धरान/ शहरी क्षेत्रका मानिसहरुका लागि कौशी खेती रहर मात्र नभएर बाध्यता बन्दै गएको छ । पछिल्लो समय कोभिडका कारणले तरकारीको अभावको झेलेका उनीहरुले अहिले विकल्पको रुपमा कोशी खेतीलाई लिन थालेका छन् ।
शहरीया जिवनशैलीमा कौशी खेती प्राय रहरको रुपमा गरिदै आएको छ । शहरी क्षेत्रमा जमिनको अभावमा पनि थोरै ठाउँमा कोशी खेती गर्न सकिने भएकोले यसतर्फ मानिसहरु आकर्षित बन्दै गएका छन् । कोभिडका कारण सहज रुपमा उपभोग गर्न नपाएका मानिहरुले अहिले कोशी खेतीलाई महत्व दिएको धरान ९ की स्थानीय सरस्वती भट्टराई बताउछिन् ।
यस्तै भनाई धरान ९ की विन्दु आचार्यको छ । बढ्दो सहरीकरणसंगै आकासिएको सब्जीको भाउले थेग्न नसकेको बेलामा घरमै उत्पादन भएको फोहोरबट मल उत्पादन गरी सहजै रुपमा सब्जी उत्पादन गर्न सकिने भएकोले पनि अहिले कौशी खेती सहरी जीवनमा आवश्कता भएको बताउनुभयो ।
घरको छत, बारदलीमा सहज रुपमा खेती गर्न सकिने भएकोले यसको प्रबद्र्धनका लागि स्थानीय सरकारले समेत बजेट नै निकासा गरेर तालिम समेत दिन थालेका छन् । धरान ९ की वडा सदस्य समिना शाक्यले सानो ठाउमा पनि कौशी खेत ीगर्न सकिने भएकोले यसको प्रवद्र्धनका लागि कौशी खेतीको तालिम दिन थालेको बताउनुभयो ।
सबै प्रकारका तररीका उत्पादन गर्न सकिने कौशी खेती शहरी क्षेत्रमा वाताबरण प्रदुषण रोक्न सहयोग पुग्ने कृषकहरु बताउछन् । तरकारीजन्य बस्तुहरुमा विषादीको प्रयोगले उपभोक्ताको स्वास्थ्यमा प्रतीकुल असर पारिरहेको छ । कौशी खेतीमा आफ्नै घरको फोहोर र आफुले प्रयोग गरिसकेको प्लाष्टिकजन्य बस्तुहरुको प्रयोगबाट सहजै रुपमा अग्यानिक तरकारी उत्पादन गर्न सकिने भएकोले कौशी खेतीलाई प्रबद्र्धन गदै जानुपर्ने कृषक कृष्ण राई बताउनुहुन्छ ।
आफ्नै घरमा सहज रुपमा गर्न सकिने कौशी खेतीलाई स्थानीय सरकारले प्रबद्र्धन गदै यसलाई अभियानकै रुपमा अगाडी बढाउँनु पर्दछ । मानिसहरुका लागि अग्यानिक तरकारी उपभोग मात्र नभएर शहरी क्षेत्रको वाताबरणलाई हराभरा बनाउन समेत सहयोग पुग्ने हुूदा यसलाई अभियानको रुपमा लिए जान आवश्यक छ ।
