घण्टाघरबाट हेर्दा

खै कस्तो कस्तो
नेपालको गणतन्त्र खै कस्तो कस्तो ? भीरको चिण्डो उँद्यो न उँभो जस्तो । यहाँ चुनाउ हारेकाले सांसद पाउँछन् । श्रीमतिको सफया गर्ने, बालबालिका बलात्कार गरी हत्या गर्नेले सफाइ पाउँछन्, ७० करोड भन्दा माथि भ्रष्टाचार गर्नेले पुरस्कार पाउँछन् । बुझ्न नसकिएको गणतन्त्र । विश्वका अन्य देशको भन्दा नेपालको गणतन्त्र फरक छ । फरक भएरै होला मान्छेको शिकार गर्नेहरुले देश चलाउन पा’छन । जति धेरै मान्छेको शिकार ग¥यो, जति धेरै लुटन सक्यो उसैका काँधमा बोक्नै नसक्ने माला भिराइन्छ । स्त्री चरित्र पुरुषो भाग्य दैव नजानी…..भनेर बूढापाकाहरु फलाक्ने गर्थे । घण्टाघरलाई यो गणतन्त्र बुझ्न न्तयस्तै गाह« भएको छ । झन बुझ्यो झन गहिरो भनेझै १२ बर्ष भन्दा बढी समयदेखि बुझ्दा पनि गणतन्त्रको छेउ पुच्छर केही फेला पर्दैन । गणतन्त्रका चालकहरु कहिले वाल्वाटारको जग्गा प्लटिङ्ग गरेर लालपूर्जा बोकेर हिँड्छन्, कहिले वाइडबडीबाट आर्जन भएको मुनाफा भाग बण्डा गर्छन, ओम्नी र यतिलाई सारेर ड्या गर्छन् । गणतन्त्रको महिमा अपराम्परै रै’छ गाँठे ।
प्रचण्ड कम्युनिस्ट हैनन् रे
स्याँके काम्रेड अस्तिका दिन खोक्दै थिए । स्याँके काम्रेड माने मोहन वैधाउ । वैधाउको खोकाइले एकपटक सबैलाई अचम्मित बनाइद्या छ । खोकाइ थियो प्रचण्डाउ कम्युनिस्ट नै होइनन् रे । अवसरवादी र यथास्थितिवादी हुन रे । गुर्किने बेलामा हरियो काँक्रो भनेझै । त्यत्रो महान जनयुद्ध लडेर आका, मान्छेको शिकार गर्न कुनै धक नमानेका, लुट्ने दौडमा प्रथम भाका, माओका लागि सति नै जान सक्ने, त्यसता महान मान्छेलाई त्यसरी थुतुनामा जे आयो त्यही बोलेर जथाभावि आरोप लगाउनु त भएन नि गाँठे । प्रचण्डाउ कम्युनिस्ट नै हुन् । आवसवारवादी र यथास्थितिवादी त हुनै सक्दैनन् । तर स्याँके वैधाउले त्यसरी गम्भीर अरोप लगाउनचाहिँ अलि हजम हुँदैन । आखिरी प्रचण्डाउका गुरु वैधाउ नै हुन् क्यारे । प्रचण्डाउको खोपडीमा कम्युनिस्टका विउ हाल्न वैधाउले विर्सेछन् कि क्या हो ? हुन त जस्तो गुरु त्यस्तै चेला हुने त हो । वैधाउको कम्युनिस्ट सर्टिफिकेटमा शंका पो लाग्न थाल्या छ । बरु पहिलेका कम्युनिस्ट भए भन्या भे’त बरु तैवरु पत्याउन सकिन्छ । हुन त सर्पको टंगी सर्पले नै देख्छ भन्छन् । कि कसो हौ ?
भाले मेवा
हाम्रा पर्धानमन्तरी यतिबेला भाले मेवा जस्तै भा’छन् । भाले मेवाको न घाँस हुन्छ न त्यसले फल दिन्छ , न त्यसको दाउरा हुन्छ न मल । भाले मेला पालेको भन्दा फालेकै जाति । हुन त अर्थोक केही गर्न नसके पनि हाम्रा पर्धानमन्तरीले नेपालाई यतिबेला दक्षिण एसियामा चिनाउने महान कार्यचाहिँ गरेका छन् है । ट्रान्सपरेन्सी इन्टरनेशनलले भ्रष्टचारमा नेपाल दक्षिण एसयाकै पहिलो नम्बरमा उक्लिएको घोषणा गर्दिया छ । यो चानचुने काम हुँदै होइन । यस्तो विख्यात रेकर्ड न राणाले राखे, न पञ्चले राखे । यस्तो रेकर्ड बनाउने पहिलो पर्धानमन्तरी खप्रओ नै हुन् । दक्षिण एसियामा नेपाललाई सबै देशले चिन्न थाल्या छन् । हुन त भारुमा एउटा उखान त गुमनाम से अच्छा बद्नाम ठीक । यो रेकर्ड कायम गराउन हाम्रा पर्धानन्तरीले रातदिन नभनी मेहनत गर्नु भा’छ । यसको लागि उहाँले विष्णुृ, योगेश, सूर्य, गोकुल, लगायतका दिग्गजकै गहकार्यका कारण नेपाल भ्रष्टचारको एक नम्बरमा पर्न सफल भा’को हो । यही रÏतारमा अझ दुई बर्ष खप्रओेले काम गने अवसर पाएमा संसारकै नम्मर एकमा पु¥याइ दिन्छन् । अनि त सांरभरि नेपाललाई नचिन्ने कस्ले ?
हाइड्रोसिल बाउराम
आयाराम गयारामको पचिय बनाएका बाउराम कामी नेपाली जन्ताका लागि हाइड्रोसिल नै भा’का छन रे । होला पनि जता गयो त्यतै ठक्कर खाएसी’ मान्छेले तथानाम बोल्दै हिड्छ भन्थे । यतिबेला बाउराम कामी त्यस्तै भा’छन् । जनमोर्चाबाट माउवादी, माउवादीबाट नयाँ शक्ति, नयाँ शक्तिबाट मधेशवादी बन्दै हिडेपनि कहीँबाट केही नझरेसी’ उनले बर्बराउनु स्वभाविक हो । हाइड्रोसिलले सताइएको मानिसलाई आफैदेखि विरक्त लागेझै बाउरामलाई पनि आफैदेखि विरक्त लागेर बर्बराउन थाल्या होलान् । अस्तिका दिन त तिन्ले गणतन्त्रको भात पाक्न ढिलो भयो भन्दैमा राजतन्त्रको गोवर नखाउ सम्म भनेछन् । बाह्रबर्षदेखि गणतन्त्रमा जन्ताका लागि गोवरमात्र पाउने काम भएको तिन्ले भुुसुक्कै विर्सेछन् । सीमित व्यक्तिले मात्र गण्तन्त्रको रस्वादन ग¥या छन् । त्यस्ता सीमित व्यक्तिमा बाउराम कामीको नाम नि आउँछ । अब यतिबेला सडकाँ राजतन्त्रको पक्षेमा नारा जुलुस हुन थालेसी’ बाउराम कामीहरु त बर्बाउन थाल्या छन् अरुको हालत के होला ?
जन्ताको सपना कस्ले पूरा गर्ने ?
यो देशको राजनीति पनि साह«ै उदेक लाग्दो छ । सत्तामा नपुगुन्ज्याल हामी जनताको सपना पूरा गर्छौ, शहीदका सपना पूरा गर्छौ भनेर लम्बेतानको घोषणापत्र बनाएर भट्याउँछन् । सत्तामा पुगेसी जन्ता पनि चिन्दैनन अनि शहीद पनि विसन्छन् । अब हेरम न मदन भण्डारीको सपना विद्या भण्डारलले पूरा गर्ने, प्रकाश दाहालको सपना विना मगरले पूरा गर्ने, रविन्द्र अधिकारीको सपना विद्या भट्टराइले पूरा गर्ने रे र सत्तामा पुगेसी स्वास्नीले लोग्नेका, लोग्नेले स्वास्नी र आफन्तको मात्र सपना पूरा गर्ने भएसी जन्ताको सपना तुहिने नै भयो । नेपालाँ जोसुकै शासक आएपनि जन्ताको सपना पूरा गर्ने कुनै गठ्ठे देखा परेनन् । आफ्ना र आफन्तको सपना पूरा गर्दैमा ठिक्क भएसी जाबो जन्ता कौन पुछे केसरीके दाल । कि कसो हौ ?
घोर्लेको दा
सहराँ कहिले साँढेको बडेमानको राजधानी झर्ला र खामला भनेर लुते कुकुरहरु एक अर्कामा ङयार्र ङ्यार्र गर्र्दै पछि पछि दौडिएझै यतिबेला घोर्ले माने बूढानिलकण्ठे काजी स्याल बहादुर घरी बाल्वाटार सुँघ्न पुग्छन्, घरी भैसैपाटी चियाउन पुग्छन्, घरी कोटेश्वर दौडन्छन । लाँग्रेसभित्रैको रडाको मिलाउन नसकेर उत्तानो परेका स्यालबहादुर कहिले दुई पूर्व फुट्लान र आफू घोडा चढम्ला भनेर व्याकुल भा’छन् । वाल्वाटारे उखाने वाले त आश्वासन नै दिइक्या छन् रे । आठ वटा गतिला, मालदार मन्त्रालय दिने भेनर । त्यही आश्वासन पाएर हौसिएका स्यालबहादुर घरभित्रको झगडा भाँडमा जाओस् भनेर पन्छन् थाल्या छन् रे । सत्तामा जान पाए मुख मिठ्याउन पाइन्छ जाबो बुढानिलकण्ठ र सानेपा दौडिएर फुइøयाँ हुन्छ भन्न थाल्या छन् रे । तिनका त्रिताल विश्वासी पात्रहरुसमेत यतिबेला घोर्ले काजीको पछि लाग्दा गाडीमा झण्डा हल्लाउन पाइने आशाले किचेन सम्मै पुग्न थाल्या छन् रे । सत्ता भनेसी बुर्कुसी मारेर दौडने स्यालबहादुले साँढेको राजधानी भेट्लान कि हेरेरै चित्त बुझाउने हुन् । भगवान भरासे ।
सुजो सभापतिमा उठ्ने रे
गिर्जाउको विरासत डकार्न जर्मनदेखि हाम पालेर नेपाल आएकी नेप्लिज लाँग्रेसकी स्वघोषित नेतृ सुजो आच्या सुजाता जोष्ठ आगामी १४ औ महाधिवेशनमा सभापतिमा उठ्ने रे । घण्टाघरका कानले धोका नखाएको भए सुजोले आफ्नै थुतुनाले भट्याकी सुन्या हो । आची गर्नेलाई भन्दा देख्नेलाई लाज भनेझै उठ्न कस्ले रोक्या छ र ? गिर्जाउ बाँचुन्ज्याल तिन्ले खुट्टो हल्लाउन सम्म हल्लाइन् । मान्छेलाइ त मान्छे नै नगन्ने । आफ्नै पार्टीका कार्जेकर्तालाई गिर्जाउको तुरुप देखाएर लखेट्न सम्म लखेटिन । कसैले तपाई भनोस कि नभनोस आफै मपाई । देशका कुनै पनि कार्जेकर्ताले सुजोलाई सभापतिमा उठ्नोस भन्या छैनन् । अनि बहुलठ्ठी ढंगले सभापतिमा उठ्छु भनेर कस्लाई सुनाएकी होलिन् ? अब लाँग्रेसमा गिर्जाउको विरासतले केही माखो मार्ला जस्तो छैन । तैपनि सुजो एकोहोरो गोडा फट्कारेर उठ्छु भन्दै छिन् । लौन कसैले त तिन्लाई सम्झाई देओ ।
अन्तेमा
नेपालका विदेश मन्तरी प्रदिआउले अस्तिका दिन बडो गज्ज्बको भाषण छाँटे । हुन त नेकपाका तलदेखि माथिसम्मका मनुवाहरु भाषण छाँटेरै राशन जुटाउँछ् । प्रदिआउले भन्या अब देशका भ्रष्टहरुलाई पाता फर्काएर जेल हालिन्छ रे । तिनको भाषन सुन्दा घण्टाघरलाइ पनि कुरी कुरी लागेर आयो । हाल्ने भए वाल्वाटारे जमिन्दार, ओम्नीका मतियार, यतिका मुखिया, वाइडबडी र न्यारोवडी अंसियार, पानी ट्यांकीमा पैसो थुपाने विभाग विनाका मन्तरी, मेलम्चीमा डकार्ने मन्तरी, विजुलीमा अरबौ हसुर्ने विजुली मन्तरी लगायतलाई पहिला खाँद्नुप¥यो नि । यिन्को भाषणा भन्या नेपिलज जन्ताको लागि बाँदरको पुच्छर लौरो न हतियार जस्तै हो । पानीमा छाडेको अपानवायु जस्तो गफ किन दिनु ? गर्नेले फलाक्दै हिड्दैन । नगर्नेले चार चौरास फलाक्दै हिड्छ । माथिका कुनै एकजना
मतियारलाई अँठ्याएर जेल हालेको दिन जन्ताले घर घरमा मैनबत्ती बाल्छन् । नानीभन्दा आँची ठूलो भन्या यही हो । गर्नै नसक्ने कुरा फलाक्न हाम्रा विदेशी मन्तरीको थुतुनो किन फर्फराएको होला ?

तपाईको प्रतिक्रिया