राजदुत रे द्वारा विद्यालय भवनको शिलान्यास

धरान/नेपाल–भारत आर्थिक
परियोजना अन्तर्गत उदयपुर जिल्लाको जोगिदहस्थित निर्माण हुने जनता उच्च मावि भवनको भारतीय राजदुत रन्जित
रेले गत शुक्रबार एक भव्य समरोहका बीच शिलान्यास गर्नुभयो ।
जिल्ला विकास समिति उदयपुरको समन्वयमा ३ करोड ७१ लाख ५० हजारको लागतमा निर्माण हुने विद्यालयको भवन निर्माणका लागि विद्यालय व्यवस्थापन समिति, जिल्ला विकास समिति र भारतीय दुतावासका वीचमा केही समय अगाडि सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।
शुक्रबार शिल्यान्यास भएको जनता उच्च मावि प्राथमिक विद्यालयको रुपमा सन् १९५९ मा स्थापना भएको थियो भने सन् २००८ मा उच्च माध्यामिक विद्यालयमा
परिणत भएको थियो । विद्यालयको वर्तमान भौतिक पूर्वाधार अत्यन्तै नाजुग र जीर्ण अवस्थामा रहेकोले विद्यार्थीहरुले पठन–पाठनमा ठूलो समस्या भोग्दै आएका
थिए । हाल विद्यालयमा १२ सय भन्दा बढी विद्यार्थीहरु अध्यनरत छन् । जसमा ५० प्रतिशत छात्राहरुको संख्या रहेको छ ।
सो अवसरमा बोल्दै भारतीय राजदुत रन्जित रेले भन्नुभयो, नेपालको समग्र विकासका लागि शिक्षा अपरिहार्य छ । शिक्षित नागरिक देश र विकासका खम्बा हुन् । भारतको आर्थिक सहयोगले नेपाली नागरिकको जीवनस्तर सुधार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै राजदुत रेले भन्नुभयो, भारतीय सहयोगका धेरै
परियोजनाहरु नेपालमा सञ्चालन
भइरहेका छन् । कतिपय परियोजनाका निर्माण कार्य पूरा भइसकेको छ भने कतिपय पूरा हुने अवस्थामा रहेका छन् । यस परियोजनाका अलावा उदयपुर जिल्लामा अन्य परियोजनाहरु समेत सम्पन्न भइसकेका छन् । भारत
सरकारले उदयपुर जिल्लाका ग्रामीण बासिन्दाहरुका लागि सहयोग पुगोस् भन्ने हेतुले त्यहााका विभिन्न सामाजिक संस्था, अस्पतालहरुलाई ८ वटा एम्बुलेन्स प्रदान गरिसकेको छ । २ सय ३८ भन्दा बढी शैक्षिक संगठनहरुलाई ७३ करोड ३७ लाख समेत प्रदान गरिसकेको छ ।
भारत–नेपाल आर्थिक कार्यक्रम हाल नेपालका सबै जिल्लामा लागू भएको
छ । भारत–नेपाल आर्थिक कार्यक्रम अन्तर्गत नेपालमा ५०२ वटा साना ठूला परियोजनाका लागि ७५ अर्ब रुपैया भारत सरकारले सहयोग गरिसकेको छ । खासगरी शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, लगायतका क्षेत्रमा भारत सरकारले नेपाललाई सहयोग प्रदान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया