धरान÷एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपालाई सर्वोच्च अदालतले पूर्ववत अवस्थामा फर्काइदिएपछि माधव नेपाल–झलनाथ खनाल समूह एमालेबाट बाहिरिएर नयाँ पार्टी खोल्ने योजनामा पुगेका छन् ।
सुनसरीबाट प्रतिनिधित्व गर्ने प्रदेश सभाका माधव–खनाल पक्षका एक सांसदले तत्काल नाम उल्लेख नगरिदिने शर्तमा भने यसको छिनोफानो बुधबार र विहीबार काठमाण्डौमा हुने राष्ट्रिय भेलाले गर्छ । सर्वोच्च अदालतले फागुन ११ गते संसद पुनस्र्थापनको निर्णय गर्दा हौसिएका माधव–खनाल पक्षका कार्यकर्ता फागुन २३ गतेको निर्णय पश्चात निराश भएका र उनीहरु यतिबेला आफ्ना पक्षका नेताको निर्देशन कुरेर बसेको ती सांसदले सुनाए ।
यद्यपि केन्द्रीय स्तरको निर्णय आउनु अगावै नेपाल – खनाल समूहले गाउँ, नगर, जिल्ला र प्रदेश स्तरमा एमालेको समानान्तर कमिटीहरु धमाधम निर्माण गरिरहेका छन् । नेपाल–खनाल पक्षले मात्र नभएर पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री ओली पक्षले पनि वडादेखि नगर, गाउँ, जिल्ला र प्रदेश कमिटीहरु गठनलाई यतिबेला तिब्रता दिएका छन् । प्रदेश न. १ को सुनसरी, मोरङ, झापा, पाँचथर, इलाम, भोजपुर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम, उदयपुर, ओखलढुंगा, संखुवासभामा दुवै पक्षले समानान्तर कमिटी गठनलाई तिब्रता दिएका छन् । केन्द्रमा देखिएको नेतृत्व बीचको संवादहीनताको अवस्था दुवै पक्षमा तल्लो स्तरसम्म देखिएको छ । । यस सम्बन्धमा प्रारम्भदेखि नै नेपाल– खनाल बीचमा खुलेर हिडेका, संसद विघटनलाई प्रधानमन्त्री ओलीको प्रतिगामी एवम् असंवैधानिक कदम भएको भन्दै आन्दोलनमा समेत सहभागी भएका प्रदेश न. १ सुनसरी क्षेत्रका सांसद जयकुमार राईसँग सम्पर्क राख्दा उहाँले प्रतिक्रिया दिन चाहनु भएन । उहाँले भन्नुभयो चैत्र ४ र ५ गतेको भेलाले के निर्णय गर्छ सोही अनुसार हुन्छ ।
प्रदेश नं. १ कमिटी सचिव तथा प्रधानमन्त्री केपी ओली निकट मानिनु हुने मुरारी सुवेदीसँग धमाधम समानान्तर कमिटी गठन भइरहेकोप्रति जिज्ञासा राख्दा उहाँले भन्नुभयो खै उहाँहरुले के गर्नु भएको छ त्यो थाहा छैन । यहाँचाहिँ हामी कमिटी बनाइरहेका छौै, पुनर्गठन, पुनव्यवस्थित गर्दै छौं । उता र यताका भन्ने छैन । पूर्व एमालेमा रहेका सबै साथीहरु हामीसँगै हुनुहुन्छ । केही केही दुईचार जना आन्दोलनमा लाग्नुभयो, कता कता जानुभयो त्यो आफ्नो ठाउँमा छ । आम तहका कार्यकर्ता अहिले ओली पक्षमा नै रहेको उहाँले बताउनुभयो । एक नं. प्रदेश सुनसरी क्षेत्र नं. १ का संघीय सांसद जयकुमार राईहरु अब के गर्नु हुन्छ त भन्ने जिज्ञासामा सुवेदीले भन्नुभयो खै उहाँहरु के गर्नुहुन्छ । अस्तिसम्म पार्टी अध्यक्षलाई कार्वाही गर्दा दिपावली गर्ने, खुशियाली मनाउने साथीहरुलाई सम्हालिन दुई चार दिन लाग्छ । उहाँहरु फर्कनु हुन्छ भन्ने सवालमा सुवेदी भन्नुहुन्छ नफर्किएर कहाँ जानु ? चैत्र ४ र ५ गते माधव–खनाल पक्षले बोलाएको राष्ट्रिय भेलाले नयाँ पार्टी गठनको चर्चा पनि चल्दैछ नि त भन्ने सवालमा सवेदी भन्नुहुन्छ झ्याप्पै हलमा भेला हुँदा संसारै यति नै रहेछ जस्तो लाग्छ । तर जनसंख्या समाज त छुट्टै हुन्छ । म त्यो भ्रमबाट मुक्त भएको छु । पहिला पहिला आन्दोलन गर्दा भानुचौकमा दुई तीन सय भेला हुँदा संसार सबै हामी मात्र रहेछौं जस्तो लाग्थ्यो । डेढ लाख मानिसहरु त बाहिरै हुनुभयो । मैले माइकिङ्ग गरेर हिँड्दा मैले गरेको माइकिङ संसारका सबैले सुनेका छन् र सबै मेरै पछि लाग्छन्, मेरो विचारमा सहमत हुन्छन् जस्तो लाग्थ्यो । अहिले अरुले माकिङ्ग गर्दा मै सुन्दिनँ अरु कस्ले सुन्छ ? नेपाल–खनाल पक्षको राष्ट्रिय भेलाले पार्टीबाट अलग भएर अर्को नयाँ पार्टी गठनको निर्णय आयो भने त्यसलाई तपाईहरु कसरी लिनुहुन्छ भन्ने सालमा सुवेदी भन्नुहुन्छ आयो भने त्यसलाई जनताले प्रतिकार गर्छन् । अहिलेको एमालेलाई विघटन गरेर अहिलेको नेतृत्वको विरुद्धमा अर्को टिम बनाउने अभियानमा एउटा सानो टिमबाहेक कार्यकर्ता कसैले पनि साथ दिँदैनन् । त्यो साथ दिने अवस्यै छैन । नेपाली जनताले चाहेको एकीकृत कम्युनिस्ट पार्टी हो, एकीकृत कम्युनिस्ट आन्दोलन हो । अहिले विविध कारणले, प्राविधिक कारणले टुटेको अवस्था छ त्यो आफ्नो ठाउँमा छ । तर अब एमालेलाई पनि विभाजन गरेर जाने कुरामा कार्यकर्ताले माफी दिँदैनन् ।
खास गरेर पधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले गत शुक्रबार वालुवाटारमा बोलाएको केन्द्रीय कमिटीको बैठकबाट नेपाल–खनाल समूहका नेता तथा कार्यकर्तालार्ई पुरानो जिम्मेवारीबाट मुक्त गरेपछि उनीहरु थप चिढिएका थिए । प्रधानमन्त्री ओलीको सोही कदमका विरुद्धमा ४ र ५ गतेको भेलालाई एमालेभित्र अथ्र्याइएको छ ।
