लोकलक्ष्मी स्मृति प्रतिष्ठानले सडक मानवलाई खाना खुवाउदै

धरान÷सडकमै खाने, सडकमै रमाउने र सडकमै सुत्ने सडक मानवको व्यवस्थापन गरेसंगै अहिले धरानका सडकमा सडक मानव सडकमायदाकदा मात्र देखिने गरेको छ ।
विश्वभर फैलिएको कोराना भाइरस संक्रमणबाट बचाउनकै लागि धरान उपमहानगरपालिकाले लकडाउनको शुरुवाती चरणबाटै धरान ८ लांगाली सामुदायिक भवनमा आश्रय दिएर उनीहरुको संरक्षण थालेको थियो । लामो समयसम्म दाताहरुकै सहयोगमा उनीहरुका खानपान, आश्रयसंगै बीपीका स्वास्थ्यकर्मीहरुको सहयोगमा स्वास्थ्य चेकजाँच समेत गराएको थियो । अहिले यो जिम्मा इटहरीको सामाजिक संस्था माया घर नेपालले लिएको छ ।
दीर्घकालीन व्यवस्थापनको सोच लिएर सडक मानवलाई राखिएसंगै उनीहरुलाई दाताहरुले सहयोग जुटाइरहेका छन् ।
पछिल्लो समय सहयोगी हातहरुले निरन्तर सहयोग गरिरहेका छन् । यसै क्रममा समाजसेवी स्व. लक्ष्मीप्रसाद श्रेष्ठ र स्व. श्रमिति लोककुमारी श्रेष्ठको नाममा परिवारले स्थापना गरेको लोकलक्ष्मी स्मृति प्रतिष्ठानले असोज १ गतेदेखि ३० गतेसम्म एक महिनाको लागि ८० जनलाई विहान बेलुकाको खानाको जिम्मा लिएको प्रतिष्ठानका सदस्य राजीव श्रेष्ठले.बताउनुभयो । एक महिनाको खाना खुवाउने जिम्मा लिए पनि देश तथा विदेशबाट सहयोग प्राप्त भएकोले प्रतिष्ठानले अवधि बढाएर मंसिर मसान्तसम्म खाना खुवाउन लागिएको उहाँले बताउनुभयो ।
५ महिना भन्दा बढी समयदेखि लांगाली सामुदायिक भवनमा आश्रय लिएर बस्दै आएका सडक मानवहरु समेत विहान बेलुका कसरी छाक टार्ने भन्ने समस्याबाट मुक्त भएका छन् । लकडाउनकै समयदेखि आश्रय लिएर बसेका राजन घिमिरे आश्रय पाएकोमा आफू सन्तुष्ट भएको बताउँछन् । धरानका पूर्व प्रधानपञ्च, समाजसेवी समाजसेव गर्ने प्रोफेसर इन्द्रप्रसाद श्रेष्ठले आफ्ना आम बुबा आमाको नाममा स्थापना गर्नुभएको प्रतिष्ठानले धरानका सम्पूर्ण सामुदायिक विद्यालयमा अक्षयकोष स्थापना गरेको छ भने धरानको धार्मिक मठमन्दिर, शैक्षिक भवन निर्माण, खेलकुद लगायतका क्षेत्रमा समेत सहयोग पु¥याउदै आएको छ ।

तपाईको प्रतिक्रिया