समाजसेवी अग्रवाललाई पितृ शोक

धरान÷यस धरान साप्ताहिकका संस्थापक सल्लाहकार, धरानका समाजसेवी एवम् व्यवसायी नरेश अग्रवाललार्ई पितृ शोक परेको छ । उहाँका पिता चन्द्रभाङ्ग अग्रवालको आइतबार राति धरानस्थित आफ्नै निवासमा दुःखद् निधन भएको छ ।
लामो समयदेखि अस्वस्थ रहँदै आउनु भएका ८९ बर्र्षीय स्वर्गीय अग्रवालले धरानको विभिन्न क्षेत्रमा पु¥याउनु भएको योगदानलाई आउने पुस्ताले चीरकालसम्म स्मरण गरिरहने छन् । धरान १६ स्थित चन्द्र सँस्कृत माविको भवन निर्माणदेखि दर्जनौ मठ मन्दिर, धर्मशाला, असहाय केन्द्रहरुमा स्वर्गीय अग्रवालले सक्दो सहयोग पु¥याउनु भएको थियो । स्व. अग्रवालको निधनले धरानमा एउटा पुरानो पुस्ताको अन्त्य भएको प्रदेश सभा सांसद चन्द्रप्रसाद श्रेष्ठ बताउनुहुन्छ । प्रत्यक्ष रुपमा धार्मिक तथा अन्य संघ संस्थामा आवद्ध नभएपनि उहँको सहयोग निरन्तर रहने गरेको समेत उहाले बताउनुभयो ।
पाँच भाई छोरा मध्ये एक भाईको केही बर्ष अगाडि असमायिक निधन भएको थियो भने अन्य चार भाईले स्व.अग्रवालकै पथ प्रदर्शक भएर समाजसेवामा योगदान दिइरहनु भएको छ । विश्वव्यापी कोरोनाको माहामारीका बीचमा समेत उहाँलाइ अन्तिम श्रद्धाञ्जली दिन धरान र धरान बाहिरका सैयौ शुभचिन्तकहरु उहाँको निवासमा पुगेका थिए । उहाँको सोमबार चतरामा अन्तिम दाहसंस्कार गरिएको थियो ।

तपाईको प्रतिक्रिया