भारतका पूर्व राष्ट्रपति, भारत रत्नबाट विभूषित प्रणव मुखर्जीको नस्वर शरीर पन्चत्वमा विलिन

भारतका पूर्व राष्ट्रपति, भारत रत्नबाट विभूषित, शालीन तथा आदरणीय व्यक्तित्व प्रणव मुखर्जीको नस्वर शरीर मंगलबार पञ्चतत्वमा विलिन भएको छ ।
भारतका १३ औं राष्ट्रपति मुखर्जीको ८४ बर्षको उमेरमा सोमबार साँझ निधन भएको थियो । मंगलबार राजकीय सम्मानका साथ लोदी स्मसान घाटमा मुखर्जीको नस्वर शरीर पञ्चतत्वमा विलिन भएको थियो । त्यस भन्दा अगाडि उहाँको पार्थिव शरीरलाई आर्मी हस्पिटल (आरएण्डआर) बाट राजाजी मार्गस्थित उहाँको सरकारी निवासमा ल्याइएको थियो ।
उहाँको निधनप्रति भारतका मात्र नभएर नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, विभिन्न राजनैतिक दलका नेता, विभिन्न संघ संगठनका पदाधिकारी र सर्वसाधारणले समेत गहिरो दुः ख व्यक्त गर्दैै नेपालले एक सच्चा हितैषी गुमाएको भन्दै श्रद्धाञ्जली अर्पण गरेका छन् । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले ‘भारतका पूर्व राष्ट्रपति मुखर्जीको निधनले आफूलाई गहिरो दुःख लागेको भन्दै सोमबार साँझ ट्विट गर्नुभएको थियो । उहाले भारतीय सरकार, भारतीय जनता र स्वर्गीय मुखर्जीका परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको थियो ।
भारतका राष्ट्रपति रामनाथ कोपिन्द र प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार भारत रत्नबाट सम्मानि पूर्वराष्ट्रपति प्रणव मखर्जीको निवासमै पुगेर श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । मुखर्जीको अन्तिम सँस्कार राजकीय सम्मानका साथ गरिए पनि शव यात्रामा मानिसहरुको उपस्थिति कम थियो । यसको प्रमुख कारण मुखर्जी कोरोना पोजेटिव हुनुहुन्थ्यो । शव यात्रामा सहभागीहरुले पिपिई किट लगाएका थिए । मुखर्जीका पुत्र अभिजित मुखर्जीले पिता प्रणव मुखर्जीलार्इ मुखाग्नी दिनु भएको थियो । भारतका उपराष्ट्रपति एम–बेकैया नायडु, सिडिएस विपीन रावत, रक्षामन्त्री राजनाथ सिंह, सभामुख ओम विडला, पूर्व प्रधानमन्त्री मनमोहन सिंह, केन्द्रीय मन्त्री हर्षवर्धन, भाजापा अध्यक्ष जेपी नड्डा, काँग्रेस नेता राहुल गान्धी, शशि थरुर, अंिधर रञ्जन चौधरी, सिपिआइ महासचिव डीराजा, दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल लगायत अन्य कैयौले दिवंगत पूर्व राष्ट्रपतिप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो ।
लामो समयसम्म काँग्रेसको राजनीतिमा सक्रिय पूर्व राष्ट्रपति मुखर्जी मस्तिस्कमा भएको रक्तश्रावका कारण १० अगस्तका दिन अर्थात साउन २६ गते अस्पताल भर्ना हुनु भएको थियो । मस्तिक्सको शल्यक्रिया पश्चात उहाँको स्वास्थ्य अवस्था थप गम्भीर मात्र बन्न पुगेन उहाँमा कोरोना पोजेटिव समेत देखियो । स्व. पूर्व राष्ट्रपति प्रणव मुखर्जी सन् २०१२ देखि सन् २०१७ सम्म भारतको राष्ट्रपति रहनु भएको थियो । उहाँलाई सन् २०१९ मा भारत रत्न र सन्. २००८ मा पदम विभुषणबाट सम्मान गरिएको थियो । पूर्व राष्ट्रपति प्रणव मुखजीको निधनप्रति केन्द्र सरकारले सात दिनसम्म राष्ट्रिय शोकको घोषणा गरेको छ भने पश्चिम बंगाल सरकारले पनि शोकको घोषणा गरेको छ ।

दुई पटक प्रधानमन्त्री बन्ने सम्भावना ट¥यो

भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जी केन्द्र सरकारमा अर्थ, रक्षा, विदेश मन्त्रालय कुशलतापूर्वक सम्हालेकोले प्रधानमन्त्रीको चर्चा मात्र भएन दुई पटक विविध कारणले दुई पटक प्रधानमन्त्रीबन्ने सम्भावना टरेको थियो ।
लामो राजनैतिक जीवनमा उहाँलाई दुई पटक प्रधानमन्त्रीबन्ने सम्भावना आए तापनि उहाँ सफल हुन सक्नु भएन । भारतको राजनीतिमा ६ दशकसम्म उहाँको प्रभाव रहयो । उहाँ भारतको सबै भन्दा प्रभावशाली राजनैतितक हस्तिको रुपमा रहनु भयो , उहाँको योगदानको उच्च कदर र सम्मान गर्देै वर्तमान मोदी सरकारले उहाँलाई भारत रत्नको उपाधिबाट सम्मानित गरेको थियो । यसका अलावा मोदी सरकारले उहाँलाई देशको सर्वोच्च नागरिकको सम्मान समेत दिएको थियो ।

इन्दिरा गान्धीको मन्त्रिमण्डलमा अर्थमन्त्री

अत्यन्तै प्रभावशाली व्यक्तित्व स्वर्गीय प्रणव मुखर्जी सन् १९६९ मा पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको निकट भएर राजनीतिमा प्रवेश गर्नुभएको थियो । उहाँँ पहिलो पटक काँग्रेसकै टिकटबाट राज्यसभामा निर्वाचित हुनुभएको थियो । सन् १९७३ मा नै उहाँ केन्द्रीय मन्त्रिमण्डलमा सामेल समेत हुनुभयो ।
पहिलो पटक उहाँलाई औद्योगिक विकास विभागमा उपमन्त्रीको जिम्मेवारी दिइएको थियो । त्यसश्चात उहाँ सन १९७५, १९९३ र १९९९ मा राज्यसभामा निर्वाचत हुनुभयो । उहाँले आफ्नो आत्मकथामा स्पष्टसँग लेख्नु भएको छ संकटकालपछि काँग्रेसको हार भयो । त्यसपछि उहाँ इन्दिरा गन्धीको सबैभन्दा विश्वासपात्र बन्नुभयो । सन् १९८० मा राज्यसभामा उहाँ काँग्रेसको नेता बनाइनुभयो । त्यसबेला उहाँलाई सबैभन्दा शक्तिशाली क्याविनेट मन्त्री मानिन्थ्यो । प्रधानमन्त्रीको अनुपस्थितिमा उहाँ नै क्याविनेट बैठकको अध्यक्षता गर्नुहुन्थ्यो । त्यसबेला उहाँ इन्दिरा गान्धीको क्याविनेटमा अर्थमन्त्री हुनुहुन्यो । सन् १९८४ मा युरोमनी अखबारले उहाँलाई संसारकै सबैभन्दा उत्कृष्ट अर्थमन्त्रीबाट सम्मानित गरेको थियो ।

गान्धीको हत्यापछि प्रधानमन्त्रीको दाबेदार

सन् १९८४ मा भारतकी प्रधानमन्त्री इन्दिरा गान्धीको हत्या पश्चात प्रधानमन्त्री पदका लागि उहाँलाई प्रवल दावेदारका रुपमा हेरियो । उहाँले प्रधानमन्त्री बन्ने इच्छा पनि राख्नुभयो । तर काँग्रेसभित्रका केही बरिष्ठ नेताहरुले प्रणव मुखर्जीलाई पाखा लगाउन राजीव गान्धीलाई प्रधानमन्त्री चुने ।
इन्दिरा गान्धीको हत्या हुँदा राजीव गान्धी र प्रणव मुखर्जी बंगाल राज्यको भ्रमणमा थिए । उनीहरु दुवै जना हतार हतार एउटै विमानबाट दिल्ली पुगेका थिए । मखर्जीको सोच थियो म क्याविनेटको सबैभन्दा सिनियर सदस्य हुँ जसका कारण कार्यवाहक प्रधानमन्त्री मलाई नै बनाउँछन् । तर राजीव गान्धीका नाता पर्ने भाई अरुण नेहरुले त्यसो हुन दिएनन् । उनले राजीव गान्धीलाई प्रधानमन्त्री बनाउने अभियान चलाए । प्रधानमन्त्री बनेपछि राजीव गान्धीले मन्त्री मण्डलमा जगदिश टाइटलर, अम्बिका सोनी, अरुण नेहरु,अरुण सिंह जस्ता अनुहार भिœयाए तर क्याविनेटको नम्बर २ मा रहेका प्रणव मुखर्जीलाई मन्त्री मण्डलमा सामेल गरेनन् । मन्त्री मण्डलमा सहभागी नबनाएपछि उहाँले काँग्रेस छोडिदिनु भयो र आफ्नो अलग पार्टी बनाउनुभयो । उहाले राष्ट्रिय समाजवादी पार्टी गठन गर्नुभयो । तर उक्त पार्टीले असर देखाउन सकेन । सन् १९८९ मा राजीव गान्धीसँगको विवाद सहमतिमा टुंगिएपछि उहाँले समाजवादी पार्टीलाई काँग्रेसमा विलय गराउनुभयो ।

नरसिम्हा रावद्वारा योजना आयोग उपाध्यक्षमा नियुक्त

सन् १९९१ मा राजीव गान्धीको हत्या पश्चात प्रधानमन्त्री बन्नु भएका पिवी नरसिम्हा रावको कार्यकालमा मुखर्जीको राजनीतिक उचाई बढ्यो । उहाँले आफनो मन्त्री मण्डलमा मुखर्जीलाई सहभागी नगराएपनि पाँच बर्षको लागि राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनाउनुभयो ।
नरसिम्हा राव सत्तामै छँदा मुखर्जीले विस्तारै विस्तारै काँग्रेसमा आफ्नो पकड सुदृढ बनाउदै लैजानुभयो । प्रधानमन्त्री नरसिम्हा रावका अगाडि काँग्रेसमा अर्का दिग्गज नेता अर्जुन सिंहले राजनैतिक चुनौति दिन थाल्नुभएको थियो । यस्तो अवस्थामा अर्जुन सिंहलाई पन्छाउन रावले सन् १९९५ मा मुखर्जीलाई विदेशमन्त्री बनाउने चाहना राख्ुनुभयो । तर राव सरकारको पदावधि सकिन एक बर्ष मात्र बाँकी थियो । त्यसपछि काँग्रेस सत्ताबाट बाहिरियो । नौ बर्षसम्म कँग्रेस सत्तामा आउन सकेन । सन् १९९८ मा काँग्रेसको नेतृत्व सोनिया गान्धीले सम्हालिन र मुखर्जी गान्धीसँग निकट भएर जोडिए ।

दोस्रो पटक प्रधानमन्त्रीको चर्चा

सन् २००४मा काँग्रेस पुनः सत्तामा आयो । सन् २००४ मा सोनिया गान्धीलाई विदेश मुलकी भनेर भारतमा सर्वत्र प्रधानमन्त्री बन्नबाट विरोध भयो । उनले पनि आफ प्रधानमन्त्री नबन्ने घोषणा गरिन् । त्यसबेला पनि प्रणव मुखर्जीलाई प्रधानमन्त्री बनाउने कसरत भयो ।
तर सोनियाँ गान्धीले मुखर्जीलाई रोकर मनमोहन सिंहलाई प्रधानमन्त्री बनाउने घोषणा गरिन् । जसका कारण मुखर्जीको हातबाट प्रधानमन्त्री बन्ने दोस्रोे मौका गुमेको थियो । त्यसपछि मुखर्जीले अर्थ मन्त्रालय,विदेश मन्त्रालयको कार्यभार सम्हाल्नु भयो । सन् २०१२ काँग्रेसले उहाँलाई राष्ट्रपतिको उमेदवार बनायो र उहाँ भारतको १३ औं राट्रपतिमा निर्वाचित हुनुभयो ।

तपाईको प्रतिक्रिया