भारतीय सेना प्रमुख कार्तिक तेसो साता नेपाल आउदै

धरान÷नेपाल सरकारले भारतीय सेना प्रमुखको नेपाल भ्रमणलाई लिएर झण्डै नौ महिना अगाडि निर्णय गरे तापनि भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नरवर्णे आगामी कार्तिक तेसो साता नेपाल भ्रमणमा आउनुहुने भएको छ ।
सुदुर पश्चिममा देखिएको नेपाल भारत बीचको सीमा विवाद र कारोना संकटका कारण रोकिएको भारतीय सेना प्रमुख जनरल नरवणेको नेपाल भ्रमण तय भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौड्यालका अनुसार भारतीय सेना प्रमुख जनरल नरवर्णेको आउने मिति र भ्रमण तालिका हाल टुंगो नलागिसके तापनि कार्तिक तेसो साता उहाँको भ्रमण हुने देखिएको छ ।
नेपाली सेनाका प्रमुख र भारतीय सेनाका प्रमुखलाई दुवै देशमा मानार्थ महारथीको दर्जा दिने प्रचलन रहँदै आएको छ । नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापाले दिल्ली गएर भारतीय सेनाध्यक्षको मानाथ दर्जा दिल्ली गएर लिइसक्नु भएको छ । नेपाल भ्रमणको क्रममा भारतीय सेना प्रमुख जनरल मनोज मुुकुन्द नरवर्णेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ सेनाध्यक्षको दर्जा प्रदान गर्नु हुने भएको छ ।
यहाँ स्मरणीय कुरा के छ भने भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नरवणेको भ्रमणको पूर्व सन्ध्यामा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले रक्षामन्त्रीको जिम्मेवारीमा रहेका इश्वर पोख्रेललाई जिम्मेवारीबाट हँटाइ रक्षा मन्त्रालयको जिम्मेवारी आफूसँगै
राख्नु भएको छ ।
यस भन्दा अगाडि चिनियाँ निर्देशनमा चल्दै आएका नेपालका पधानमन्त्रीको भारतप्रतिको धारणा बदलिएको हो कि भन्ने अनुमान गर्न थालिएको छ । प्रधानमन्त्री ओलीले भारतसँगको सम्बन्धलाई सुधार्नका लागि यस्तो कदम उठाएको हुनुपर्छ, विश्लेषकहरुको अनुमान छ ।
रक्षामन्त्रीको जिम्मेवारीबाट हँटाइएका उपपधानमन्त्री इश्वर पोखेल ओलीको मन्त्रीमण्डलमा भारतका प्रति कटु आलोचकका रुपमा रहेका थिए । पछिल्लो केही दिन यता भारत सँगको सम्बन्धमा चिसो बढ्नुमा पोख्रेल नै जिम्मेवारी रहेको र उनकै उक्साहटमा ओललीले पनि भारतकाप्रति तीखा टिप्पणी गर्दै आएको स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया