मन्दिर खुलेसंगै फूलमाला व्यापार गनेको जीवनस्तर सहज बन्दै

धरान÷ धरान विजयपुरमा रहेका मठमन्दिर सर्वसाधारणको लागि पूजापाठका लागि खुल्ला गरेसंगै फूलमाला विक्री गर्नेको जीवन सहज बन्दै गएको छ ।
करिब ९ महिना कारोना जोखिमलाई मध्यनजर गरी शनिवारबाट मन्दिर खुलेको हो । मन्दिर खुलेसंगै मन्दिरमा फूलमाला विक्री गर्नेको कारोबार विस्तारै बढ्न थालेसंगै जिविकोपार्जनमा समेत सहज बन्दै गएको छ ।
बर्षौदेखि बूढासुब्बा मन्दिर प्रांगरणमा फूलमाला विक्री गरेर गुजारा चलाउदै आउनुभएका भक्तबहादुर जिमलाई कोरोनाको जोमिखलाई ध्यानमा राखेर नेपाल सरकारले मन्दिरमा गरेको लकडाउनका कारण जीवन अत्यन्तै कष्टकर बन्यो । फूलमाला विक्री गरेर परिवारको गर्जो टार्ने उहाले मन्दिर मन्दिर बन्द भएपछि विभिन्न स्थानमा गएर कुल्लीको काम गरेर गुजारा चलाउनुप¥यो । त्यसबेला आफूलाई अत्यन्तै समस्या भएको उहा बताउनुहुन्छ ।
कोरोनको जोखिम कम नभए पनि भक्तजनहरुको असुविधालाई मध्यनजर गरी खोलिएका मठ मन्दिरमा अझै पनि विगतमा सहज भए जस्तो विक्री नभए पनि मन्दिर खोल्दा केही राहत मिलेको उनीहरु बताउछन् ।
मन्दिरमा भीडभाड धेरै हुने भन्दै फूलमाला विक्री गर्नेका लागि जोर विजोर प्रणाली लागू गरिएको छ । विगतमा ३० दिनमा ३० दिनै फूलमाला विक्री गर्ने उनीहरु अब महिनामा १५ दिनमात्र फूलमाला विक्री गर्न पाउने फूलमाला विक्रेता इन्द्रबहादुर श्रेष्ठ बताउनुहुन्छ । उहाले अहिले ५० प्रतिशत सर्वसाधारण पूजापाठका लागि आउने भएपनि यसले फूलमाला विक्री गरेर गुजारा गर्नेलाई केही सहजता भएको बताउनुभयो ।
त्यसो त मन्दिर खुलेसंगै पूजारीहरुको समेत व्यस्थता बढेको छ । बुढासुब्बा मन्दिरका पूजारी पुष्प आले मगरले अहिले ५० प्रतिशत सर्वसाधारण बुढासुब्बामा आउने गरेसंगै केही व्यस्थता बढेको र मन्दिरको आम्दानीमा समेत सहयोग पुगेका बताउनुभयो ।
मन्दिर खुल्ला भएसंगै फुलमाला व्यवसायी तथा मन्दिरबाट आश्रित सबैलाई जीवनयापनमा सहज भएको छ । विगतमा मन्दिर खुल्ला हुदा दैनिक ५ देखि ७ हजार आम्दानी गर्ने उनीहरु अहिले १ देखि २ हजार आम्दानी हुदा समेत केही राहत मिलेको बताउछन् ।

तपाईको प्रतिक्रिया