इटहरी÷कोरोना महामारीसँगै गत चैत्रदेखि सरकारले घोषणा गरेको लकडाउनका कारण बन्द हुन पुगेको गोरखा होटल प्रा.लि. शनिवारबाट पुनः सञ्चालनमा आएको छ ।
ग्राहकहरुबीचमा ब्राण्ड बनेको गोरखा डिपार्टमेन्ट स्टोरले भ्रमण २०२०लाई लक्षित गरी गत बर्ष पौष १६ गतेबाट गोरखा होटल प्रा.लि. सञ्चालनमा ल्याएको थियो । सञ्चालनको छोटो अवधिमै बन्द हुन पुगेको अत्याधिक सुविधा सम्पन्न, स्टार होटलको मापदण्ड अनुरुप सञ्चालित होटल ग्राहकहरुको आग्रह र सरकारले स्वास्थ्य मापदण्ड पूरा गरी सञ्चालनको अनुमति दिएसँगै पुन ः सञ्चालनमा ल्याएको गोरखा डिपार्टमेन्ट स्टोरका प्रवन्ध निर्देशक बलराम आचार्यले बताउनुभयो ।
कुल चालीस करोडको लागतमा रहेको गोरखा होटल प्रा.लि.मा ४२ वटा कोठाहरु रहेका छन् । ग्राहकरुले तारे होटलकै सेवा सुविधा पाउने होटलमा स्विट रुम, एजुकेटिव रुम, डिलक्स रुम र नर्मल रुमहरु रहेका छन् ।
