बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपकुलपति र रजिष्ट्रारको कारण जनकपुर चुरोट कारखानाको नियति उन्मुख स्वास्थ्य मन्त्रालयले छानविन थाल्यो : पर्यटन मन्त्रीको दुई दिने बसाईमा पदाधिकारी र सेटिङका व्यापारीबीच छलफल

धरान÷देशकै सबैभन्दा ठूलो, मित्रराष्ट्र भारतको सहयोगमा निर्माण भएको नन्प्राक्टिसिङ्ग मेडिकल कलेज बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपकुलपति डा. ज्ञानेन्द्र गिरी र रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मीका कारण जनकपुर चुरोट कारखानाको नियतितर्फ उन्मुख भएको छ ।
चरम आर्थिक अनिमितता र भ्रष्टाचारका कारण यतिबेला प्रतिष्ठानको सबै संचिति रकम सिद्धिएको एक कार्यकारिणी समितिका सदस्यले बताए । उनल भने, विभिन्न वहानामा संचिति रहेको पेन्सन कोष,विद्यार्थी धरौटी, मातृ शिशु भवनको रकम सिध्याएका छन् । उनले भने गत महिनाको तलब भत्ता रोकियो, गत बर्ष बढेको तलब भत्ता अझै सम्म दिन सकेका छैनन् । पूर्व स्वास्थ्य मन्त्री तथा हालका पर्यटन मन्त्री भानुभक्त ढकालको जोडबलमा उपकुलपतिको नियुक्ति लिएर गत चैत्रमा प्रतिष्ठानमा आएका डा. गिरी र नेकपाका केही नेता, तिनका आफन्त, मेडिकल सप्लायर्स, ठेकेदार र अन्य केही व्यापारीको सेटिङमा सात करोड खर्च गरेर रजिष्ट्रारको नियुक्ति लिएका डा. मोहनचन्द्र रेग्मीले करोडौ दोहन गरेर सार्वजनिक ऐन विपरीत काम गरिरहेको उनले बताए ।
रजिष्ट्रार र उपकुलपति व्यापारीको रोवहरमा बैठक

धरानका केही व्यापारी तथा मेडिक सप्लायर्सको रोहवरमा दुई हप्ता अगाडि एउटा गेप्य बैठक बसेको एक सिनेट सदस्यले बताए । उनले भने रजिष्ट्रार र उपकुलपतिलाई मिलाउने भनेर गरिएको बैठकमा अब मिलेर जाने। कमिशनमा समेत भागबण्डा गर्ने, हरेक निर्णय सल्लाहमा गर्ने सहमति भएको थियो । दुवै मिल्दा आफूहरुलाई समेत करोडौ फाइदा हुने देखेर त्यसरी सहमति गराए पनि सहमति पश्चात भित्रभित्रै उपकुलपति गिरीलाई हँटाएर आफू उपकुलपति बन्ने योजनामा रजिष्ट्रार लागेको उनले बताए । यसकालागि रजिष्ट्रारले फाुन २ गते काठमाण्डौका एक व्यापारीेलाई प्रयोग गरी उपकुलपति गिरी र अस्पताल निदेशकका विरुद्ध अख्तियारमा मुद्धा हाल्न लगाएको उनले बताए । प्रतिष्ठानमा हुने हरेक अनियमिततामा मुछिदै आएका अख्तियार, स्वास्थ्य मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा समेत उजुरी परिसकेको रजिष्ट्रारले पछिल्लो समय शिक्षकहरुको प्रमोशन समेत रोकाएका छन् । उनी आफै मन्त्रालय गएर मन्त्री र सचिवलाई भेटी प्रमोशन गर्नु उपयुक्त छैन भन्दै मन्त्रालयले लोकसेवा आयोग पठाउने फाइल रोकाएका थिए । विगत तीन बषदेखि शिक्षकहरुको प्रमोशन रोकिएपछि प्रतिष्ठानमा चिकित्सकहरु आन्दोलित हुँदै आएका छन् ।
डेपुटी रजिष्ट्रार स्थगित गरेर लेखामा सरुवाको तयारी

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान आर्थिक रुपले जर्जर बन्दै गएको, १ अर्ब १७ करोड घाटामा पुगिसकेको र कुनै दिन जनकपुर चुरोट काराखाना हुने एक कार्यकारिणी समितिका सदस्यले बताए । उनले भने रजिष्ट्रार, उपकुलपति संचिति रकम दोहन गर्न मात्र लागि परेका छन् । हाल अजय गिरी र राहुल मिश्रबाट उठन्ती धन्दा शुरु गरिएको छ । प्रतिष्ठानमा आवश्यक पर्ने सामान र उपकरण आपूर्ति गर्ने सबै व्यापारीले पहिला उपकुलपतिका भाइ अजय गिरी र इलेक्ट्रोनिक्स इन्जिनियर राहुल मिश्रसँग कमिशन डिल फाइनल गर्नुपर्छ उनले भने ।
यसैबीच केही समय अगाडि लेखाबाट हँटाइएका अधिकृत स्तरका कर्मचारी कमल रायमाझीलाई डेपुटी रजिष्ट्रार बनाउन प्रदेश नं. १ का सामाजिक विकास मन्त्री हिक्मत कार्कीले आदेशै दिएका थिए । उनले उपकुलपति डा. गिरीलाई ठाडो आदेश दिएको एक कर्मचारीले बताए । उनले भने हाम्रै अगाडि मन्त्रीले त्यसरी आदेश दिएका थिए । यसै सम्बन्धमा मन्त्री कार्कीसँग सम्पर्क राख्दा उनले आफूलाई गाउँले हुँ भन्दै भेट्नमात्र आएको तर त्यसरी आदेश नदिएको बताए । हाल मन्त्रीसँगको अडियो फाइल धरान साप्ताहिकसँग सुरक्षित रहेको छ । केही समय अगाडि धरान साप्ताहिकले उक्त प्रकरण बाहिर ल्याएपछि अर्थात अधिकृत स्तरको कर्मचारीलाई एकैपटक तीन तहमाथि बढुवा गरी डेपुटी रजिष्ट्रार बनाउन लागेको भनि बाहिर ल्याएपछि सो को प्रतिष्ठानभित्रैबाट विरोध भएको थियो । त्यसपछि डा. गिरीले हाललाई सो योजना स्थगित गरेर निजलाई पुनः लेखा–प्रमुख बनाउने तयारी थालेको ती कर्मचारीले बताए । डेपुटी रजिष्ट्रारको निम्ति भएको आर्थिक लेनदेनको कारण पनि डा. गिरी हाल रहेका प्रतिष्ठानमै इमान्दार मानिने प्रकाश श्रेष्ठलाई हँटाएर रायमाझीलाई ल्याउन बाध्य हुने उनले बताए ।
मन्त्रीले उपकुलपतिलाई भेटै दिएनन्
हाल राजधानीमा रहेका उपकुलपति डा. गिरीलाई अनेक कोशिश गर्दा पनि स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले भेट दिन नमानेको स्रोतले जानकारी दिएको छ ।
प्रतिष्ठानका एक पदाधिकारीले भने एकजना सहयोगी लिएर उपकुलपति स्वास्थ्यमन्त्री भेट्न काठमाण्डौ गएका थिए । तर मन्त्रीले भेट्नै चाहनु भएन । भेट्न खोज्नुको प्रमुख उद्देश्य मन्त्रालय स्तरबाट रकम माग्नु थियो । तर प्रतिष्ठानका उपकुलपति र रजिष्ट्रारको चरम कमाउ धन्दाबाट परिचित मन्त्रीले भेट्नै चाहेनन् । मन्त्रालय प्रतिष्ठानलाई बजेट दिने कुरामा व्युरोक्रेट्स नै मानिरहेका छैनन् उनले भने । बजेट किन दिने ? भ्रष्टाचार गर्न भन्दै उनीहरु बजेटका सम्बन्धमा कुरै सुन्न चाहँदैनन् । यसै सम्बन्धमा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीसँग धरान साप्ताहिकले सम्पर्क राख्दा उहाँले भन्नुभयो प्रतिष्ठानका सम्बन्धमा आफूलाई सबै रिपोर्टिङ्ग भइरहेको छ । उहाँले भन्नुभयो मन्त्रालयले छानविनको प्रक्रिया अगाडि बढाएको छ । मन्त्रालयको पूर्ण रुपमा ध्यानाकर्षण भएको छ । मन्त्रालय स्तरबाट भएको छानविन, भ्रष्टाचारमा संलग्न माथिको कार्वाही केही समय पछि बाहिर आइहाल्छ स्वास्थ्य मन्त्री त्रिपाठीले भन्नुभयो ।
पर्यटनमन्त्री चलाउँछन् बीपी प्रतिष्ठान
स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई बेवास्ता गरी ५० बेडको सरुवारोग अस्पतालको शिलान्यास भानुभक्त ढकाललाई निम्त्याएर गराउने (कहिले काँग्रेस भन्दै हिँड्ने, कहिले उपेन्द्र यादवको समाजवादी फोरम बन्ने, कहिले केपी ओलीको नेकपा बन्ने) रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मी र उपकुलपति डा. ज्ञानेन्द्र गिरीलाई मिलाउन पर्यटन मन्त्री भानुभक्त ढकाल शनिवार र आइतबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गेष्ट हाउसमा आएर बसेका थिए ।
मन्त्री ढकाल आगामी चुनावी खर्च प्रतिष्ठानबाट उठाउने प्रयासमा रहेका छन् । उपकुलपति र रजिष्ट्रार नमिले सो सम्भव नहुने भएपछि उनी त्यसरी दुई दिनसम्म गेष्टहाउसमा बसेका थिए । प्रतिष्ठानका एक पदाधिकारीले दिएको जानकारी अनुसार त्यसबेला धरान उपमहानगर पालिकाकी उपमेयर मञ्जु भण्डारी, उनका पति मुरारी सुवेदी, धरानका एक व्यवसायी लगायत थिए । उनले भने मलाई पनि बोलाइएको थियो एक छिन बसेर निस्किएँ । बीपी प्रतिष्ठानको मोरङको विराटचौक स्थित रहेको जग्गा सरुवारोग अस्पताल खोल्न प्रदेश सरकारलाई दिन रजिष्ट्रार रेग्मीले नै एमओयु गरेका छन् । ती पदाधिकारीले भने त्यो जग्गा बीपीले आफ्नो कमाइले किनेको हो । सरकारले दिएको होइन । प्रतिष्ठानको सम्पत्ति त्यसरी प्रदेश सरकारलाई दिन मिल्दैन उनले भने । रजिष्ट्रार नेकपाको ओली समूहलाई खुशी बनाउने यो सबै गरिरहेका छन् । उनले भने रजिष्ट्रार २३ गते काठमाण्डौमा ओली समूहले आयोजना गरेको आमसभामा समेत सहभागी हुन पुगेका थिए, उनले भने हाल रजिष्ट्रारको नियुक्तिलाई लिएर सर्वोच्च अदालतमा मुद्धा चल्दै छ । नियुक्तिकै सम्बन्धमा भएको उक्त मुद्दामा प्रशासनिक, आर्थिक ज्ञान नभएको लगायत रहेको छ । उनले भने हाल शिक्षक तथा कर्मचारीहरुलाई तलब दिन नसक्ने अवस्थामा लाखौ खर्च गरेर आफ्नो क्वार्टर मर्मत गरेको, पदको दुरुपयोग गरेर प्रतिष्ठान स्थापनाकालदेखि नै कुनै पदाधिकारीले क्वार्टरमा सुरक्षा गार्ड नराखेकोमा पदको दुरुपयोग गरेर आफनो क्वार्टमा सुरक्षा गार्ड राखेको र लाखौ खर्च गरेको, आफनो पदको दुरुपयोग गरी आफ्नो क्वार्टरमा दुई जना कार्यालय सहयोग राखी लाखौ व्ययभार थपेको, रजिष्ट्रार पद भनेको पूर्ण रुपले प्रशासनिक पद रहे पनि आफ्नो क्षेत्र नरहे पनि अस्पतालको सामाग्री खरिदमा हस्तक्षेप गर्ने, आफ्नो पायक कार्य गर्न नपाउँदा कार्यमा विभिन्न रुपले बाधा उत्पन्न गरी प्रतिष्ठानाई धराशायी बनाउने, कुनै कायमा हस्तक्षेप गर्न नपाउँदा विभिन्न सञ्चार माध्यममा भ्रामक समाचार दिने, आफूले चाहेको काम नहुने जस्तो भयो भने प्रतिष्ठानका आफू निकट शिक्षक कर्मचारीहरु भिसीका विरुद्धमा उचाल्ने, धर्ना हड्ताल, तालाबन्दी जस्ता कार्य गराउने, समयमा कहिल्यै कार्यालय नजाने, कार्यालय बस्न मन नपाराउने, नियमावलीमा प्रत्येक महिनाको अन्तमा तलब खुवाउने भनिएको र सोको जिम्मेवारी निजलाई भएपनि तलब खुवाउन नसकेको, कुनै शाखा, महाशाखा विभागको फाइल महिनौसम्म च्यापेर राख्ने गरेको समेत ती कर्मचारीले बताए ।

तपाईको प्रतिक्रिया