गोरखा होटल बाह्य तथा आन्तरिक पर्यटकहरुका लागि आकर्षक बन्दै : पाचतारे होटलको सेवा सुविधा

इटहरी÷विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट झण्डै ८ महिनाको लकडाउन हँटेसँगै नेपालको लुम्बिनी भ्रमणमा निस्किएका भारतको सिक्किम राज्यको नाम्ची निवासी टाँसी भुटिया शुक्रबार इटहरीको गोरखा होटलमा स–
परवार भेटिए ।
आफ्नै सवारी साधनमा पाँच जनाको परिवारसहित भेटिएका भुटियाले बस्नका लागि उपयुक्त र सुविधा सम्पन्न होटल नपाइएला कि भन्ने चिन्ता लागेको थियो तर गोरखा होटलले पाँचतारे होटलको सेवा सुविधा प्रदान गरेपछि उनी मात्र होइन परिवारका सबै सदस्य दंग थिए । उनीहरुको कथन थियो यस भन्दा अगाडि नेपाल आउँदा काठमाण्डौ बाहेक अन्यत्र यस्तो सुविधा सम्पन्न होटल होला भन्ने हामीले कल्पनै गरेका थिएनौं । आगन्तुकहरुका लागि सेवा सुविधामा कुनै प्रकारको कमी छैन उनले भने । सोही दिन सिक्किमकै पेलिङ्गबाट आएका आरसी गोले पनि गोरखा होटलमा बस्न पाउँदा दंग देखिन्थे । उनी पनि आफ्ना साथीहरुसँग लुम्बिनी यात्रामै निस्किएका थिए ।

गतबर्ष मात्र गोरखा डिपार्टमेन्ट स्टोरले सञ्चालनमा ल्याएको गोरखा होटल यतिबेला वाह्य तथा आन्तरिक पर्यटकहरुका लागि बसाइको आकर्षण केन्द्र बन्दै गएको छ । ४२ करोडको लगानीमा नेपाल भमण बर्ष २०२० लाई लक्षित गरी पाँचतारे होटलकै सुविधा प्रदान गर्ने गरी सञ्चालनमा ल्याएको थियो । होटलका सञ्चालक एवम् गोरखा डिपार्टमेन्ट स्टोरका प्रवन्ध निर्देशक बलराम आचार्य भन्नुहुन्छ बाहिरबाट अक्सर सिक्किमको गान्तोक, लाचुङ्ग, युक्सोम, पश्चिम बंगालको दार्जीलिङ्ग लगायतका स्थानबाट पाहुनाहरु आउने गर्नुभएको छ । यसका अलावा नेपालको काठमाण्डौबाट व्यवसायी, सुरक्षा निकायका उच्च पदस्थ, कर्मचारीहरु समेत अग्रिम कोठा बुक गरेर बस्न आउने गरेका छन् ।
सुविधा सम्पन्न पार्किङ स्थल, खानामा पाँचतारे होटलमा काम गरिसकेका र लामो अनुभव बटुली सकेका कुक, वेटर र सुरक्षाकर्मीहरुको आतिथ्य गोरखाले जसरी प्रदान गरेको छ त्यो पूर्वाञ्चलमै नभएको आगन्तकहरु नै बताउँछन् । अत्यन्तै रमणीय प्राकृतिक दृष्यहरुको अवलोकन गर्दे नेपाली, चिनियाँ, इण्डियन, कन्टिनेन्टल खानाको परिकारले एक पटक गोरखा होटलमा आएका पाहुनाहरु पटक पटक आउन लालायित हुने गरेको गोरखा डिपार्टमेन्ट स्टोरका म्यानेजर श्रीप्रसाद गौतम बताउनुहुन्छ ।
प्रांगरिक मल उत्पादनमा गोरखा डेरी

डिपार्टमेन्ट स्टोर, होटल बेकरी, पानी उत्पादन र सञ्चालन गर्दै आएको गोरखा डिपार्टमेन्ट स्टोरले कृषकहरुका लागि नयाँ स्किम सञ्चालनमा ल्याएको छ ।
उसले प्रांगारिक मलको उत्पादन समेत शुरु गरेको छ । भारतबाट ल्याइएको वाटर सेपे्रटर मेशिनबाट उसले प्रांगारिक मलको उत्पादन शुरु गरेको हो । साविकको एकम्बा गाविस हालको इटहरी उपमहानगर पालिका वडा नं. १६ मा गोरखा डिपामेन्ट स्टोरले १० बर्ष अगाडि सञ्चालनमा ल्याएको गोरखा डेरीबाटै प्रांगारिक मलको उत्पादन शुरु भएको स्टोरका सञ्चालक आचार्यले बताउनुभयो ।
गोरखा डिपार्टमेन्ट स्टोरले आफ्नो डेरी उद्योगमा दुई सय ५० उन्नत जातका गाइ पालन गदै आएको छ । दैनिक २ हजार भन्दा बढी लिटर दूध उत्पादन गदै आएको डेरीमा गोबरबाट प्रांगारिक मल उत्पादन शुरु भएको छ । प्रागांरिक मलको उत्पादनसँगै पूर्वमा रहेका किसानहरुलाई ठूलो राहत मिल्ने देखिएको छ । हरेक बर्ष सरकारले बाली लगाउने सिजनमा कृषकहरुलाई युरिया मल उपलब्ध गराउन नसकिरहेको अवस्थामा गोरखा डेरीको उपादनले राहत मिल्ने इटहरी १६ कै भग्लु चौधरी बताउँछन् । अब किसानले युरिया मलको विकल्पमा प्रागांरिक मल प्रयोग गर्दा त्यसेले माटोको उर्वर क्षमता समेत बद्धि गर्ने उनको बुझाई छ ।
स्टोरका सञ्चालक आचार्य भन्नुहुन्छ उत्पादित मलको मूल्य महंगो पनि छैन । २० रुपैया प्रतिकेजी रहेको छ । प्रत्येक दिन २० क्विन्टल उत्पादन गर्ने लक्ष्यका साथ उत्पादन शुरु भएको र स्थानीयदेखि बाहिरका किसानहरुले अग्रिम खरिदका लागि सम्पर्क गर्न थालेको पनि उहाँले बताउनुभयो उहाँले भन्नुभयो गाइवस्तुको काँचो गोबर मेसिनमा हालिन्छ । त्यसपछि गोवरमा भएको पानी ड्राई हुन्छ र केही समय पछि चिया पत्तिकै आकारमा मल बाहिर निस्किन्छ । यसरी प्रांगरिक मलको उत्पादन प्रारम्भ गर्ने गोरखा डेरी उद्योग सम्भवत ः पूर्वाञ्चलमै पहिलो हुनुपर्छ आचार्यले भन्नुभयो ।
किचेनमा खाना खानु बेग्लै मञ्जा

गोरखा डिपार्टमेन्ट स्टोरको किचन ग्राहकहरुका लागि आकर्षक स्थल
गोरखा डिपार्टमेन्ट स्टोरको किचन ग्राहकहरुका लागि आकर्षक स्थल

पूर्वपश्चिम महेन्द्र राजमार्गसँगै जोडिएको नव घोषित दुलारी नगरपालिका वडा नं. ९ का सविन विष्ट परिवारका साथ आइतबार गोरखा डिपार्टमेन्ट स्टोरको किचेनमा खाना खाइरहेका थिए । उनीमात्र हैन इटहरी–९ का नव विवाहित जोडी रमेश बस्नेत पनि खानाको स्वाद लिइरहेका थिए । उनीहरु जस्तै अन्य दर्जनौ व्यक्तिहरु पनि गोरखा किचेनमा उपलब्ध विभिन्न भेराइटीहरु गफिदै खाइरहेका थिए । कोही उत्तरतिरको पहाडी दृश्यमा आँखा डुलाइरहेका थिए भने कोही इटहरी उपमहानगरपालिकाको सहरी दृश्यको अवलोकन गर्दै रमाइरहेका थिए ।
अत्यन्तै सफा, विसुद्ध आर्गनिक साग सब्जी, आÏनै उत्पादनको सुद्ध दूध, दही, घ्यु प्रयोग गरी पकाइएका खाना र खानाका अन्य परिकारका लागि गोरखा किचेनमा ग्राहकको भीड ह्वत्तै बढेको छ । डिपार्टमेन्ट स्टोरका सञ्चालक आचार्य भन्नुहुन्छ सस्तो र विसुद्ध खानाकै लागि ग्राहकहरुको भीड बढेको हुन सक्छ । झण्डै दुई महिना अगाडिदेखि गोरखा डिपार्टमेन्ट स्टोरले ५० रुपैयाँमा सादा खाना र ९० रुपैयाँमा चिकेन खाना खुवाउदै आएको छ । अन्यत्र सादा खानाको १ सय ३० र चिकेन खानाको २ सय तिर्न बाध्य ग्राहकहरु १०औं किलोमिटर ढाटाबाट गोरखा डिपार्टमेन्ट स्टोरको किचेनमा आइपुग्छन् । सुद्ध, सफा र सस्तो भएपछि ग्राहकहरु झुम्मिनु स्वभाविक हो । हाल इटहरीमा खाना खानेको संख्या दैनिक एक हजारको हाराहारीमा पग्ने गरेका छन् भने मोरङ्गको विराटचौकमा ५ सय पुग्ने गरेका छन्, यसमा उपभोक्ताको सुविधालाई ध्यानमा राखेर थप सुधार गर्दै लैजाने सञ्चालक आचार्यले प्रष्ट पार्नु भयो ।
गोरखाको स्वादिष्ट बेकरी उत्पादन पूर्वाञ्चलमा लोकप्रिय

गोरखा डिपार्टमेन्ट स्टोरबाट उत्पादन भएको विभिन्न स्वादका गोरखा वेकरीको माग पूर्वाञ्चलमा ह्वात्तै बढेको छ ।
आफनै गोठको सुद्ध गाई वस्तुको दूध, घ्यूबाट दर्जनौ प्रकारका मिठाइ र वेकरीको माग धान्न धौ–धौ पर्न थालेको स्टोरका सञ्चालक बलराम आचार्यले बताउनुभयो । बेकरीमा सुजी पप, कोकोनट विस्कुट, हेल्दी ब्रेड, गोरखा कोकोनट, फुट केक, ब्लाक फरेस्ट भेनिला पेस्टी, पाइनापल पेष्टी, गोरखा कुकिज, सुजी टेष्ट, चटपट विस्कुट, क्यावरी रोल, जाम रोल, टिफिन केक, तिल विस्कुट, वर्थ डे केक, आदि रहेका छन् ।
हाल आफूले उत्पादन गरेका मिठाई र बेकरी डिपार्टमेन्ट स्टोरले इटहरी र विस्तारित शाखा विराटचौकबाट ग्राहकहरुलाई उपलब्ध गराइरहेको छ भने इनरुवा, झुक्का, धरान, दुहवी, विराटनगर, पथरी, बेलबारी, उर्लाबारी, दमक लगायतका स्थानमा समेत सप्लाई शुरु गरेको छ ।
दैनिक हजारौ ग्राहकको भीड

गोरखा डिपार्टमेन्ट स्टोर इटहरीमा दैनिक यतिबेला दैनिक हजारौ ग्राहकहरु कुनै न कुनै समान खरिदका लागि आउने गर्छन् । मोरङ्गको विराटचौकमा समेत ग्राहकको भीड बढेको सञ्चालनको जिम्मेवारी पाउनु भएका धर्मराज आचार्य बताउनुहुन्छ । दैनिक उपभोग्य सामान, इलेक्ट्रोनिक्स ब्राण्डेड सामान, बच्चाहरुको आकर्षक कपडा, जुत्ता चप्पल, रेडिमेट कपडाहरु, फ्रोजन आइटमहरु, फलफूल, आफैले उत्पादन गरेका च्याउ लगायत लाखौ प्रकारका सामानहरुले ग्राहकहरुलाई लोभ्याउने गरेको छ । डिपार्टमेन्ट स्टोरमा पूर्वाञ्चलका मात्र नभएर भारतको विहार, सिक्किम, आसाम, दार्जिलिङ्ग लगायतका स्थानबाट ग्राहकहरु आउने गरेको सञ्चालक बलराम आचार्य बताउनुहुन्छ ।

तपाईको प्रतिक्रिया