धरान÷कुनै बेला धरानेहरुको पिउने पानीको आधार सार्वजनिक धारा हुने गर्दथ्यो । कमैले मात्र नीजि धारा जडान गरे पनि धेरैले सार्वजनिक धाराकै पानी प्रयोग गर्ने गर्थेै तर अहिले धरानमा सार्वजनिक धाराहरु मासिदै गएका छन् । नेपाल खानेपानी संस्थान धरान शाखाले सर्वसाधारणको सहजतालाई मध्यनजर गरी सबैको पायक पर्ने सार्वजनिक स्थलमा राखिएका त्यस्ताहरु मासिदै गएका हुन् ।
सार्वजनिक धारामा भीड बढ्न्े, खानेपानी सहज रुपमा आपूर्ति गर्न नसकिने भएपछि सर्वसाधारणले निजी धारा जडानमा तिब्रता दिएका कारण सार्वजनिक धाराहरु मासिदै गएको हुन् ।
धरान १५ की जसमाया राईले नीजि धारा जडान नहुदा सार्वजनिक धाराको भरपर्नु अवस्था रहेको बताइन् । उनले सार्वजनिक धारामा पानी धेरै आउने भए पनि सुख्खा मौसममा भने साहूै गाह«ो हुने बताइन् । उनले भनिन् –सार्वजनिक धारा हुदा अन्य बेला सहज रुपमा पानी थाप्न पाएपनि सुख्खा मौसमको समयमा एक गाग्री पानी थाप्न नै लडाइ गर्नुपर्ने अवस्था रहेको बताइन् । उनले भनिन–‘अन्य बेला पानी पानी थाप्न सजिलो भए पनि बर्खाको बेलामा एक गाग्री थाप्न लडाइ नै गर्नुपथ्यो ।’ विगतको कुरालाई स्मरण गर्दै उनी भन्छिन्–‘पानी थाप्ने क्रममा छिमेकीसँग कति झगड गरियो गरियो, कतिपयसंग त अझै पनि बोलचाल छैन ।’
यस्तै भनाई धरान १५ की रीता चापागाईको छ, २०४८ सालमा तेह्रथुमबाट धरान बसाई सरेर धरान झर्दा उनी पनि निजी धारा नभएकोले सार्वजनिक धाराबाट पानी खाने गर्थिन् । पहाडमा पानीको अभावमा कहिल्यै तड्पिनु नपरेको उनी धरान झरेको बर्ष विहान उठ्नेवित्तिकै पानी थाप्ने पिरलो हुने सुनाउछिन् । फागुन महिनामा बसाइ सरेर धरान झरेकी उनी त्यो बेलाको स्मरण गर्दै भन्छिन् –‘पहाडमा पानीको अभाव कहिल्यै नहुने, निजी धारा पनि नभएको, सार्वजनिक
धारामा लाइन लागेर पानी थाप्दा कम्ता हेरान हुदैनथ्यो ।’ त्यसबेला चौक चौकमा भएको सार्वजनिक धारा अहिले मुस्किलले कतै कतै हुने गरेको छ । चापागाई भन्छिन्, ‘अहिले त्यस्ता सार्वजनिक धारा कता गए, एकादेशको कथा जस्तो पो लाग्छ मलाई अहिले त ।’ जसमाया र रीता त उदाहरणपात्र मात्र हुन्, टोलटोलमा सार्वजनिक धारा जडान गर्दा सहजसंगै बर्खातको समयमा धेरै समस्या पनि भोग्नु परेको थियो ।
नेपाल खानेपानी संस्थान धरान शाखाका प्रमुख रामकुमार श्रेष्ठले धरानका सर्वसाधारणलाई सहजताका लागि धरानमा ३ सय ४ वटा धारा राखिएको भएपनि अहिले नगन्य रुपमा भएको बताए । उनले नीजि धारा जडानसंगै सार्वजनिक धाराको संरक्षण नभएका कारण धाराहरु मासिदै गएको बताए । उनले भने–‘धरानभरि ३ सय ४वटा सार्वजनिक धारा थिए, अहिले कति छन् भन्ने कुरा हामीले रेकर्ड नै राखेका छैनौ ।’ उनी सार्वजनिक धारा मासिनुको प्रमुख कारण संरक्षणको अभाव भएको बताउछन् । उनी भन्छन्–‘सबैले घरघरमा निजी धारा जोडेपछि, सार्वजनिक धाराको संरक्षण हुन नसक्दा मासएिको हो ।’
सार्वजनिक धाराको रेडकर्ड नेपाल खानेपानी संस्थान धरान शाखाले पनि राखेको पाइदैन । जडान गरेको एकिन संख्या दिए पनि अहिले त्यस्ता सार्वजनिक धारा कति छन् भन्नेबारे संस्थानले रेकर्ड राखेको छैन ।
