प्रदेश नं. १ मै पहिलो पटक नोबिस बक्सिङ प्रतियागिता

धरान÷ प्रदेश नं. १ मा नै पहिलो पटक वीर गणेशमानसिंह नोविस बक्सिङ प्रतियोगिता हुने भएको छ ।
सुनसरी जिल्ला बक्सिङ संघको आयोजना धरान उपमहानरपालिकाको संयोजन तथा वीर गणेशमानसिंह फाउण्डेशन प्रदेश नं. १ को विशेष सहयोगमा प्रतियोगिता आयोजना हुन लागेको हो । अहिलेसम्म कुनै प्रतियोगितामा नखेलेका नया खेलाडीहरुलाई समावेश गरिने आयोजकले जानकारी दिएको छ ।
देशको विषम परिस्थिति तथा कोरोना कहरका कारण अगाडि नै आयोजना गर्न लागिएको प्रतियोगिता आगामी चैत्र २६, २७ र २८ सुनसरीको धरानमा हुन लागेको हो । प्रदेश नं. १ का चौध जिल्लाका १ सय २० महिला तथा पुरुषहरु सहभागिता जनाउने आयोजकले जनाएको छ । आयोजक सुनसरी जिल्ला बक्सिङ संघका अध्यक्ष विकास गुवाजुले नया खेलाडीलाई प्रोत्साहन गर्दै बक्सिङको खेलाडी उत्पादनगर्न प्रतियोगिता आयोजना गर्न लागेको बताउनुभयो । उहाँले विगतमै गर्न लागेको यो प्रतियागिता प्राविधिक कारण तथा कोरोना कहरका कारण चैत्रमा आयोजना गर्न लागेको बताउनुभयो ।
यस्तै बरिष्ठ प्राविधिक सल्लाहकार अनुपकुमार लामाले अहिलेसम्म कुनै प्रतियोगितामा नभिडेका विल्कुल नया“ खेलाडीलाई प्रतिष्पर्धा गराइने बताउनुभयो । उहाले अन्तर्राष्ट्रिय नियम एआइविएको नियम अनुसार प्रतियोगिता गराइन लागेको बताउनुभयो ।
प्रतियोगितामा प्रदेश नं. १ का १४ वटै जिल्लाका महिला तथा पुरुष खेलाडीले सभागिता जनाउने आयोजकले जनाएको छ । प्रतियोगितामा महिलातर्फ ४८, ५१, ५४, ५७ र ६० केजी समूहमा प्रतिष्पर्धा गराइने र पुरुषतर्फ ४९, ५२, ५६, ६०, ६४, ६९ र ७५ केजी तौल समूहमा प्रतिपर्धा गराइने छ ।
धरान उपमहानगरपालिकाको २ लाख, १ नं. प्रदेशको संसद विकास कोषबाट २ लाख तथा वीर गणेशमानसिंह फाउन्डेशन केन्द्रीय समितिबाट १ लाख गरी ५ लाख सहयोग प्राप्त भएको आयोजकले जनाएको छ । प्रतियोगितामा महिला तथा पुरुष वेष्ट खेलाडीले नगद ५÷ ५ हजार सहित प्रमाणत्र प्राप्त गर्नेछन् । बक्सिङ खेलमा नयाँ खेलाडी उत्पादन गर्न नसकेको अवस्थामा यो प्रतियोगिता नयाँ खेलाडी उत्पादनमा कोशेढुंगा सावित हुने आयोजकको दाबी छ ।

तपाईको प्रतिक्रिया