धरान÷ भविष्यमा धरानमा खानेपानीको समस्या अझै चुलिएर जाने एक अध्ययन टोलीले निष्कर्ष निकालेको छ ।
तीब्र जनसंख्या वृद्धि सहित अव्यवस्थित शहरीकरणका कारण धरानमा दिनप्रतिदिन खानेपानीको समस्या चुलिदै जाने अध्यन टोलीले गरेको प्रतिवेदनमा उल्लेख छ ।
ठूला सहरहरुमा पानीको अभाव चुलिदै गएको अवस्थामा साउथ एसिया इन्च्यिुट अफ एडभान्स स्टडिज (सियास)नामक संस्थाले सन् धरान २०१६ देखि २०१९ सम्म नेपाल र भारतको विभिन्न सहरमा अध्ययन गर्दा अन्य सहर भन्दा धरानमा खानेपानीको समस्या भयावह बन्दै जाने तथ्य सर्वजनिक गरेको हो ।
साउथ एसिया इन्च्यिुट अफ एडभान्स स्टडिज (सियास) का अनुसन्धान कर्ता कौस्तभराज न्यौपानेले धरानमा मुख्य गरेर तीनवटा पानीको स्रोत भएको भए पनि बर्षेनी जनंख्याबृद्धिसंगै अव्यवस्थित सहरीकरणले अझ समस्या बढ्दै गएको बताउनुभयो । धरानको मुख्य गरेर सर्दु, खर्दु जलाधार क्षेत्र र एसियाली विकास बैंकको ऋण तथा अनुदानमा सञ्चालन गरिएको भूमिगत पानीको स्रोत भए पनि सुख्खा मौसममा धरानेहरु अझै पनि काकाकुलको अवस्थामा रहेको बताउनुभयो । खानेपानीको दीर्घकालीन समस्या समाधानका लागि बर्षामा परेको पानी जमिन पठाएर सञ्चय गर्ने विधि
रिचार्ज फिड विधि प्रयोग गर्न सकिने बताउनुभयो । यो विधिले दीर्घकालीन समस्याको समाधान हुने उहाको भनाई छ ।
एडिवीको पानी समेत २०३१ सम्म मात्र लक्षित गरी ल्याइएको र धरानका जलाधार क्षेत्रको पानीले बर्षेनी थपिदै गएको सहरीकरणले धान्न मुस्किल हुने बताउदै रिचार्ज फिड नै धरानको पानीको स्रोतको वैकल्पिक स्रोत भएको उहाँले बताउनुभयो । अहिलेको परियोजनाको भूमिगत पानी तान्दा खर्च धेरै लाग्ने भएकोले रिचार्ज फिडमा कम लागत लाग्नुका साथै खानेपानीको दीर्घकालीन समस्या समाधानको उपाय हुन सक्ने सुझाव समेत उहाले दिनुभयो ।
धरानमा दैनिक तीन करोड पानी आवश्कता पर्दछ । नेपाल खानेपानी संस्थानले पानीको जाहो चारकाशे झाडीमा रहेको पाचवटा पानी तान्ने वेल र सर्दु खर्दु र तामाखाम जलाधार क्षेत्रबाट पानी संकलन गरेर पानी वितरण गर्ने गर्दछ । सुख्खा मौसमका मौसममा जालाधार क्षेत्र मानिएको सर्दु, खर्दु र तामाखामको पानीको मुहान सुक्ने भएकोले जंगलकै पानी संकलन गरेर धरानेहरुलाई खुवाउने गरेको छ । तर संस्थानको धेरै पुरानो उपकरण भएका कारण समय समयमा विग्रिने गरेको हुदा पानी ट्यांकीमा सकंलन हुन नसक्दा सुख्ख मौसममात्र हैन बर्षातको समयमा पनि पानी पिउन नपाउने धरानेहरुको नियति नै हो । यस्तै खानेपानी परियोजनाले उत्पादन गर्ने गरेको पानी पनि पर्याप्त छैन । जसले गर्दा रिचार्ज विधि अहिलेको लागि दीर्घकालीन समस्या समाधानको लागि उपयुक्त उपाय भएको अध्ययनको ठहर छ ।
