छाड्दै नछाड्ने रे
हाम्रा पर्धानमन्तरी खप्रओले केही पनि नछोड्ने भा’छन् । केही दिन यता पर्धानमन्तरी खप्रओलाई पूर्व माउवादी, माकुने, झल्लाझलु सबै मिलेर कि पर्धानमन्तरी छोड कि अध्येक्षे छोड भनेर ल्याङ्गल्याङ्ग गरिरा’छन् । जहाँ गए नि भाँडभैलो मच्चाउन खप्पीप्स प्रचण्डाउले स्थायी समितिको वहुमतबाट पर्धानमन्तरलाई एउटा पद छोड्न लगाउने योजना बनाथे । तर खप्रओ पो हुन त । त्यसमाथि झापाली । उन्ले भन्दिए म वहुमतको निर्नय नै मान्दिन । विचरा प्रचण्डाउ छाँगाबाट खसे । फकाउँदा नि मादैनन्, फुल्याउँदा पनि मान्दैनन् । अस्तिका दिन खप्रओले हँट्नपछ भन्नेहरुको सातो खाइदिए सबैको ओठ तालु सुकाइ दिए । के गर्नुपर्छ गर्नु म पर्धानमन्तरी र अध्येक्षे दुवैबाट हँट्दिन भनेर फैसलै सुनाइदिए । अब परेन वित्याँस ? पर्धानमन्तरी चाहिया भे’ अर्को चुनाउबाट आउनु, अध्येक्षे चाहिया भे महाधिवशेबाट आउनु भने दायाँ बायाँ गर्नेहरुलाई जवाफ दिएसी’ सबै छाँगाबाट खस्या छन् । खप्रओले पद छोड्नु भन्या लत्तरो बुझ्या होलान् । अब प्रचण्डाउ झल्ला झलु, माकुने के गर्दा हुन् ?
थोपो भ्रष्टाचार भा छैन रे
हाम्रो देशाँ यतिबेला भष्टाचार थोपो हुन छाड्या छ रे । पर्धानमन्तरी खप्रओले अस्तिका दिन भन्या मेरा पालामा थोपो भ्रष्टाचार भा’ छैन । बदनाम गराउन हल्लामात्र पिटाएको हो रे । त्यो ट्रान्सपरेन्सी इन्टरनेशनले प्रकाशित गरेको विवरण पनि हावा हो । अर्काको बारेमा जथाभावि विवरण सार्वजनिक गर्नु त भएन नि । पर्धानमन्तरीले भनि सक्या छन् देशाँ थोपो भ्रष्टाचार भएको छैन । त्यो ओम्नी काण्ड, वाइडवडी काण्ड, मेलम्ची काण्ड, न्यारोबडी काण्ड, लगायत सबैमा थोपो भ्रष्टाचार भएको छैन । वित्थामा हावामा गफ गरेर फुइøयाँ हुन्छ ? झालेमालेका मन्तरीले बनाएका आलिशान भवन त तिन्का श्रीमतिको दाइँजोमा माइतदे द्या हुन् । वाल्वाटारका जग्गा खाने विष्णु बाजेले त्यसै पाएका हुन् यसो प्लटिङ्ग गर्दा मिलाइ दिए वापत । नेपाली जन्ता नै बुेकव छन् । जता नि भ्रष्टाचार देख्छन्, कि कसो हौ बा ?
गनतन्त्रको लिटो
गनतन्त्रको लिटो खाएर ड्याउ गरेर डकार्नेहरुले गनतन्त्र सिध्याउने भए । हाम्लाई सबैले मान्नि पर्छ भनेर वाल्वाटार, शितल निवास, पुल्चौकमा उपरखुट्टी लगाएर बसीबसी हरामको लिटो खानेहरुले बाहिरको अवस्थाको कल्पनै ग¥या छैनन् । आफनो मलद्वारलाई समेत हरिद्वार सम्झेर पुज्ने एक दुईदर्जन झोले, हुक्के, बैठके अरिंगालले जे सुनाए त्यसैमा मजगुन भएर बस्याहरुले अब गनतन्त्रको स्वादिट लिटो धेरै दिन खान पाउलान जस्तो छैन । तिनले खाएको लिटो निचोरेर निकाल्न सडकमा अटाई नअटाई मान्छेहरु दौडन थाल्या छ् । झोले, हुक्के, बैठके, अरिंगालहरु आफना् मालिकलाई खुशी बनाउन सामाजिक सञ्जालमा तथानाम बक्ने काम मात्र गरिरहेकाछन् । तिन्ले जति बक्यो सडकमा ओइरिनेहरु बढ्दै गएका छन् लहै लिटोको स्वाद लिनेहरु समय छँदै आफ्नो बेरिया विस्तारा नाघेर कुले ठोक्ने व्यवस्था गरेकैै वेश । नत्र भोलि कहाँ जुठे कहाँ जुठेकी आमाको हालत व्यहोर्र्न पर्ला ।
बाजेलाई धुलाई नै गरेछन्
नेप्लिज लाँग्रेसका तनहुँले नेता आच्या तेस्रो लिंगी रामचन्द्र बाजेले बुढडेसकालमा साह«ै दुःख पाए । वडो फूर्तिफार्ति गर्दै तनहुँको एउटा पुल उद्घाटन गर्न पुगेका बाजेलाई खप्रओका पुलिसहरुले टुइँके फुटुन्ज्याल दनक दिएछन् । यो वामराज हो भन्ने कुरा बाजेले कस्तो नबुझ्या ? वामराजमा अरुले बनाएका बाटाघाटा पनि बामले नै बनाएको हुन्छ । त्यसमाथि दुई तिहाइको सरकार छ वामहरुको हल्ला वहुमतको सरकार हुँदा त छोइनसक्नु हुन्छ । त्यसमाथि दुई तिहाइको । बुढालाई यसदिन दशै लाग्या रै’छ । कस्ले उचालेर पुलसम्म पु¥यायो कुन्नि ? एकातिर खप्रओको अरिंगाल अर्कातिर आज्ञाकारी खप्रओका प्रहरीहरु । त्यस्तासँग भिड्न सक्ने कुरा पनि भएन । अनि टुइँके नखुस्काएर बाँकी राख्छन् त ?
ढुंगामुढा खाने दिन गयो
सडकमा राजा माग्नेहरुको भीड बढ्दै गएपछि नेपालका कम्निष्टहरु चिन्तित बन्न थाल्या छन् । देशैभरि त्यतिका मान्छे दिनैपिच्छे कसरी आएका होलान् भनेर उत्तानोचित्त हुने गरी चिन्तन गरेर चिन्तित गरेर चिन्तित भएका कम्निष्टहरुलाई सत्तामा भए नि आफूहरु ्असुरक्षित बन्दै गएको महसुस हुन थालेछ । अस्तिका दिन पूर्व माउवादीका नेता लेखराज न्यौपाने नेकपाको बैठकमै भनेछन् अब हाम्रो ढुंगा खाने दिन आए । बाहिर कम्निष्ट भनेर हिड्दा लाज लाग्न थाल्यो । न्यौपानेले नै त्यसो भनेसी’ बातै ख ँलास । हिजो अरुमाथि ढुंगा मुढा गर्नेहरु आज आफैमाथि ढुंगामुढा बर्सेला भनेर चिन्तित हुन थालेछन् । हुन त कहिले सासूको पालो कहिले बुहारीको पालो भन्या यही हो । हिजो आज कम्निष्टका झोलेहरु सडकमा भन्दा पनि सामाजिक सञ्जालमा मात्र किन व्यस्त भा’ होलान भन्या त कुरो यस्तो पो रै’छ । ढुंगा मुढाको त्रास ।
जादवको हुकार
कहाँ गइस हराउने विलाउनेको देशमा भनझै विस्तारै हराउँदै गएका राजपाका अध्येक्षे उपिन्द्र जादवलाई हिजोआज वडो चिन्ता लाग्या रै’छ । चिन्ताको कुरा संघीयता र गनतन्त्र रै’छ । जादवलाई यतिबेला गनतन्त्र र संघीयताको वहुतै चिन्ता लाग्न थाल्या
रै’छ । उन्ले गनतन्त्र गुम्ने खतरा देख्या रै’् छन, उन्ले गनतन्त्र गुम्ने खतरा देख्या रै’छन् । संघीयता त झन टिक्कै नसक्ने देखेर उनलाई झन छट्टपट्टी भएछ । अस्तिका दिन तिन्ले भन्या अब गनतन्त्र संघीयता खतरामा प¥यो । संघीयता र गनतन्त्रका पक्षेधरहरु मिलेर यसको संरक्षण गर्नुपर्छ रे । हिजो ढुंगा हानेर ल्याएको गनतन्त्र र संघीयता ढुंगा हानेरै शिव हुने भयो रे, यादले भन्या । गनतन्त्र र संघीयताले जादवहरुलाई फाइदा भयो । जन्ता त उही टाँटका टाँट । कसैले जनताको हित नगर्ने गनतन्त्र र संघीयता जोगाउन अब कोको सडकाँ आउँदा रै’छन् । फाल्नुपर्छ भन्नेहरु त बाजा बजाएर आइसके । राख्नुपर्छ भन्नेहरु कहिले आउँदा हुन् ?
अझै पुगेन
नेकपाका धुन्धुकारी दोसो श्रेणीका अध्येक्षे प्रचण्डाउले आफ्नो व्यवस्था गज्बले ग¥या रै’छन् । १७ हजारलाई टप्काएर पाँच हजार मात्र टप्काए भनेर हाक्काहाक्की भन्दै हिडेका प्रचण्ण्डाउले आफनो परिवारको व्यवस्थापन राम्रैसँग ग¥या रै’छन् । अब हेरम न उन्ले माइली छोरी रेणु दहाललाई लाँग्रेस सभापति स्यालबहादुलाई भनसुन गरेर, मतपत्र च्यातेर भरतपुर महानगरपालिकाको मेयर बनाए, माइलो ज्वाई श्रीमतिकै स्वकीय सचिव बने, जेठो ज्वाई सागर केसी सभामुखको स्वकीय सचिव, कान्छी छोरी गंगा दाहाल प्रचण्डाउकै स्वकीय सचिव, कान्छौ ज्वाई जीवन आचार्य उपराष्ट्रपतिको सल्लाहकार, बहिनी ज्वाई खेम भण्डारी भरतपुर अस्पतालको अध्यक्ष, भाई नारायण दाहाल भरतपुर प्रदेश न. ३ को अध्यक्ष, सम्धी चुडामणि खड्का समानुपातिक सांसद, भतिजो महेश दाहाल अष्ट्रेलियाको राजदूत, बुहारी विना मगर खानेपानी मन्त्री । यति भएपछि प्रचण्डाउले गरेको क्रान्ति अधुरो र असफल भयो भन्नेहरु त कीरा परेर मर्छन । कि कसो हौ ?
अन्तेमा
गनतन्त्रको उकुस मुकबाट निस्साइएका जनता यतिबेला धमाधम खुल्ला सडकमा आउन थालेसी श्री ६ महारानी र श्री ६ सरकारलाई ठूलो टेन्सिन भएको छ । ६ महिना उपचार गरेर चारवटा मृगौला बोकने र
आराम गर्ने अनि ६ महिना बाझाबाझ गरेर समय विताउने श्री ६ सरकार र तीनका नन्दीभृंगीहरु दिउँसै सपना देख्न थाल्या छन् रे । सिंहदरबार, वाल्वाटार, शितल निवास मात्र ओहोरदोहोर गर्ने राजसी ठाँट गुम्ला भन्ने चिन्ता जो छ । खुल्ला सडकमा आएकाहरुलाई ठेगान लगाउन घरेलु मन्तरीले उर्दी नै जारी गरेका छन् । तर तिन्को उर्दीलाई प्रहरीले धोति लगाइदिएका छन् । खुल्ला सडकमा आउनेहरुाई उल्टै स्वागत गर्न थालेसी तिन्का कन्पारो नतातिने कुरै भएन । घरी के भनेर बर्बराउछन् घरी के भनेर बर्बराउछन् ।
