राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय अध्यक्ष कमल थापाले आन्दोलनरत ३० दलीय मोर्चाको मागलाई सरकारले सम्बोधन गर्दै पुन: वार्ताको बातावरण मिलाइ संबिधान निर्माण लागि पहल थाल्नुपर्ने बताएका छन् । सुनसरीको इटहरीमा सोमवार दिउसो राप्रपा नेपालको पूर्वाञ्चल समिक्षा बैठक संगै आयोजीत पत्रकार सम्मेलनमा अध्यक्ष थापाले यस्तो बताएका हुन । उनले प्रमुख तिन दल नेपाली कांग्रेस , नेकपा एमाले र एमाओवादी संबिधान निर्माणमा भन्दा सत्तालिप्सामा लागेका कारण मुलुक संकटको खाडलमा पुगेको समेत बताए ।
संविधानसभाका प्राय सबै बुँदाहरुमा सहमती भइसकेपनि मधेसवादी दल लगायत प्रमुख तिनदलका नेतृत्वहरु पटक पटक सहमतीको प्रयासमा जुटेपनि पूर्वको तिन जिल्ला सुनसरी , मोरङग झापा र सुदुर पश्चिमको दुई जिल्ला कैलाली र कञ्चनपुरलाई कुन प्रान्त बनाउने भन्ने विषयमा बिवाद सुल्झिन नसकेको अध्यक्ष थापाले बताए ।
