फुरुङ्ग प¥या थेनन् । तर खप्रओ झन झन स्यााँठ्ठिएर आएसी र माकुन्याउ, प्रचण्डाउलाई नाम्ले लाग्दै गएपछि काजी निराश बन्दै गएका हुन् ।
