माटोको ढिस्कोले पुरिएर एक बालकको मृत्यु

धरान÷सुनसरीको बराहक्षेत्र नगरपालिका ८ का १४ बर्षीय प्रज्वल राईको बालुवा र माटो सहितको ढिस्कोमा पुरिएर मृत्यु भएको छ ।
शनिवार दिउसो १ बजे बराहक्षेत्र–८ सालबन्दी स्थित कोशी नदिको किनारमा रहेको पानी जमेको भौडीको डिलमा खेल्ने क्रममा अचानक प्रज्वललाई बालुवा र माटो सहितको ढिस्को झरी पुरेको स्थानीयले देखी तत्काल उपचारार्थ बराहक्षेत्र नगर अस्पतालमा लगिएको र उपचारको क्रममा बालक प्रज्वलको दिउसो २ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीले जनाएको छ उनी संगै खेल्ने गएका उनकै भाई १० बर्षीय राजन राई समेत
पुरिएर घाईते भएपछि उनलाई उपचारको लागी घोपा धरान ल्याइएको थियो ।

तपाईको प्रतिक्रिया