मुलुक यतिबेला राजनीतिक जटिलताले मात्र थिलथिलो नभएर संस्थागत हुादै गएको भ्रष्टाचारले आक्रान्त छ । अझ
राजनैतिक आडमा र राजनैतिककर्मीहरुबाट हुने अदृश्य भ्रष्टाचारले सर्वसाधारण नेपालीहरुको जीवनयापन असहज बन्दै गएको छ । स्थानीय निकाय नगरपालिका, गाविस, जिल्ला विकास समिति, मालपोत, नापी, शिक्षा, सडक विभाग, यातायात, स्वास्थ्य आदि भ्रष्टाचारका निम्ति अग्रस्थानमा देखिएका छन् । हिजो चप्पल लगाएर हिाड्ने राजनैतिकर्मी र कर्मचारीहरु आलिशान महलका मालिक र स्रोत साधनले सम्पन्न भएका छन् । दीगो आम्दानीको स्रोत नभएकाहरुसाग त्यतिका सम्पत्ति
रातारात कसरी थुप्रियो ? गलत ढंगले पर्दा पछाडिबाट सम्पत्ति आर्जन गर्नेहरुमाथि डण्डा बर्साउन अख्तियार दुरुपयोग अनुसन्धान आयोग सक्रिय रहेको छ । तर पनि यस्ता कुरामा कमी आएको छैन । यस सम्बन्धमा हामीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्वाञ्चल क्षेत्रीय कार्यालय प्रमुख डुल्लुराज बस्नेतसाग अन्तरसंवाद गरेका छौं । प्रस्तुत छन् अन्तर संवादका सम्पादित अंशहरु :
द्धपूर्वाञ्चलमा भ्रष्टाचारको अवस्था कस्तो छ ?
–भ्रष्टाचारलाई एउटा सापेक्षको हिसाबले कुरा गर्नुपर्छ । यो कार्यालय स्थापना नहुादा प्रमुख जिल्ला अधिकारीले अधिकारीले अख्तियारी पाएका थिए । त्यसबेला खासै प्रभावकारीता देखिएको थिएन । तर यो कार्यालय स्थापना भएपछि भ्रष्टाचार सम्बन्धी उजुरीका Ïलोहरु बढ्न थाले, छानबिनका काम अगाडि बढे र कर्मचारीहरु पनि विस्तारै ट्रेन हुदै गए । शुरुको अवस्थामा हामीले चाहे अनुरुपको सक्रियत देखाउन सकेका थिएनौं । पछिल्लो अवधिमा हामीले सक्रियता बढाएका छौं, प्रचारप्रसार गरेका छौं, ठाउाठाउामा विभिन्न चेतनामुलक कार्यक्रमहरु सञ्चालन गरेका छौं, कार्यालय प्रमुखको उपस्थितिमा
अन्तरक्रिया, गोष्ठी गरेका छौं, विद्यार्थीहरुसाग सचेतनामुलक कार्यक्रम चलाएका छौं । विभिन्न कार्यालयहरुमा गोप्य सुत्रहरु परिचालन गरेका छौं, त्यहााका सूचना संकलन गरेका छौं, कार्यालय प्रमुखलाई भेटेर सजगता अपनाउने सम्बन्धी, त्यहाका कमी कमजोरीका बारेमा राय सल्लाह दिएका छौं । आएका उजुरीका सम्बन्धमा पनि हामीले अत्यन्तै चाडो फस्र्यार्ेट गर्ने प्रक्रिया अवलम्बन गरेका छांै । अहिलेको अवस्थामा भ्रष्टाचार गर्न कुनै पनि कर्मचारी वा अन्यले दुई तीन चोटीचाहिा सोच्नै पर्ने अवस्था सिर्जना भएको छं ।
द्धसबैभन्दा बढी उजुरी कुन निकायबाट परेको छ ?
–हामीसाग सबैभन्दा बढी उजुरी शिक्षा क्षेत्रबाट आएका छन् । शिक्षाका ५ सय भन्दा बढी उजुरी रहेका छन् । त्यसपछि स्थानीय निकायसाग सम्बन्धित ३ सय भन्दा बढी रहेका छन् । त्यसपछि वन, भूमिसुधार लगायतसाग सम्बन्धित छन् ।
द्धउजुरीमाथि छानबिन हुादै होला, कति किनार लागे, कति तमेलीमा गएका
होलान् ?
–अहिलेको अवस्थासम्म १९५२ वटा उजुरी आएका मध्ये ७८१ वटा फस्र्योट भएका छन् र ११७१ वटा बााकी रहेका छन् । यसरी व्यापक रुपमा फस्र्योट हुने क्रम छ । शुरुमा त्यस प्रकारको तिब्रता थिएन । म आउनुभन्दा अगाडिको कुरा गर्दा आफूले गफ लडाएजस्तो हुने हुन्छ । प्रगति विवरण हेर्ने हो भने हाल ४० प्रतिशत छ यसभन्दा अगाडि ६.२४ प्रतिशत मात्र थियो । म आइसकेपछि पूर्वाञ्चलका ८ वटा जिल्लामा पुगेका छौं । दिंग्लाको चौकी डााडासम्म हामी गयौं । त्यहाा जाादा त्यहााका जनताले अख्तियार यहाासम्म पनि आउदो रै’छ भन्थे । गाडी पुग्ने ठाउाबाट एक दिन हिड्नु पर्ने । त्यति दूरीसम्म पनि हामीले आफ्नो उपस्थिति देखाएका छौं । यही बीचमा नापी र मालपोतका कर्मचारीहरुलाई ३ लाख, ५० हजार, घुस लिादालिदै रंगे हात समाएका छौं । यस्तै भन्सारसाग सम्बन्धित चिजहरुमा पनि भन्सारमा निग्रानी बढाएको कारणले न्यूनिविजिकरणका कुराहरु धेरै न्युन हुन थालिसकेका छन् । कतिपय अवस्थामा साझा संयन्त्रको विकास गरेर आÏनो छुट्टै निकाय लिएर बसेको राजस्व अनुसन्धानलाई अझ सक्रिय गराउन हामीसाग आएका इनफर्मेशनहरुसाग शेयर गरेका छौं । ३ लाख भन्दा बढीका उपभोक्ता समितिका काम कारबाहीहरु, कहाा कहाा सञ्चालन भइरहेको छ, त्यसको अध्यक्ष को हो, त्यसको फेयरिस्त हामीले मागिरहेका छौं । र उपभोक्ता समितिलाई पनि यो काम गर्दा अख्तियारलाई जानकारी गराउन भनेका छौं । अख्तियारले अनुगमन गरेर सहयोग पुर्याउाछ । काम शुरुदेखि नै राम्रो होस्, अनियमितता नहोस् भन्ने उद्देश्य हो । अनियमितता भएमा कारबाही गर्ने एउटा बाटो छादैछ तर शुरुदेखि नै राम्रोतिर जाओस्, अख्तियारले यसलाई हेरिरहेको छ भनेका छौ । ठूला ठूला आयोजनाको स्थलगत अध्ययन गरेका छौं । क्षेत्रीय प्रमुखकै हिसाबले विराटनगरको बाटो निर्माण आफैले अनुगमन गरो । जतुवाको ढल प्रशोधन केन्द्रको अनुगमन गरो । सञ्चारकर्मी साथीहरुलाई लिएर गएर चतराको पुल निर्माणको अुनगमन गरो, काम गर्नेलाई पनि काम गर्नलाई उत्साह जागोस्, नैराश्यता नआओस्, सही रुपमा काम होस् भनेर शुरुदेखि नै हामीले उहााहरुलाई प्रोत्साहन र सजग गराउनेक काम गर्दै आएका छौं ।
द्धसातसय भन्दा बढी उजुरीहरु फस्र्योट भयो भन्नुभयो । कस्ता कस्ता उजुरी फस्र्योट भएका हुन् ? उजुरी परेका व्यक्तिले सफाइ पाएका हुन् ?
–हैन हैन । यसमा कतिपय उजुरीहरु तामेलिमा गएका हुन्छन्, कतिपय उजुरी मुद्दामा गएका हुन्छन् । मसाग भएको लिष्टमा भएअनुसार प्रारम्भिक भन्ने हुन्छ । प्रारम्भिकमा सामान्य अवस्थामा परेका उजुरीलाई हेरेर अब यो तामेलीमा जानुपर्छ, यसमा खास दम छैन भन्ने हुन्छ । त्यसपछि हेर्दाहेर्दै हैन यसमा विस्तृत अध्ययन गर्नुपर्छ भन्ने लाग्यो भने विस्तृत अध्ययन हुन्छ । हाम्रो यो कार्यालयले ५९ वटामा विस्तृत अध्ययन गरेको छ । यसमध्ये १९ वटालाई हामीले फस्र्योट गरेका छौं । १९ वडामा १० वटामा मुद्दा लिएर गएको, अरुमाचाहिा अर्थात दुईवटामा असुल उपर गरेको, तीन वटामाचाहिा तामेलीमा गएका छन् । ४० वटाचाहिा अहिले रनिङ्गमा छ । अहिले ४० वटा मुद्दाहरु विशेष अदालतमा चलिरहेको छ ।
द्धयस कार्यालयमा परेका उजुरीमा अहिलेसम्म कसैलाई कारबाही भएको
छ ?
–कारबाही भएको छ नि । कारबाही भन्नाले हामी अदालतमा मुद्दा लिएर जान्छौं, त्यसलाई कारबाही भन्छौं । फैसालको हकमा फैसला आइसकेकको अवस्था चाहिा छैन । त्यो त न्यायालयको पाटोको कुरा हो । अर्को असुल उपरको कुरा हुन्छ असुल उपर हामीले गराइरहेका छौं । ऐन नियमको कुराहरु हुन्छन् । सचेत गराउने कुरा, काम कारबाही यसरी लिएर जानुपर्छ भन्ने
कुरा हामीले धेरै कार्यालयलाई सतर्क
गराएर काम गराउने काम भइरहेको छ । तथापि मुद्दाहरु जाने क्रममा छ ।
द्धस्थानीय निकाय जनप्रतिनिधिविहीन अवस्थामा छ । सामान्य त एउटा घर बनाउन नक्सा पास गर्नुपर्दा राजस्व बाहेक २०/२५ हजार घुस लिएर सर्वसाधारणले काम गराउनुपरेको छ । यसलाई कसरी हेर्दै हुनुहुन्छ ?
–यसमा धेरै गुनासाहरु आएका छन् । व्यापक रुपमा जताततै भ्रष्टाचार भएको सुनिन्छ । हामीले यत्रो प्रचारप्रसार गरिसकेका छौं । त्यसरी घुमदिन बाध्य
पारिरहेकाहरु आउनु पर्छ । जनतामा अब जनचेतना जाग्नुपर्छ । कसैसाग पैसा लिादा ३ पटक ४ पटक सोच्नुपर्ने अवस्था छ । त्यही पनि लिएका छैनन् भनेर हामी भन्दैनौं । लिनेहरु अख्तियारमा परिरहेका छन् । जसले हामीसंग सम्पर्क गरेका छन्, हामीले हाम्रो सुत्र लगाइरहेका
छौं । पैसाको लेनदेन भन्ने कुरा कालोमा, क्षिणुमा वा दुईजनाको मिलेमतामा भएको कुरालाई पत्ता लगाउन बढो कठिन हुन्छ । जसलाई अप्ठेरो परेको छ त्यो हामीसाग आयदिनुपर्यो । हामीलाई भनिदिनु पर्यो । त्यस्तो कुकृत्य गर्नेहरु जनताको सेवा गर्न बसेका भ्रष्टाचारमा लिप्त भएकालाई नंग्याउन जनता अगाडि आउनुपर्छ । हामी एकल प्रयासले पूर्णत पाउादैन । हामीले आफ्ना प्रयासहरु जारी राखेका छौं । हामीले भन्ने गरेका छौं ‘आयो अख्तियार नगरौ भ्रष्टाचार’ भनेर सूचना जारी गरेका छौं । विभिन्न क्षेत्रहरुबाट मानिसहरु सम्पर्कमा आइरहनु भएको छ । न्यूनिकरण हुने क्रममा रहेको छ ।
द्धस्थानीय निकायका कर्मचारीहरुको पछिल्ला दिनमा लिभिङ्ग अफ स्टेन्डर अस्भाविक रुपले बढेको छ । त्यसबाट पनि तपाईहरुले अनुसन्धानलाई अगाडि बढाउन सक्नु हुन्न र ? उजुरी नै हाल्नुपर्छ र ?
–आउनुपर्छ । किनभने अख्तियारले मान्छेका घर देखेर कारबाही गर्न थाल्ने हो भने त्यो त वायस भएको हुन्छ । भोलि कस्का घरमा कति ठूला भनेर अख्तियार जान थाल्ने हो भने त सबै ठूला घरवालालाई कारबाही गर्न सक्नु पर्यो । उसको आय स्रोतको पनि कुरा हुनसक्छ । जबसम्म उजुरी पर्दैन अर्थात उजुरी पनि तथ्यपरक जस्तै यो बैंकमा यति रकम, निजसाग यति वटा घर, यति ठाउामा जग्गा आदिका बारेमा खुलाइएको हुनुपर्छ । तर हामीले पत्रपत्रिकामा आएका कुरा पनि हेर्छों तर आफै प्रोएक्टीभ भएर मान्छेको घर कुनै पनि बेलामा विभिन्न उजुरी आइसकेपछि त्यसको लिभिङ्ग स्टेन्डर हेरेर अख्तियार गएर छापा मार्ने छुट्टै कुरा हो । तर खाली उसको बाहिरी हेरेर अख्तियार जाादैन । हामीसाग त्यत्रो संयन्त्र पनि हुादैन । त्यसैले पब्लिककै साथ सहयोग चाहिन्छ ।
द्धअख्तियारले खाली साना माछा मात्र समात्छ ठूला माछा समाउादैन भन्ने गुनासा पनि आइरहेको छ । यसमा के
भन्नुहुन्छ ?
–यो कुरा आइरहेको छ । कानुनले साना ठूला भन्दैन । कानुनमा सबै समान हुन्छन् । ठूला माछा अर्थात हामीले स्वाथ्य क्षेत्रको डिजीसम्म, स्वास्थ्य विभागका प्रमुखहरुलाई सुत्केरी भत्तामा गरेको अनियमितता, औषधि उपचारमा अनियमितता गरेको सन्दर्भमा मुद्दा लिएर गएका छौं । उपकलपतिहरु जसले शिक्षा दिन्छु भनेर आएको, नैतिक पाठ पठाउनेहरुले गरेको भ्रष्टाचारलाई हामीले मुद्धा लिएर गएका छौं । एलडिओहरुलाई कारबही गरेका छौं । ठूला माछा र साना माछा भन्ने कुराचाहिा पब्लिकको कुरा के हो भने राजनैतिककर्मीचाहिा किन परेनन भन्ने हो । उनीहरुका विरुद्धमा परेका उजुरीमाथि छानबिन भइरहेको छ ।
राजनीतिकर्मी किन परेनन् भन्ने तर उनीहरुको स्रोत खुलाएर उजुरी नहाल्ने भएर कारबाही नभएको हो । यत्रा
रजनैतिककर्मी छन् को के भनेर अख्तियार त्यसै जानु भएन । पहिला उजुरी त आउनु पर्यो । उजुरीमा त्यस्ता
राजनैतिकर्मीको आयस्रोत, उसको अवस्था आदिमा अख्तियारले छानबिन गर्दै छ । हामीसाग एउटा सिष्टम छ अकुत सम्पत्ति छानबिन इकाई भन्ने छ उसैले छानबिन गर्देछ । थुप्रै उजुरी त्यहाा परेका छन् । अर्को कुरा ठूला माछाले सिधै पैसा लिादैन । पर्दा पछाडिबाट पैसा लिने सम्म पुग्न कठिन हुन्छ । जस्तो कमिशनको पैसा लियो तर त्यो पैसा ऊ यहाा राख्दैन । भन्न सजिलो छ तर कठिन छ । पैसा यही राखेको भए त्यसै अअनुसारको उजुरी दिन म सबैमा आग्रह गर्दछु ।
द्धबाहिर पठाउन पनि बैंकबाटै पठाउालान् नि हैन ?
–बैंकमा राख्दै राख्दैनन् । उसले हुन्डीमार्फत पठाउाछ । त्यो चिज हामी हर्दैेर्छौ । हामीले हाम्रा सुत्रबाट हेर्देेर्छौ । तपाइसाग गलत पैसा आयो अनि त्यो हुन्डीमार्फत जान्छ । यस्ता र्बैंकहरु छन् जसले अरुका सुचनै दिादैनन् । स्विजरल्याण्डमा ६/७ अर्ब नेपालीको छ भन्ने कुरा आएको छ । चोरेर, लुकाएका पैसा राखिदिने बैंक खुलेका छन् । संसार भरिका ठूलठूला समान्तहरुले ठूला ठूला सरकारका प्रमुखले लुटेका पैसा थन्क्याउदिने बैंक खुलेका छन् । उनीहरु नै प्रजातान्त्रिक देशका रुपमा देखा परेका छन् । अहिलेचािहा सूचना आउन थालेका छन् । हामी साना ठूला भन्दैनौं । यहाा कठिन के छ भने ठूलाले सिधै पैसा लिदैनन् । हामीले नापीका कर्मचारी समायौं । त्यो मुद्दा मिलाइदिने अन्तिम निर्णय प्रमुखले गर्ने हो । तर पैसा लियो सुब्बाले । अब हामीले समाउादा सुब्बालाई नै हो । उसले त्यो पैसा प्रमुखसाग पुर्याउाछ कि पुर्याउादैन भनेर खोज्नुपर्यो । सप्तरीको यस घटनाको दिन कार्यालय प्रमुख नै थिएनन् । त्यसैले ठूलालाई सानाले पुर्याउने भएकोले अलि अप्ठेरो भएको छ । ठूलालाई समाउन त सकिन्छ तर प्रमाण त चाहियो । प्रमाण नभई हात हाल्न कठिन हुन्छ । तथापि, हामीले तीन जना उपकुलपति, डिजी, एलडिओ, पशुपति विकास कोषको प्रमुखहरुलाई कारबाही गरेका छौं ।
द्धतपाईहरुको ध्यान अहिले सबैभन्दा बढी केन्द्रित के मा छ ?
–विकास निकायमा हामीले बढी ध्यान केन्द्रित गरेका छौं । सागसागै बढी जनसरोकार रहने कार्यालयमा अनगुमन गर्दै छौ ।
द्धसामान्यरुपमा हेरौा न सुनसरी जिल्ला मालपोत कार्यालय घुस विना काम हुादैन । सेवाग्राहीले गुनासो गर्दा सिधै अख्तियार जा भन्छन् । यसमा के भन्नुहुन्छ ?
–राति कोसाग कसरी लिन्छन् त्यसको सूचना हामीलाई दिनुर्यो । एउटा कार्यालय प्रमुखले सिधै घुस खाादैन । जसले दिने हो त्यसले हामीलाई भनिदिनुपर्यो । हामी कागले कान लग्यो भनेर त्यसको पछि लाग्नु हुादैन । हामी यति नजिक छौं हामीसाग आइदिनु पर्यो । हामीले सक्रियता बढाएपछि घुस लिने काम न्यून हुादै गएको छ । घुस लिन धेरै पटक साृच्नुपर्ने अवस्था छ ।
द्धधरानमा जलाधार क्षेत्र छ जुन २०३५ सालमा राजा वीरेन्द्रले त्यहााका बासिन्दालाई मुआब्जा दिएर मोरङ्ग, झापा स्थानान्तरण गरिएको थियो । त्यसपछि लगतकट्टा गर्न बिर्सियो । पछि सर्वोच्च अदालतले त्यो जग्गा विक्री गर्न नपाइने भन्दै आदेश दिएपछि वन, जिविसले
रोक्का राख्यो । अहिले त्यो जग्गा विक्री हुादैछ । यसमा के भन्नुहुन्छ ?
–यो हुनै सक्दैन । यदि त्यसरी विक्री
गरेको छ भने ढिलो चााडो ऊ फस्छ । उसलाई भ्रष्टाचारमा कारबाही हुन्छ । एउटा कार्यालय प्रमुखले नबुझी त्यस्ता ेकाम गर्नै सक्दैन । यसका पछाडि अरु कोही हुन सक्छ । त्यसमा हामी हेर्छौं । त्यो जग्गा पानीसाग सम्बन्धित भएको भन्ने हामीले सुनेका छौं । १२/१३
रोपनी सम्बन्धित व्यक्तिलाई दिने र ४०/४१ विघाचाहिा रोक्नै राख्ने निर्णय भएको हामीले सुनेका छौं । यसमा अनियमितता भएको रहेछ भने अख्तियारले हेर्छ र पास भएमा सबै बदर हुने मात्र हैन संलग्न सबैमाथि कारबाही हुन्छ । तर हामीलाई विश्वास छैन त्यसो भएको छ भन्नेमा । विश्वास नलागेको कुरामा हामी मेहनत गर्दैनौं । तपाई निश्चित
रहनुस् त्यो रोक्का भएको जग्गा पास भएको छैन । यस्तो बेला पनि कोही जेल जान खोज्छ ? आफ्नो स्वास्नी छोराछोरी, आफ्नो मान प्रतिष्ठा ध्वस्त बनाउन खोज्ला ?
द्धपूर्वाञ्चलको गतविधिलाई हेर्दा सन्तोषजनक मान्न सकिन्छ ?
–सन्तोष जनक हुनै सक्दैन । हामी असन्तोष हुनुपर्छ । असन्तुष्टिले मानिसलाई क्रियाशील बनाउाछ । हामी क्रियाशील हुने क्रममा छौं । हामीले यहाा थप भवन बनाइरहेका छौं । हामीले साधनस्रोतहरु सम्पन्न बनाउन खोजिरहेका छौं । कर्मचारीहरु पनि त्यही किसिमले
राख्न खोजिरहेका छौं । आएका कर्मचारीहरुलाई जो फर्कने क्रममा छन् उनीहरुलाई यही राख्न खोजिरहेका छौं । तालिमहरु सञ्चालन गरिरहेका छौं । म आफै व्यस्त हुादा सप्तरीमा कार्यक्रम चलाइरहेको छु । कार्यालय प्रमुख र लेखा प्रमुखहरुलाई तपाईहरु नै जसका कारण भ्रष्टाचारलाई रोक्न सकिन्छ भन्छु । हिजोको दिनमा जे गर्नुभयो राम्रो गर्नुभयो नराम्रो गर्नुभयो त्यो एउटा कालखण्ड होला । तर अबचाहिा कृपया खबरदार भन्छौं । यो हप्ताभरि चार ठाउामा +२ का विद्यार्थीहरुसाग तपाईहरु हाम्रो राजदुत हुुनुहुन्छ, जति पनि गाउाघरमा कार्यक्रम हुन्छ त्यहाा जानुस्, सोध्नुस र अख्तियारले बुझ्नुस् भनेको छ । तपाईहरु राम्रो गर्नुस् हैन भने हामी त्यहाा जान्छौं भन्नुस् । शुरुदेखि नै काम राम्रो हुन्छ । ऐन नियमका
बारेमा जानकारी ग्राउादै मनोबल बढाउने क्रमम छौं । भासी माविमा गर्यो, पार्खिबासमा गर्यौं । अब मोरङ्ग, झापा, सप्तरीमा विद्यार्थीसाग अन्तरक्रिया कार्यक्रम गर्दैछौं । हामी एउटा संयन्त्रको रुपमा विद्यार्थीलाई विकास गर्न
चाहिरहेका छौं । हामीले आफ्नो तर्फबाट प्रयास जारी गरिरहेका छौं । पब्लिकलाई पनि आवहान गरिरहेका छौं । यो एकै पटक न्यूनिकरण हुने हैन, एकैपटक सिद्धिने कुरा हैन । तर पनि अहिले घट्ने क्रममा छ । साथै सम्बन्धित व्यक्तिले भ्रष्टाचार गर्न धेरै पटक सोच्नुपर्ने अवस्था छ ।
द्धक्षेत्रीय कार्यालयमा जनशक्ति अहिले कस्तो छ ?
–अहिले हामीसाग जनशक्तिको हिसाब गर्दा ५६ जना कर्मचारी छन् । धनकुटा र यहाा गरेर यति कर्मचारी छन् । अहिले हामी कर्मचारी थप गर्ने क्रममा छौं । केही कर्मचारी हामीसाग कम हुनुहुन्छ , कोही सरुवा भएर अन्यत्र जानु भएको छ । हाल यहाा ५ वटा इनिस्पेक्टरको दरबन्दीमा एक जना पनि हुनुहुन्न । मैले ५ जना नै मागेको छु । इस्पेक्टर भएमा मैले स्टिङ्ग अप्रेसन सक्रिय रुपमा गर्न सक्छु । दरबन्दी इस्पेक्टर मात्र हैन एसपी सम्मको छ । हाल तीन जनाको डिएसपीको दरबन्दी भए पनि एक जनामात्र हुनुहुन्छ । अरुको पोष्टिङ्ग भइसकेको छ, उहााहरु आउने क्रममा हुनुहुन्छ ।
द्धत्यसो भए जनशक्ति पर्याप्त छैन ?
–पर्याप्त त कहिल्यै हुादैन । जति भयो त्यति नै चाहिन्छ । जति हामीसाग छ त्यसैबाट उच्च मनोबलका साथ
दिनरात काम गरिरहेका छौं । सबै दिन अख्तियारका टोली खटिइरहेका छन् ।
द्धअरु केही भन्नु छ ?
–साह्रा मिडियाले सहयोग गर्नुपर्यो । भ्रष्टाचारको शून्य सहनशिलतालाई लिएर आयोगले उच्च आकांक्षा लिएर अगाडि आइरहेको छ, सााच्चै नै भन्ने हो भने प्रमुख आयुक्त लोकमानसिंह कार्की आइसकेपछि डेढ बर्षदेखि अख्तियार सक्रिय भएको छ । मुलुकलाई भ्रष्टाचारमुक्त गराउने सपना बनाउने प्रमुख आयुक्तको सोचलाई साकार बनाउन हामी पनि लागेका छौं । त्यसमा सम्पूर्ण मिडिया, आम समूह, जसलाई मार्का परेको छ, जो जो साग तथ्यपरक सूचना छ हामीलाई दिएर सपोर्ट गर्नुपर्यो । मेरो बसैमा यही आग्रह र अनुरोध छ ।
