धरान/नेपाल खानेपानी संस्थान धरान शाखा कुनै पनि हालतमा एडिवीलाई हस्तक्षेप गर्न नदिने निर्णयमा धराने जनता एकमत भएका छन् । धरानका सबैभन्दा ठूला वडा १९, १५, १७, १३ का स्थानीय बासिन्दाको हालै भएको विस्तृत छलफलले आफ्नो प्रांकृतिक स्रोत साधनमाथि विदेशीको ऋण र हस्तक्षेप स्वीकार नगर्ने निर्णय भएको नागरिक अगुवा धनकुमार राईले जानकारी दिनुभयो ।
माघ ८ गते भएको भेलाले
धरानमा कुनै पनि स्थानीय बासिन्दाले एडिवीको कडा रुपमा प्रतिरोध गर्ने, यसका निम्ति जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेका छन् । उनीहरुले खानेपानी संस्थानबाहेक आफ्ना घरमा धारा जोड्न नदिने, संस्थान हस्तक्षेप गर्ने दुष्प्रयास गरे सडकमा उत्रने निर्णय समेत गरेका छन् । धरान १७ का जागिरमान राईले भन्नुभयो, एडिवीले नेपालका नेताहरुलाई नाकमा नत्थी लगाएर डोहोर्याउदै छ । नेपाल र नेपाली जनतालाई ऋणको भार बोकाउने काम एडिवीका दलालहरुले गर्दैछन् । यसले भोलिका दिन कति प्रत्युत्पादक हुन्छ भन्ने कुरा क्षणिक लाभमा रमाएकाहरुले बुझेका छैनन्, उहााले भन्नुभयो ।
नागरिक अगुवा धनकुमार राईले थप्नुभयो, खानेपानीमा एसियाली विकास बैंक पूर्ण रुपमा असफल भइसकेको छ । आफ्नो ठाउामा लगानी भित्रिदा जनताले त्यसको समर्थन गर्छन् तर बनेपा, बुटवल, नारायणघाट, हेटौडा, नेपालगञ्ज, सर्वत्र खानेपानीमा एडिवीको विरोध भएको छ । तैपनि जवरजस्ती गरिरहेको छ । जबरजस्ती गर्नुको प्रमुख कारण करोडौ रुपैयााको चलखेल हो । उहााले भन्नुभयो एसियाली विकास बैंकबाट ऋण ल्याउन नेता र दलालहरुलाई सजिलो भएको छ । २०६७ देखि २०७१ सम्ममा दुई खर्ब भन्दा बढी ऋण एसियाली विकास बैंकले जनताको विरोधका बाजदुत प्रवाह गरिसकेको छ । उहाा भन्नुहुन्छ, एसियाली विकास बैंकको ऋण नेता र तिनका कार्यकर्ता पाल्न, स्थानीय निकायका कर्मचारी पाल्न प्रयोग भइरहेको छ । राई भन्नुहुन्छ, ८० देखि ९० करोडमै चतराबाट पानी ल्याउने सर्भे डिजाइन भइसकेको थियो । किन त्यहााको पानी ल्याउन एडिवी चाहादैन ? एडिवीसाग ऋण लिएर संस्थान कब्जा गर्ने त्यही संरचना प्रयोग गर्ने अनि ऋण जति केन्द्रदेखि नै भागवण्डा गर्ने नियत देखियो, यो धरानेहरुलाई स्वीकार्य
हुादैन । अहिले आएर धरान उपमहानगरपालिकाले कथित बोर्ड गठन गरेको सुनियो । उहााले आक्रोस व्यक्त गर्दे भन्नुभयो, को साग परामर्श गरेर बोर्ड गठन गरियो ? धरानका ९५ प्रतिशत जनताको विरोध हुादाहुादै पनि जनताको भावना विपरीत बोर्ड गठन गरेर धराने जनतालाई आन्दोलनका लागि उकास्ने काम हुादैछ, राईले भन्नुभयो । उहााले भन्नुभयो यसभन्दा अगाडि ३७ जनाको कार्यसमति रहेको संघर्ष समितिका ११ जनालाई नगरपालिकाले फकाएर एउटा सम्झौता गर्यो । जसमा एडिवीले थप लगानी गरे पनि संस्थान सञ्चालन खानेपानी संस्थानलाई नै जिम्मा दिने, कार्यालय प्रमुख दिपक श्रेष्ठलाई धरान ल्याउने । तर कुनै पनि सर्त पूरा भएको छैन । अर्कोतर्फ स्थानीय जनताले पाइपमा आफै लाखौ लगानी गरेर पानी खाएका छन् उनीहरु त्यो पाइप कुनै पनि हालतमा निकाल्न दिादैनन् । यसका निम्ति फागुन १२ गते मंगलबार उनीहरुले यस्तो निर्णय गरेका हुन् ।
यसै सम्बन्धमा शुक्रबार धरान आउनु भएका निवर्तमान खानेपानी संस्थान धरान शाखामा प्रमुख दिपक श्रेष्ठसाग सम्पर्क राख्दा उहााले भन्नुभयो मुलुकै एडिवीमय भइसकेको छ । सफल कहीा भएको छैन । अझ खानेपानीमा त स्थानीयको जहाातही विरोध छ ।
धरानमा पनि एडिवीको व्यापक विरोध छ । कथंकदाचित संस्थान जबरजस्ती कब्जा गरे पनि संस्थानकै भौतिक
संरचनाबाट अहिलेकै अवस्था जसरी दुई बर्ष पानी दिन सक्छ । त्यसपछिको अवस्था अर्कै हुन्छ । हाल खानेपानी संस्थान धरान शाखाले ५ वटा जंगलका वेलबाट १८ घण्टा सञ्चालन गर्दा ५० लाख लिटरमात्र पानी उत्पादन गरेको र ५० लाख लिटर सर्दुखर्दुबाट संकलन गरेर एक करोड लिटर पानी वितरण गर्दै आएको छ । जति ड्राइसिजन बढ्दै जान्छ त्यति पानी आपूर्ति कम हुन्छ खानेपानी संस्थान धरानका लेखा अधिकृत दिनेश चिमौरीयाले भन्नुभयो । जति ड्राई सिजन बढ्दै जान्छ सतहमुनि र सर्दु खर्दुको पानी सुक्दै जान्छ । उहााले भन्नुभयो, धरानमा हाल ३ करोड लिटर पानीको आवश्यकता छ । हामीसाग प्रसस्त भौतिक संरचना छन्, बजेट भए वा सरकारले उपलब्ध गराएमा केही वेल थप्न सके धराने जनतालाई प्रसस्त पानी दिन सक्छौ । लेखापाल चिमौरिया भन्नुहुन्छ, एक बर्ष अगाडि धरानमा १५ हजार ग्राहक थिए भने हाल १७ हजार पुगेका छन् । अधिकांशले भोलिका दिनमा एडिवीले लियो भने महागो हुन्छ भनेर धमाधम जडान गरेका हुन् ।
यहाा स्मरणीय कुरा के छ भने नागरिक समाजका अगुवाहरु एडिवीका विरुद्धमा अदालत जाने तयारी गरिरहेका छन् । बुटवलमा पुनरावेदन अदालतले एडिवीको ऋण अस्विकार गरेपछि उनीहरुले पनि अन्तिम विकल्पका रुपमा अदालत जाने निर्णय गरेका
हुन् ।
