धरान÷धरानका बरिष्ठ समाजसेवी, एक दर्जन भन्दा बढी सामाजिक संघ संस्थामा आवद्ध गजेन्द्र इस्वोको कोरोना संक्रमणका कारण हिजो मंगलबार निधन भएको छ ।
संघीय समाजवादी पार्टीका बरिष्ठ नेता, भूतपूर्व गोरखा सैनिक संघका पूर्व जिल्ला अध्यक्ष एवम् केन्द्रीय सदस्य, गोरखा बचत तथा ऋण सहकारी संस्थाका पूर्व अध्यक्ष, गोरखा स्मृति पार्क निर्माणमा सक्रिय, इस्वो याक्थुङ संघ केन्द्रीय समितिका उपाध्यक्ष, इस्वो कल्याणकारी कोषका पूर्व अध्यक्ष एवम् सल्लाहकार इस्वो केही दिनदेखि कोरोना संक्रमणका कारण अस्वस्थ रहँदै आउनु भएको थियो ।
धरानका हरेक विषयमा गहिरो चासो लिने, उत्पन्न समस्या समाधानका लागि सक्रिय रुपमा त्यसको रुपान्तरणका लागि लाग्नु हुने इस्वो गत बर्ष भएको धरान उपमहानगरपालिकाको प्रमुखको उपनिर्वाचनमा संघीय समाजवादी पार्टीका तर्फबाट प्रत्यासी समेत रहनु भएको थियो ।
