चीनको आर्थिक तथा प्राविधिक सहयोगमा झापाको दमकमा बन्ने चीन–नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यास

दमक÷चीन सरकारको महत्वाकांक्षी परियोजना वान रोड वान वेल्टलाई मध्यनजर गरी चीनकै आर्थिक तथा प्राविधिक सहयोगमा झापाको दमक नगरपालिका, गौरादह नगरपालिका र कमल गाउँ पालिकाकको सीमामा बन्ने चीन–नेपाल मैत्री औद्योगिक पार्कको आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको छ ।
चीन सरकारको ६३ अर्ब आर्थिक तथा प्राविधिक सहयोगमा झण्डै २१ सय विघा क्षेत्रफलमा फैलिएको पार्कको जग्गा अधिग्रहण लगायत भौतिक संरचना निर्माणका लागि नेपाल सरकारले दुई अर्ब लगानी गर्ने भएको छ । हाल १३ सय विघा जग्गा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा आइसकेको छ । नेपाल सरकारले पार्कमा जाने सडकको स्तरोन्नति सहित सडक कालेपत्रे गर्नेै, खोला तटबन्धन गर्ने, जग्गा व्यवस्थाका लागि सहयोग गर्ने, आवश्यक पुल तथा कलभर्ट निर्माण गर्ने लगायत रहेका छन् ।
दुई बर्ष अगाडि चीनले तिब्बतको ल्हासास्थित आर्थिक तथा प्राविधिक विकास क्षेत्रका कार्यकारी समितिका उपसचिव लिउ रुपेङ्गको नेतृत्वमा आएको टोलीले त्यस क्षेत्रमा औद्योगिक पार्क निर्माण गरिदिने समझदारी गरेपछि अन्य प्रक्रियाहरु अगाडि बढेको थियो । चीन सरकारको स्वाममित्वमा रहेको ल्हासाको आर्थिक तथा प्राविधिक विकास क्षेत्रका आर्थिक, प्राविधिक, योजना निर्माणसँग सम्बन्धित प्राविधिक टोलीमा सहभागी भएका थिए । उक्त टोलीले त्यसबेला प्रधानमन्त्री केपी शर्मा ओली, उद्योग सचिव यमकुमारी खतिवडा, लगानी बोर्डका तत्कालीन कार्यकारी महाप्रसाद अधिकारी, दमक नगरपालिकका प्रमुख रोमनाथ अधिकारी, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका पदाधिकारी, औद्योगिक पार्कका संयोजक लगायतसँग छलफल गरी एमओयु गरेको थियो । औद्योगिक पार्क भित्र ९० भन्दा बढी उद्योगहरु रहने छ । यसका अलावा पार्कभित्रै स्कूल, बैंक, हस्पिटल, सपिङ महल समेत रहने छ ।
प्रधानमन्त्रीे ओलीको चुनौति
चीन–नेपाल मैत्री अ‍ैौद्योगिक पार्क शिलान्यासका लागि आउनु भएका प्रधानमन्त्री ओलीले नेकपाका माधव–प्रचण्ड समूहलाई आफूलाई प्रधानमन्त्रीबाट हँटाउन चुनौति दिनु भएको छ । औद्योगिक पार्कका सम्बन्धमा थोरै बोल्नु भएका तर मुलुकको राजनीतिका सम्बन्धमा उहाँले बढी समय खर्च गर्नुभएको थियो ।
उहाँले माधव–प्रचण्ड समूहलाई इंगित गर्दै अदालतबाट मुद्दा जितेपछि चितवनमा लड्नु खाएर उफ्रन्दै पाफ्रन्दै बुढानिलकण्ठ पुगेका थिए । तर जिउँदो बुढाकिलकण्ठलाई भेटन गाका रै’छन् उहाँले भन्नुभयो मुद्दा हारेपनि जनताको साथ आफूसँग भएकोले त्यसले केही फरक नपर्ने, आफूले मुद्धा हार्दा पनि अनौठौ नलागेको बताउनुभयो । उहाँले भन्नुभयो म सही बाटोमा छु, कुनै झुसे बारुलाले ज्यादा फूर्ति नलगाए हुन्छ । बलिदानपूर्ण संघर्ष गरेर ल्याएको लोकतन्त्रको रक्षामा आम नेपाली जनताको साथ छ ।
औद्योगिक पार्कका सम्बन्धमा उहाँले भन्नुभयो आज यहाँ महत्वपूर्ण काम भएको छ । नेपाल र चीनको मित्रताको प्रतीकका रुपमा नेपालकै सबैभन्दा ठूलो औद्योगिक पार्कको शिलान्यास भएको छ । ६३ अर्बको लागत सानो योजना होइन । दुई बर्षमा यहाँ उलेखनीय काम हुनेछ । प्रारम्भमै ४५ हजारले काम पाउनेछन् र १० बर्षमा लाखौले प्रत्यक्ष अप्रत्यक्ष रोजगरी पाउने उहाँको दाबी थियो । उद्योग स्थापना छिटो गरेर निर्यात देशका रुपमा नेपाललाई चिताउनुपर्नैमा उहाँको जोड थियो । देश तिब्र रुपले विकासको गतिमा अगाडि बढेको भन्दै प्रधानमन्त्री ओलीले एकै दिन पाँचवटा पुलको उद्घाटन, ३२ वटा पुलको शिलान्यास गरेकोबाटै प्रष्ट हुन्छ । आज नेपाली जनताले बल्ल थाहा पाए यो मुलुकमा कस्ले विकास गर्छ भनेर उहाँले भन्नुभयो पहिला १० बर्षमा १० किमी सडक कालोपत्रे हुन्थ्यो अहिले दैनिक ५ किमी सडक कालोपत्रे भइरहेको छ । ठट्यौली पारामा उहाँले भन्नुभयो खोला देखाइदिनुस सरकारले पुल बनाइदिन्छ, ठाउँ देखाइदिनुस पक्की बाटो बनाइदिन्छ । फुसका घर भएकाहरुलाई लखेटी लखेटी टिनका छाना लगाइदिएका छौं, कसैका फुसका छाना छन् भने भन्नुहोस सरकारले जस्तापाता लगाइदिन्छ ।
शिलान्यासमा चिनिया प्रतिनिधि ः ल्हासाको सन्देश
आइतबार शिलान्यास भएको चीन नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यासमा चिनियाँ प्रतिनिधि टोओजुको समेत उपस्थिति रहेको थियो । शिलान्यास कार्यक्रमलाई भर्चुअल माध्यमबाट चीनको ल्हासासँग जोडिएको थियो । ल्हासाको इकोनोमी एण्ड टेक्नोलोजीका जोनजङ पाङ्गले दमकको शिलान्यास कार्यक्रमप्रति खुशी व्यक्त गदैै भर्चुअल माध्यमबाटै शुभकामना सन्देश दिएका थिए ।
उनले कार्यक्रममा उपस्थित प्रधानमन्त्री केपी शर्मा ओली, संसदीय दलका उपनेता सुभाष चन्द्र नेम्बाङ्ग, उद्योगमन्त्री लेखराज भट्ट, लगानी बोर्डका सिइओ लगायतलाई शिलान्याससँगै अब औद्योगिक पार्क निर्माणले गति लिने बताएका थिए । नेपाल चाइनाको मैत्रीको प्रतीकको रुपमा रहने औद्योगिक पार्कबाट नेपालले ठूलो आर्थिक फड्को मार्ने समेत बताए । उनको भाषालाई डा. इमान गुरुङ्गले नेपालीमा अनुवाद गरेर सुनाउनु भएको थियो ।
प्रत्येक प्रदेशमा एक औद्योगिक क्षेत्र खोल्ने घोषणा सफल
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले भन्नुभयो २०७२ साल चैत्र १ गते प्रत्येक प्रदेशमा मुलुकलाई आर्थिक रुपमा सम्पन्न गराउन औद्योगिक क्षेत्र खोल्ने र त्यसबाट लाखौलाई रोजगार दिने प्रधानमन्त्री ओलीले आफ्नो पहिलो कार्यकालमा घोषणा गर्नुभएको थियो ।


पाँच स्थानमा घोषणा भएका औद्योगिक क्षेत्रहरुमध्ये सुदुरपश्चिमको कञ्चनपुरको दैजीमा ९ सय विघा, लुम्बिनीको बाँकेको नौवस्तामा ५ सय २५ विघा, लुम्बिनीको मोतिपुरमा ८ सय १३ विघा, बागमतीको मकवानपुरको हेटौडामा ३ सय विघा र १ नं. प्रदेशको दमकमा २१ सय विघा छुट्याएको छ । डिपिआर तयार भएर काम अगाडि बढेपछि शिलान्यासको काम सप्ताहव्यापी शुरु भएको हो ।
हामीले औद्योगिक त्रान्ति शुरु गरेका छौं । फागुन १० गते दैजी, फागुन ११ गते बाँकेको नोवस्ता, १४ गते मकवानपुर र १६ गते दमकमा शिलन्यास भएको छ । आर्थिक विकासका लागि औद्योगिक पूर्वाधार , सुखी नेपाली समृद्ध नेपाल भन्ने नाराले अब सार्थकता पाउने उहाँले बताउनुभयो । ६३ अर्बको वैदेशिक लगानीबाट बन्ने दमकको औद्यागिक पार्कको पूर्वाधारको काम दुई बर्षमा पूरा गछौं । उहाँले भन्नुभयो यहाँ २ हजार वटा प्लट तयार गरेका छौं । उद्योगीहरुबाट ५ बर्षसम्म कुनै भाडा लिइने छैन । कर, विद्युत पानीमा छुट दिइने छ । ५ कट्ठा देखि ५ विघासम्मको जमिन उद्योगीलाई उपलब्ध गराइने छ । सर्लाहीको मुर्तिया, गण्डकी प्रदेशको तनहुँको तीनटोटा र कर्णलीको चुप्राटारमा पनि औद्योगिक क्षेत्र खोल्न तयार भइरेहको पनि उहाँले बताउनुभयो ।
स्थानीयहरु खुशी
दकम नगरपालिका वडा नं. १०, कमल गाउँपालिका, गौरादह नगरपालिकाको सीमामा बन्न लागेको औद्योगिक पार्कका कारण स्थानीयहरु खुशी भएका छन् । एकातिर रोजगारीको सिर्जना हुने र अर्कोतिर रतुवा खोलाले बर्षेनी उठिबास लगाउने चिन्ताबाट मुक्त भएको स्थानीय राजन धिमाले बताए । उनले भने दमक १० सेतुमाडीदेखि गौरादह जोड्ने पुल निर्माण भएसँगै खोलामा तटबन्धनको बाँध पनि सम्पन्न भएको छ । बर्षाको समयमा रतुवा खोलामा आएको बाढीले बर्षेनी ठूलो जनधनको क्षति हुने गरेको थियो । सोही वडाका वडाध्यक्ष बोधराज न्यौपोनका अनुसार औद्योगिक क्षेत्रकै व्यक्ति प्रधानमन्त्री बन्नु भएकोले पार्कले अझ बढी महत्व पाएको छ । अब शिलान्याससँगै कामले गति लिने छ । उता औद्योगिक व्यवस्थापन समितिका अध्यक्ष गोविन्द थापाले भन्नुभयो आज शिलान्यास भएको स्थान २१ सय विघाको हुन्छ तर यो ९ हजार क्षेत्रफलमा फैलिन्छ । २१ तला भन्दा ठूला गगनचुम्बी महलहरु आकाशतिर फैलिएपछि स्वभाविक रुपले यो २१ सय विघामा मात्र सीमित हुँदैन । उहाँले आज यस ठाउँको फोटो खिचेर राख्न स्थानीयलाई आग्रह समेत गर्नुभएको थियो । दुई बर्षछि त्यो फोटो यही ठाउँको हो भन्ने पत्यार पक्कै लाग्ने छैन थापाको कथन थियो ।

तपाईको प्रतिक्रिया