इटहरी÷गोरखा डिपार्टमेन्ट स्टोरले गत बर्ष पौष १७ गतेदेखि सञ्चालनमा ल्याएको होटल गोरखाले भ्यालेन्टाइन डेविकलाई मध्यनजर गरी स्पेशल प्याकेजको प्रमोशन गरेको छ ।
नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरी ४२ करोडको लागतमा सञ्चालनमा आएको पाँचतारे होटलको सेवा सुविधा उपलब्ध रहेको होटल गोरखा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड भाइरसको कारण झण्डै ६ महिना लकडाउनको मारमा परेको थियो ।
असोजदेखि लकडाउन हँटेसँगै स्वास्थ्यका सम्पूर्ण मापदण्ड अपनाएर नियमित रुपमा सञ्चालनमा आएको पूर्वाञ्चलकै अत्याधुनिक सुविधा सम्पन्न होटल गोरखाले यतिबेला होटलको टप Ïलोरमा प्रणय दिवस अर्थात भ्यालेन्टाइन डेविकलाई लक्षित गरी निलगिरी गोरखा रेष्टुुरेन्ट सञ्चालनमा ल्याएको छ । होटल गोरखाका महाप्रबन्धक नितेष पोख्रेलका अनुसार माघ २६ गतेदेखि नै भ्यालेन्टाइन डेविक सञ्चालन भइरहेको छ । होटल व्यवसायमा १४ बर्षको अनुभव बटुल्नु भएका पोख्रेलले दुवईको आइएनजी, नेपालका पाँचतारे होटल रेडिशन, याक एण्ड यति, एलक, भिवान्ता ताज होटल र पछिल्लो पटक झापाको गत बर्ष सञ्चालनमा आएको मेची क्राउनको समेत व्यवस्थापन गरिसक्नु भएको छ ।


निलगिरी गोरखा रेष्टुरेन्ट सञ्चालनमा ल्याउनुको मुख्य उद्देश्य के हो भन्ने सम्बन्धमा महाप्रबन्धक पोख्रेल भन्नुहुन्छ इटहरी आसपास, तराई, धरान लगायतका स्थानको रमणीय भ्यू नियाल्दै सांगीतिक वातावरणमा स्पेशल मिनु उपलब्ध गराउनु नै हो । यसले लोकल कम्युनिटी र देश विदेशबाट होटल गोरखामा आएर बस्नु भएका रुम गेष्टलाई लक्षित गरेको छ । फागुन २ गते अर्थात फ्र्रेबुअरी १४ तारेखलाई आज संसारभरि नै प्रेम दिवसको रुपमा मनाइदै छ । यो दिवस मनाउन रमणीय दृश्य र सांगीतिक वातवरणसँगै स्पेशल मिनुको खोजीमा युवा युवतीहरु रहेका हुन्छन् । भ्योन्टाइन डेविकमा निलगिरी गोरखा रेष्टुरेन्टमा पुग्नेहरुका लागि फ्रि वेलकम ड्रिंग्स, भ्यालेन्टाइन स्पेशल मेनुमा १५ प्रतिशत छुट, तीनवटा वियर खरिदमा एउटा वियर सित्तैमा अर्थात बाइ थ्रि गेटवान फ्रि, भ्यालेन्टाइन डेको दिन चर्चित व्याण्डबाट म्युजिकल कार्यक्रम समेत रहेको छ । यतिमात्र होइन उक्त दिन सिंगलका लागि १५ सय र डबलका लागि २५ सयको टिकटको समेत व्यवस्था गरिएको छ । टिकट लिएपश्चात एक अल्कोहलिक डिं«ग्स, लाइफ वार विक्यु, अनलिमिटेड डिनर बुफेकको व्यवस्था समेत गरेको छ ।
हाल होटल गोरखामा आउने पाहुनाहरुले अग्रिम रुपमा होटलको रुमहरु बुक गर्ने गरेको सुनाउँदै महाप्रवन्धक पोख्रेलले भन्नुभयो पाहुनाहरुका लागि विशेष फेस्टीवल प्रमोशनका लागि फ्रेबुअरी महिनाभरि स्टेन्र्ड रुमहरुमा समेत छुट दिइएको छ । यसका अलावा पाहुनाहरुलाई कम्प्लेमेन्ट्री वेलकप डिं«ग्स र कम्पलिमेन्ट्री व्रेकफास्ट, रेष्टरेन्टमा १५ प्रतिशत डिस्काउन्ट, दुई हजार भन्दा माथिको रुममा २० प्रतिशत छुटको व्यवस्था समेत गरिएको छ । पाँचतारे होटलहरुमा लामो समयसम्म काम गरेर अनुभव बटुल्नु भएका कुक,वेटरहरुले होटलमा आउने पाहुनाहरुको मेनु बमोजिमका अर्डरका स्वादिष्ट परिकारहरु तयार पार्ने र सेवा दिने काम भइरहेको छ । वेस्टर्न फुड, तन्दुरी आइटम, नेपाली थकाली खाना होटल गोरखाका स्पेशल रुपमा रहेका छन् । कोभिड पछिको अवस्थामा होटल गोरखा अत्यन्तै भीडभाडका रुपमा चलिरहेको र आगन्तुक पाहुनाहरुको सेÏटी र सेक्युरिटीलाई पहिलो प्राथमिकतामा राख्दै सोसल डिस्टेन्स तथा सेनिटाइजरको माफदण्ड अपनाइएको महाप्रबन्धक पोख्रेलको कथन छ ।
डिपार्टमेन्ट स्टोरमा आर्गनिक तरकारी
धरान÷पूर्वाञ्चलकै पहिलो र आम पूर्वेली उपभोक्ताका बीचमा विश्वासिलो ब्राण्ड बनिसकेको गोरखा डिपार्टमेन्ट स्टोरले दैनिक भान्सामा प्रयोग हुने हरियो आर्गनिक सागसब्जीको मूल्य बजार मूल्य भन्दा पचास प्रतिशत कम मूल्यमा आफ्ना ग्रााहकहरुलाई विक्री गर्ने गरेको छ ।

बजारमा हरियो सागसब्जी, आलु, गोलभेडा, काउली, ब्रो काउली, करेला, सिमी, गाजर, मुला लगायतका सम्पूर्ण सामानमा पचास प्रतिशत भन्दा कम मूल्यमा विक्री गर्न थालिएको स्टोरका प्रवन्ध र्निेशक बलराम आर्चाले बताउनुभयो ।
यतिबेला गोरखा डिपार्टमेन्ट स्टोरमा सब्जीका आइटमहरु सबैभन्दा बढी खपत हुन थालेको छ । यसको प्रमुख कारण बजार मूल्य भन्दा अत्यन्तै कम मूल्यमा अगानिक सब्जी पाउनु नै हो । स्टोरले सब्जीका आइटमहरु सोझै किसानकहाँ पुगेर उठाउन थालेको छ । पहिला विचौलिया मार्फत सब्जी ल्याउँदा बजार मूल्यकै हाराहारीमा मूल्य निर्धारण गर्नुपरेको थियो । अब भने सिधै किसानबाट खरिद गर्दा उपभोक्ताले बढी मूल्य तिर्नु नपर्ने भएको छ भने किसानले समेत तत्काल आफ्नो उत्पादनको मूल्य पाउने भएका छन् ।
गोरखा डिपार्टमेन्ट स्टोरले आफ्ना पाँच शााहरु मध्ये तीनवटा शाखा धरान, इटहरी र दमकमा सब्जी विक्री वितरण गदै आएको छ । यतिबेला बजारमा काउलीको मूल्य ५० रुपैया रहेको छ तर गोरखा डिपार्टमेन्ट
स्टोरमा २० रुपैया प्रति किलो पाइन्छ । टमाटर बजारमा ३०–३५ रुपैया प्रतिकेजी रहेको छ तर गोरखामा मात्र २० रुपैया प्रतिकेजी, ब्रोकाउली बजारमा ३० रुपैया छ भने गोरखामा १५ रुपैया, मूला बजारमा १० देखि १५ रुपैया प्रतिकेजी रहेको छ भने
गोरखामा ७ रुपैया प्रतिकेजी पाइने गरेको छ । अन्य सब्जीहरुको समेत यही अनुपातमा मूल्य रहेको स्टोरका म्यानेजर श्रीप्रसाद गौतम बताउनुहुन्छ ।
गोरखाको स्वादिष्ट बेकरी उत्पादन पूर्वाञ्चलमा लोकप्रिय

गोरखा डिपार्टमेन्ट स्टोरबाट उत्पादन भएको विभिन्न स्वादका गोरखा वेकरीको माग पूर्वाञ्चलमा ह्वात्तै बढेको छ । आफनै गोठको सुद्ध गाई वस्तुको दूध, घ्यूबाट दर्जनौ प्रकारका मिठाइ र वेकरीको माग धान्न धौ–धौ पर्न थालेको स्टोरका सञ्चालक बलराम आचार्यले बताउनुभयो । बेकरीमा सुजी पप, कोकोनट विस्कुट, हेल्दी ब्रेड, गोरखा कोकोनट, फुट केक, ब्लाक फरेस्ट भेनिला पेस्टी, पाइनापल पेष्टी, गोरखा कुकिज, सुजी टेष्ट, चटपट विस्कुट, क्यावरी रोल, जाम रोल, टिफिन केक, तिल विस्कुट, वर्थ डे केक, आदि रहेका छन् । हाल आफूले उत्पादन गरेका मिठाई र बेकरी डिपार्टमेन्ट स्टोरले इटहरी र विस्तारित शाखा विराटचौकबाट ग्राहकहरुलाई उपलब्ध गराइरहेको छ भने इनरुवा, झुक्का, धरान, दुहवी, विराटनगर, पथरी, बेलबारी, उर्लाबारी, दमक लगायतका स्थानमा समेत सप्लाई शुरु गरेको छ ।

