तेस्रो नेवा च्यारिटी खुल्ला म्याराथुन दौड प्रतियोगिता सम्पन्न

धरान/एचआइभी  सक्रमित बालबालिकाहरुको सहयागार्थ शनिवार
धरानमा तेस्रो  नेवाच्यारीटि खूल्ला म्याराथुन दौड प्रतियोगिताभएको छ ।
नेवाच्यारिटिको आयोजनमा भएको दौडमा पुरुष खुल्लातर्फ नेपाल पुलिसका ललित थापा ८ किलोमिटरको दुरी २७ मिनेट २५ सेकेण्डमा पार गर्दै पहिलो भए  । उनले नगद ३० हजार मेडल हात पारे । महिला खुल्लातर्फ काठमाडौकी मिरा राई ८ किलोमिटरको दुरी ३५ मिनेट २२ सेकेण्डमा पार गर्दै पहिलो हुदै नगद ३० हजार र मेडल पाइन भने उमेर समुहको १२ बर्ष भन्दामुनिको उमेर समुहमा बालकतर्फ   ८ बर्षिय प्रथम भए भने  बालिकातर्फ १० वर्षिया
शारदा राई पहिलो भइन् । उनिहरु दुबैले नगद ५/५ हजार हातपारे । उमेर समुहको ४० वर्ष भन्दामाथिको पुरुष तर्फ
धर्मराज महर्जन र महिलातर्फ रिताले उपाधी कब्जागर्दै नगद ५/५ हजार पाए । सबेै समुहमा गरी ११ सय जनाको सहभागीता रहेको म्याराथुनमा खुल्लापुरुषतर्फ  ८ किलोमिटरको दुरी २८ मिनेट १ सेकेण्डमा पार गर्दै नेपाल प्रहरीकै भुमी राज राई दोस्रो  र सोही दुरी २८ मिनेट ३ सेकेण्डमा पार गर्दै नवराज थापा तेस्रो हुदै नगद २० हजार र १० हजार पाए । यता खुल्ला महिलातर्फ भने काठमाडौकी सोही दुरी ४९ मिनेट ४२ सेकेण्डमा
पार गर्दै नारायणदेवी ंिसह दोस्रो र तेस्रो धरानकी शुष्मा राईले साही दुरी ४९मिनेट ४५ सेकेण्डमा पार गर्दै  तेस्रो भइन । उनिहरुले पनि नगद २० हजार र १० हजार हात पारेकाथिए । धरानमा प्रत्येक शनिबार धरान रन गर्दै आएको नेवाच्यारीटिले खेलाडीको नामदर्ताबाट संकलित रकम  धरानमा रहेका २५ जना सक्रमित बालबालिकाहरु प्रदान गर्ने म्याराथुनको आयोजना गरेका आयोजकले जनाएको छ । प्रतियोगिताका विजेताहरुलाई कोशी अञ्चल प्रहरी कार्यलय
धरानका प्रमुख एसएसपी ज्ञानविक्रम शाह ले पुरस्कार वितरण गरेका थिए ।

तपाईको प्रतिक्रिया