धरान÷ धरानको बसपार्क सार्ने कुरा एकादेशको दन्त्य कथा झै भएको छ । धरानको मुख्य बजार भानुचौकले सवारी चाप थाम्न सकेको छैन । अत्याधिक सवारी साधन र खिचडी जस्तो बसपार्कले दुर्घटनाको जोखिम बढाउदै लगेको छ ।
०७६ माघ २७ गते प्रस्ताविक बस पार्क बनाउने स्थान धरान ८ सुन्दर बस्ती आयोजनामा धरान उपमहानगरपालिकाका तत्कालीन कावा प्रमुख मञ्जु भण्डारी सुवेदीले तामझामका साथ शिल्यान्यास गर्नुभयो । प्रदेशसभा प्रदेश नं. १ का सभामुख प्रदीप भण्डारीले शिल्यान्स गर्ने भनिए पनि विविध कारणले उहाँको उपस्थिति हुन नसकेपछि तत्कालीन कावा प्रमुख भण्डारीले शिल्यान्स गर्नुभएको थियो ।
शिल्यान्यास भएको स्थानमा न त जग्गाको संरक्षणको रुपमा बारबेर गरिएको छैन भने अहिले त्यो जग्गा गौचरणका रुपमा परिणत भएको छ । शिल्यान्यास कुन ठाउमा गरेको हो भन्ने पत्ता लगाउनै गाह«ो छ । प्रस्तावित बसपार्कको जग्गामा जताततै झारपात, बोट विरुवा उम्रेर पत्ता लगाउन गाह्रो भएको हो ।
प्राविधिक आउने हर्ने बाहेक शिलान्यास भएपश्चात केही नभएको प्रस्ताविक बसपार्क छेउका स्थानीयहरु बताउछन् । बसपार्क बन्ने कुरामा उनीहरु विश्वस्त देखिदैनन् ।नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय सचिव लक्ष्मी बानियाले डिपिआर विना शिल्यान्स भएको प्रस्तावित बसपार्क बन्ने कुरामा अझै शंका व्यक्त गर्नुहुन्छ । बानियाले शिल्यान्यास भएको यतिका बर्ष वितिसक्दा पनि जग्गाको संरक्षणमा न त घेराबारा लगाएको छ न त डिपिआर नै तयार गरेको छ । शिल्यान्स गरेको स्थान समेत खोज्नुपर्ने अवस्था आएको उहा बताउनुहुन्छ ।१० कट्ठामात्र जग्गामा फैलिएको धरानको भानुचौकमा रहेकोे बस पार्कले दिनप्रतिदिन समस्या निम्त्याउदै जादा समेत दुई बर्ष अगाडि शिल्यान्यास गरिएको बसपार्क नबन्नुमा सर्वसाधारण आश्चर्य चकित भएका छन् । उनीहरुले बर्षेनी सवारी साधनको संख्या बढ्दै जादा बसपार्क समेत सागुरो बन्दै गएकोले सार्नेपर्ने अवस्था आएको स्थानीय राजधन राई बताउनुहुन्छ ।
बस पार्क नबन्दा भानुचौकको बसपार्कमा समस्या नै समस्या ः चाडो बस पार्कको जोखिम हटाउन माग
बीस बर्ष अगाडि धरानको भानुचौकमा रहेको बस पार्क जस्तो थियो उस्तै रहेको छ । तर २० बर्ष अगाडिको भन्दा अहिले सवारी साधन तीन गुणाले बढेका छन्, बसपार्कको जग्गा भने २० बर्ष अगाडि जति थियो त्यति नै छ । साघुरो बाटो त्यसमा पनि धरानको मुटु मानिएको भानुचौकको वीचमा बस पार्क रहेको छ । यही स्थान भएर पूर्वी पहाडी कोशी राजमार्ग चल्ने सवारी साधन, पूर्व पश्चिम राजमार्ग तथा धरान विराटनगर लाइन चल्ने सवारी साधनको बस विसौनी यही हो भने टेम्पो, सिटी सफारीको चापले धरानका स्वरुप नै विगारेको छ । धरानको भानुचौकमा रहेको बसपार्क २० बर्ष अगाडिको अवधारणा अनुरुप सञ्चालन भइरहेको छ । यही बसपार्कबाट ५ सय यात्रुवाहक बसहरु यही बस पार्कबाट सञ्चालन हुने
गरेका छन् भने साना सवारी साधन ट्याक्सी, टेम्पो, सिटी सवारीको चाप पनि उत्तिकै हुन्छ । साँगुरो बसपार्क तथा सागुरो सडक सडकको बाया भागमा मोटर साइकलको पार्किङ । यसले अझ दुर्घटना जोखिम बढाएको यातायात मजदुर, धरानका सर्वसाधारणले बताउने गरेका छन् । स्थानीय मोति सुनुवारले बसपार्क सागुरो भएकै कारण विद्यालय जाने विद्यार्थी, बाटोमा हिड्ने यात्रुदेखि लिएर सबैलाई जोखिम भएको बताउनुभयो । उहाँले चाडै सार्नुपर्ने बसपार्क अहिलेसम्म नसारेको अझै यसलाई नसार्ने हो भने यहा ठूलो दुर्घटना निम्तिन सक्ने बताउनुभयो ।
साँगुरो बसपार्क त्यसमाथि पनि जताततै राखिएका सवारी साधनको पाकिङले धरानमा दुर्घटनाको जोखिम अझ बढाएको स्थानीयहरुको भनाई छ । बसपार्क नसरुन्जेल भानुचौकमा वैकल्पिक पार्किङको लागि स्थान खोजि गर्नुपर्ने धरान ६ का स्थानीय रमेश
राई बताउनुहुन्छ ।् धरान उपमहानगरपालिकाले जाथाभावि पार्किङलाई विगतमा समेत व्यवस्थापन गर्न नखोजेको भने होइन । स्वर्गीय मेयर तारा सुब्बाले ट्राफिक प्रहरीसंंग सहकार्य गरेर यसको समाधान खोज्यो भने तारा सुब्बाको निधनपछि भएको उपनिर्वाचन निर्वाचित भएर आउनु भएका तिलक राईले जथाभावि पार्किङलाई रोक्ने प्रयास गरेकै हो तर पनि अहिलेसम्म त्यो सम्भव भएको छैन । यस विषयमा प्रमुख तिलक राईले बस पार्क निर्माण सम्पन्न नभएसम्मका लागि भानुचौकको पार्किङ तथा भीडभाडलाई कम गर्न विभिन्न सरोकारवालाहरु संग छलफल भइरहेको बताउनुभयो ।
उहाँले बसपार्कका भीडभाडलाई कम गर्न वैकल्पिक पार्किङको खोजी भइरहेको बताउनुभयो ।
बसपार्कको डिपिआर बनेको र चाडै बसपार्क बन्ने स्थानीय सरकारको भनाई
दश बर्ष अगाडि नै धरानका बस पार्क साघुरो भएको भन्दै धरान उपमहानगरपालिकाले धरान ८ सुन्दरबस्तीमा बस पार्क सार्ने योजना अगाडि ल्यायो । यस स्थानमा रहेको सर्वसाधारणको ३८ कट्टा उपमहानगरपालिकाको स्वामित्वमा समेत ल्यायो । जबदेखि नगरपालिकाले व्यक्तिको नामको जग्गा नगरपालिकाको स्वामित्वमा ल्यायो त्यहादेखि यसमा विवादै विवाद शुरु भयो । ०७६ माघ २७ गते शिलान्यास हुदा समेत त्यसबेला स्थानीय जग्गावालहरुले विरोध जनाएका थिए । उनीहरुले बसपार्कका नाममा व्यक्तिको जग्गा हडप्न खोजेको र जनप्रनिधिहरु मिलेर जग्गा मिलेमतोमा वेचविखन गर्न खोजको भन्दै शिलान्यास भइरहेको समयमा जग्गावालाहरुले संघर्ष समिति नै गठन गरेर नाराबाजी गरेका थिए ।
तर अब भने जग्गावालाहरुसंग भएको विवाद समाधान भइसकेकोले बसपार्क निर्माणमा कुनै व्यवधान नआउने बसपार्क आयोजना प्रमुख खगेन्द्र खतिवडा बताउनुहुन्छ ।
यता धरान उपमहानरपालिकाले भने विगतको डिपिआरमा बजेट बढी लाग्ने भएकोले बजेट अभावमा बन्न नसकेको जनाएको छ । विगतमा ४३ करोड बजेट लाग्ने भनिएको स्मार्ट बसपार्कमा अहिलेको डिपिआरमा लागत स्टिमेट ३० करोडको बनाएको कारण अब भने भन्ने आधार धेरै भएको नेकपाका धरान नगर इन्चार्ज नारायण सुवेदी बताउनुहुन्छ ।
विगतको भन्दा करिब १३ करोड घटीको डिपिआर बनिसकेको र प्रदेश सरकारले समेत सहयोग गरिसकेका कारण अब भने धरान ८ को सुन्दर बस्तीमा बसपार्क बन्ने नगरपालिकाका योजना प्रमुख इन्जिनियर सुरज श्रेष्ठले बताउनुभयो । उहाले सुविधा सम्पन्न बन्ने बसपार्क संघीय सरकारको १२ करोडको अनुदान सहयोग, प्रदेश सरकार र स्थानीय सरकारको लगानीमा बन्न लागेको उहाले बताउनुभयो ।
धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले उपनिर्वाचनबाट निर्वाचित भएर आएपछि आफ्नो पहिलो उद्देश्य नै स्वर्गीय तारा सुब्बाले गर्न नसकेका विकास योजनालाई पूरा गर्ने अठोट लिएको बताउनुभयो । सोही अनुरुप धरानको बसपार्क पहिलो प्राथमिकतामा रहेको बताउदै डिपिआर समेत तयार गरी बजेट समेत विनियोजन भइसकेका कारण अब चाडै सुन्दर बस्तीमा बस पार्क बन्ने बताउनुभयो ।
धरानको मुटु भानुचौकमा रहेको बसपार्क सागुरो भएकै कारण अस्तव्यस्त बनेको त छदैछ जताततै गरिएको पार्किङले धरानको स्वरुप ने विगारेको छ । अब कुरामा मात्र हैन बसपार्क सार्ने कुरामा सबै गम्भीर भएर लाग्न जरुरी छ ।
त्र
