नेपालको आन्तरिक मामलामा हस्तक्षेप नगर्ने बताउँदै आएको चीन पछिल्लो केही बर्ष यतादेखि आवश्यकता भन्दा बढी सक्रिय हुन थालेको पाइएको छ ।
नेपालमा चिनियाँ राजदूतका रुपमा होउ याङ्गछी नियुक्त भएर आएपछि नेपालको आन्तरिक मामलामा चिनियाँ सक्रियता बढ्न थालेको हो । मंसिर १५ गते चिनिया विदेशमन्त्री जनरल बेइ फेङ्गे १२ घण्टे नेपाल भ्रमणमा आए । उनले भ्रमणको उद्देश्य चीन र नेपालका राष्ट्राध्यक्ष र सरकार प्रमुखसँग भएका द्विपक्षीय समझदारी कार्यान्यन गराउने सिलसिलामा आफू नेपालको छोटो भ्रमणमा आएको बताए पनि कुटनीतिक मामलाका जानकारीहरु यो कुरा मान्न तयार छैनन् ।
सैनिक पोसाकमै २१ सदस्यीय टोलीको नेतृत्व गर्दै काठमाण्डौ आएका उनले राष्ट्रपति, प्रधानमन्त्री, नेपाली सेनाका प्रधान सेनापतिलाई भेटेका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा अवतरण गर्दा उनलाई ग्रेटर नेपालका अभियन्ता फणिन्द्र नेपालले गे्रटर नेपालको व्यानर सहित विरोध जनाएका थिए । नेपालमा आज सम्म कुनैपनि देशका रक्षामन्त्रीको भ्रमण हुँदा सैनिक पोसाकमा आएका थिएनन् । तर चिनियाँ रक्षामन्त्री फेङ्गे सैनिक पोसाकमै किन नेपाल आए ?
फणिन्द्र नेपाल लगायतका ग्रेटर नेपालका अभियन्ताहरुलाई फेङ्गेको भ्रमणका क्रममा प्रहरीले प्रक्राउ ग¥यो । उनीहरुलाई गौशाला प्रहरी वृत्तमा राखियो । आखिरी उनलाई प्रक्राउ गर्नुको मुख्य उद्देश्य के हुन सक्छ ? विगतका बर्षहरुभन्दा नेपाल मामलामा चिनियाँ सरकार बढी नै सक्रिय देखिएको र चीनले नेपालको उत्तरी सीमाहरु कैयौ स्थानमा मिचेको तथ्यांकहरुलाई नेपालीहरुले नजर अन्जाद गर्न नसकून भन्ने चिनियाँ चासो हुन सक्छ । ताप्लेजुङ्गदेखि कर्णाली प्रदेश सम्मका उत्तरी सीमामा अधिकांश स्थानमा नेपाल सरकारको उपस्थिति छैन । कैयौ स्थानमा चीनले नेपाली भूमि मिचेर आलिशान भवन बनाएको छ । कतिपय स्थानमा सडक लगायतका संरचना निर्माण गरेको छ । सीमा मिचेर भवनहरु बनाएको विषयमा कर्णाली प्रदेशका सांसद जीवनबहादुर साहीले तयार पारेको प्रतिवेदन बाहिर आएपछि हतार हतार चिनियाँ राजदूतावासले त्यसको खण्डन मात्र गरेन चिनियाँ सरकारको मुखपत्र ग्लोबल टाइम्सले लाञ्छनायुक्त समाचार नै सम्प्रेषण ग¥यो ।
चिनियाँ सरकारको बुझाई नेपालमा दुई कम्युनिस्ट मिलेर सरकारबनाएका छन् । यो दीर्घकालीन र बलियो हो भन्ने उसको बुझाई छ । त्यसैले पनि नेकपामा खटपट देखिनासाथ चिनियाँ राजदूत हाउ याङ्गछीको सक्रियता बढ्छ । पहिलो कम्युनिस्ट र दोसे्रा दुई तिहाइ निकटको बलियो सरकार टिकाइराख्न याङ्गछीको दौडधूप मुख्य उद्देश्य रहँदै आएको छ ।
रक्षामन्त्री फेङ्गेको भ्रमण छोटो समयका लागि भएपनि यसले दीर्घकालीन उद्देश्य बोकेका हुनुपर्छ । एक बर्ष अगाडि चिनिया राष्ट्रपति सिजिङ्गपिङ्गको नेपाल भ्रमण भएको थियो । त्यसबेला नेपाल सरकारले सिजिपिङ्गको स्वागतमा देखाएको आशक्तिबाट प्रष्ट हुन्छ वर्तमान सरकार चीनप्रति बढी नै निकट छ । फेङ्गेले एयरपोर्टमा नेपालका गृहमन्त्री रामबहादुर थापा बादल, रक्षा सचिव लगायतको स्वागत पाए । त्यसलाई सामान्य नै मान्न सकिन्छ तर उनले विगतका समझदारी कार्यान्वयन गराउने भन्ने मन्तव्य दिनु केही असहजता नै देखिन्छ । राष्ट्र प्रमुख तथा सरकार प्रमुख बीचमा भएका सहमति कार्यान्वयन गर्न दूतावास नै पर्याप्त देखिन्छ । यहाँ एउटा कुरा प्रष्टचाहिँ के देखिन्छ भने पछिल्लो समय नेपालमा पनि चीन विरोधी गतिविधि देखिन थालेका छन् । चीन विरोधी गतिविधि नदेखियोस्, तिब्बती शरणार्थीका सम्बन्धमा नेपाल पुरानै नीति कायम रहोस् भन्ने उसको मान्यता रहँदै आएको छ । तर चिनियाँहरुको मिचाहा प्रवृत्ति, चिनियाँ
राजूतको नेकपा नेताहरुको घर घर पुगेर गरिने भेटघाटलाई सचेत नेपालीहरुले राम्रो मानेका छैनन् ।
