धरान÷नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पौष ५ गते अनयासै आफ्नै दल भित्रको आन्तरिक कलहले प्रतिनिधिसभा विघटन गरेपछि नेपाली काँग्रेसको केन्द्रीय निर्देशन अनुसार प्रदेश न. १ को सुनसरी क्षेत्र नं. १ (क) ले विरोधमा वृहत ¥यालीसहित कोणसभाको आयोजना ग¥यो ।
नेपाली काँग्रेस धरानका प्रभावशाली युवा नेता, निवर्तमान नगर अध्यक्ष एवम् नेपाली काँग्रेस खेलकूद विभागका केन्द्रीय सदस्य किशोर राई र सुनसरी क्षेत्र नं. १ (क) का सभापति धनबहादुर कटुवालको नेतृत्वमा आयोजित वृहत ¥यालीले धरानको छाताचौक, पुरानो बजार, देशीलाइन परिक्रमम गरी लोकतान्त्रिक चैतारीमा पुगेर कोणसभा सम्पन्न गरेको थियो ।
¥यालीमा सहभागीहरुले संसद विघटनको असंवैधानिक कदम मूर्दावाद, नेपाली काँग्रेस जिन्दावाद, सर्वसत्तावाद मूदावाद, सघीय लोकतान्त्रिक गणतन्त्र जिन्दावाद, ओली नेतृत्वको कम्युनिस्ट सरकारको तीन बर्षको उपहार कुशासन र भ्रष्टाचार, जनताले चिन्यो ओली सरकार, चारैतिर भ्रष्टाचर, जनता कोरोनाको मारमा नेकपा सत्ताको जीत हारमा, महिला हिंसा र बलात्कार अकर्मण्य भो ओली सरकार जस्ता नारा पश्चात आयोजित कोणसभालाई नेपाली काँग्रेसको विघटन अगाडि संघीय सांसद रहनु भएकी महिला नेतृ मीना सुब्बा, नेपाली काँग्रेस जिल्ला सदस्य रहनु भएका किशोर राई, धनबहादुर कटुवाल लगायतले संसद पुनस्र्थापनामा जोड दिनुभएको थियो ।
