कोरोना विरुद्धको चिनिया भ्याक्सिनमा पाकिस्तान समेत विश्वस्त हुन सकेन

एजेन्सी÷चीनसँग निकटको सम्बन्ध भएको पाकिस्तान चीनले उत्पादन गरेको कोरोना भाइरस विरुद्धको खोपमा विश्सस्त हुन नसकी भारतमा उत्पादन भएको भ्याक्सिनका लागि लालायित भएको छ ।
एसियाको उदयीमान शक्ति सम्पन्न राष्ट्र भारतले कोरोना संकटबाट गु्िरजएका संसारका कैयौ देशहरुलाई यतिबेला कोरोना विरुद्धको भ्याक्सिन उपलब्ध गराएर सहयोग गरिरहेको छ । कोरोना महामारीबाट आक्रान्त त्यस्ता मुलुकहरु जसले भारतबाट कोरोना विरुद्धको भ्याक्सिन प्राप्त गरे उनीहरु यतिबेला मुक्तकण्ठले भारतको प्रशंसा गरिरहेका छन् ।
कोरोना महामारीका विरुद्ध भारतले आफ्ना नागरिकहरुलाई भ्याक्सिन खोप दिन शुरु गरेसँगै अरु देशलाई पनि मेड इन इण्डिया भ्याक्सिन उपलब्ध गराएसँगै ती देशहरुले पनि आफ्ना नागरिकहरुलाई भ्याक्सिन खोप दिन शुरु गरिरसकेका छन । कोरोना भ्याक्सिनका लागि पाकिस्तान बडो चिन्तामा परेको छ । भारतको विरोध गर्दै चीनको ज्यू हजुरी र चाकडी गर्ने पाकिस्तान चीनमा उत्पादित भ्याक्सिनलाई लिएर असमन्जस्यमा परेको छ । चीन आफूले उत्पादन गरेको भ्याक्सिनलाई लिएर विश्वमै आफै आफ्नो प्रशंसा गरिरहेको छ तर चीनसँगको निकट सम्बन्ध भएपनि पाकिस्तालने चिनियाँ भ्याक्सिनको पोल खोलिदिएको छ । पाकिस्तानले स्पष्ट शब्दमा भनेको छ चीनको साइनोफार्म कोरोना विरुद्धको खोपले ६० बर्ष भन्दा माथिका कुनै पनि व्यक्तिमा कुनै प्रकारको काम गर्दैन ।
पाकिस्तानमा कोभिड १९ विरुद्धको खोप अभियान शुरु भएको एक दिन पहिले माघ २२ गते विहीबार पाकिस्तानी सरकारले ६० बर्ष भन्दा बढी उमेरका मानिसमा चीनको सिनोफार्म खोपको कुनै प्रभाव नै नदेखिएका बतायो । चीनले पाकिस्तानलाई पाँच लाख डोज खोप दिएको छ । ती खोप लिन पाकिस्तानलाई हरेक प्रकारले मद्धत गरेपनि कोरोना विरुद्धको खोप लिन पाकिस्तानले आफ्नै विमानमा ल्याओस् र पाँच लाख डोजमात्र उपलब्ध गर्ने चीनले बताएको छ । यता भारतले संसारका एक सय भन्दा बढी देशलाई आफ्नै विमानबाट ढुवानी गरेर सहयोग गरिरहेको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानका स्वास्थ्य सल्लाहकार डा. फैसल सुल्तानले शुक्रबार नियमित सञ्चार ब्रिफिङ्गमा पाकिस्तानको विशेषज्ञ समितिको सुझाव अनुसार १८ बर्ष भन्दा माथि र ६० बर्ष भन्दा मुनिका व्यक्तिमा मात्र खोप लगाउनु निर्देशन दिनु भएको छ । चीनले पाँचलाख डोज भ्याक्सिन दिएपनि भारतले मानवीय संवेदनशीलतालाई ध्यानमा राखी १.७० करोड खोप सहयोग दिने भएको छ ।
पाकिस्तानलाई कोवाक्स प्रोग्राम जस्तै निःशुल्क ती खोप उपलब्ध हुने भएको हो । पाकिस्तानले सबैभन्दा पहिला अक्सपोर्ड एस्ट्रोजेनेको र सिरम इस्टिच्युट अफ टेक्नोलोजीको तर्फबाट तयार पारिएका कोभिशिल्ड खोपका लागि आपत्तकालीन मञ्जुरी दिएको थियो । अहिले पाकिस्तानको अर्थव्यवस्था डाँवाडोल रहेको छ । सरकारी कोषबाट ऊ खरिद गर्न पनि सक्दैन र भारत सरकारसँग खोप माग्ने हिम्मत पनि गर्न सक्दैन । यद्यपि पाकिस्तानले ब्याकडोरबाट प्राप्त गर्न राज्य सरकार र निजी क्षेत्रलाई छुट दिइएको थियो । भारतले नेपाललाई तीन करोड डोज भ्याक्सिन उपलब्ध गराएको थियो । जुन भ्याक्सिन आज देशका विभिन्न स्थानका अस्पताल, स्वास्थ्य केन्द्रबाट अग्रभागमा बसेर काम गर्र्ने स्वास्थ्यकर्मी, सरसफाई मजदुरहरुलाई दिइरहेको छ । तर चीनले २१ करोड जनसंख्या भएको पाकिस्तानलाई पाँचलाख डोजमात्र खोप उपलब्ध गराएर मजाक बनाएको छ ।

तपाईको प्रतिक्रिया