गोविन्द तिमिल्सिना
राजनीति गरेर सत्तामा पुगेकाहरुले जनतालाई सुखी बनाउने, राष्ट्रलाई समृद्ध बनाउने कुरा गरेको स्वभाविक लाग्छ । तर हामीकहाँ त नेताहरु ज्यादै उचालिएर बुकबुरुक उफ्रेको सुनिन्छ,देखिन्छ । कोही नेपाललाई सिंगापुर बनाइदिन्छु भन्छन् त कोही नेपालका नदीहरुको उपयोग गर्ने पूर्ण स्वामित्व विदेशीलाई बुझाएर अब नेपाल र नेपालीहरुका दुःखका दिन गए भनेर हुँकार गर्दै हिड्को सुनिन्छ । तर न त देश अहिलेसम्म समृद्धि नै बन्यो न त जनताले सुख शान्तिको अनुभूति गर्न पाएका छन् ।
कतिपयले त व्यङ्गय पनि गरे–नेपाललाई सिङ न पुच्छरको बनाउनु भनेको जनताले सिंगापुर सुनेछन् । सुन्दा कटु लागे पनि भनाई सही छ ।
गफ गरेर मात्र देश समृद्ध र विकसित हुने होइन संसारमा कहीँ कतै नि यस्तो भएको छैन । समृद्धिका लागि नेतृत्वले रचनात्मक र स्पष्ट दृष्किोण दिएर कार्ययाजना तयार गरी इमान्दारीपूर्वक सशक्त रुपमा अघि बढन सक्दामात्र विकास र समृद्धिले गति पाउने हो । गति पाएपछि प्रगतिको आशा गर्नु स्वभाविक हुन्छ । तर अहिले त समृद्धिका कुनै योजनालाई गति दिन सकिएकै छैन भने पगति कल्पना मात्र हो ।
देशको उन्नतिमा राजा बाधक हुन भन्ने भ्रम फैलाएर आन्दोलन भयो । राजा पनि हँटे । तर यतिका बर्ष वित्यो उन्नतिका बाधक त स्वयम् अहिलेका नेताहरु नै रहेछन् भने वास्तविकता जनतालाई घामजस्तै छर्लङ्ग भइसकेको छ । अहिले संवैधानिक राजतन्त्रका पालामा दिनहुँजसो जनता सडकमा आउनुको कारण पनि यही हो ।
सन् १९६० को भारत चीन युद्धमा नेपालले अवम्बन गरेको तटस्थ परराष्ट्र नीति चीन र भारत दुवैले मन पराएका थिए । नेपालसँग दवै देश खुशी थिए । त्यसबेला भारतको प्र्रख्यात दैनिक अंग्रेजी पत्रिका ‘दि टाइम्स अफ इण्डिया’ ले आफनो पत्रिको मुख पृष्ठमा एउटा कार्टुन छापेको थियो सगरमाथाको टुप्पोमा राजा महेन्द्रलाई राखेर मुन्तिर लखेको थियो Don’t Fear I amd Here.यो कार्टुनले विश्वसमा नेपालको साख उचालेको थियो त्यसबेला । त्यसैगरि चीनले पनि नेपालको तटस्थता नीतिको सराहना गरेको थियो ।
तर आज नेपालको विदेश नीति स्पष्ट नभएकोले न त भारत न त चीन नै नपालसँग नजिक र विश्वस्त देखिएका छन् । दुवै देश नेपाललाई शंकाको दृष्टिले हेर्ने गर्छन् ।
अहिले एमसिसी परियोजना नेपाल भिœयाउन लागिपरेका नेताहरुको गतिविधि देखेर भारत र अमेरिका त तत्काल खुशी नै होलान् । तर चीन अत्यन्तै ससंकित छ । यो परियोजना नेपालको सडकबाट पारित गराई नेपालमा लागि गर्न अमेरिका जोडबल गरिरहेको छ । तर चौतर्फी जनविरोध भएकाले पास हुन सकेको छैन ।
२०७७ साल पुष ५गते प्रतिनिधिसभा सरकारले विघटन ग¥यो अहिले प्रधानमन्त्री केपी शर्मा ओली त्यसको चौतर्फी विरोध खेपिरहेका छन् । संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई थियो थिएन त्यो विषय सर्वोच्च अदालतमा विचराधीन रहेकाले त्यसमा अहिले बहस नगरौं । तर प्रधानमन्त्री ओलीले ठीक गरे भन्नेहरु पनि यहाँ प्रसस्तै देखिन थालेका छन् । विचार यसरी विभाजित छ किन ? यसबारे पनि मनन गर्नु जरुरी छ ।
के राजालाई नारायणहिटीबाट नागार्जुन पु¥याइसकेपछिका उपलब्धी के कति भए ? भए भएनन् ? त्यसको समीक्षा गर्नु पर्दैन ? ट्रान्सपरेन्सी इन्टरनेशनलको यस पालिको रिपोर्टमा नेपाल संसारभरि नै भ्रष्टाचारको एक नम्बर सूचिमा प¥यो । १८ देशको प्रतिवेदन प्रकाशित भएकोमा १७ देशले प्रतिवेदन स्वीकार गरे तर नेपाल पानी माथिको ओभानु हुन खाज्यो ।
अहिले दल र नेताहरुको आपसी लुछाचुडीले देशको आर्थिक अवस्था अत्यन्तै दयनीय हुँदै गयो । आÏनो स्पष्ट नीति र अडान नहुँदा विदेशीहरुको राजनीतिक खेल मैदान हुने खतरा बढ्दै गयो । देशको र्साभौमसत्ता नै खतरामा पर्ने स्थिति बन्दै जानु नेपालीहरुको दुर्भाग्य हो ।
सीमामा थिचोमिचो बढिरहनु । देशमा विभिन्न किसिमका अपराधहरुमा दिनदिनै बृद्धि हुँदा र केही जघन्य अपराधमा अपराधी पत्ता नलाग्नुले मानव अधिकारको स्थिति बिग्रिरहँदा पनि सरकारले ठोस काम कारबाही गर्न नसक्नु वा नगर्नु जनताको लागि यहाँ भन्दा पीडादायी घट्ना के हुन सक्छ ?
यस्तो दुरावस्था धेरै बर्षदेखि चलिरहेको छ । यसमा सुधार कसरी ल्याउन सकिन्छ ? यथास्थियतमा सुधार सम्भव छ छैन ? यसबारे सबै राजनीतिक शक्तिबीच गहन परामर्श जररी देखिन्छ ।
वरिष्ठ कम्युनिष्ट नेता सीपी गजुरेल भन्छन्–दुई तिहाइ वहमत प्राप्त प्रधानमन्त्रीले संसद विघटन गर्नुपर्नै अवस्था आउनु भनेको दल र व्यवस्था दुवै असफल भएको प्रमाण हो । उनी भन्छन् यस अवस्थमा संसद पुनस्र्थापना र नयाँ जनादेश दुवै निरर्थक छन् ।
१८ बुँदे दिली सम्झौतामा नभएको धर्मनिरपेक्षता र संवैधानिक राजतन्त्रको समाप्ती जर्बजस्ती लाद्न खोज्दाको दुष्परिणाम हो भने पनि धेरैले यस अवस्थालाई मान्ने गरेका छन् ।
तसर्थ यी कुरामा गहन विचार गर्दै राष्ट्र र राष्ट्रियताको पक्षमा नीति अवलम्बन गर्नु आवश्यक देखिन्छ । यति नगरेसम्म १२ बुँदे सम्झौताबाट प्राप्त राजनीतिक शिकार नखाउँ भने दिनभरिको शिकार † खाउँ भने कान्छा बाबुको अनुहार उखान जस्तै भइरहने छ सबैलाई ।
