पार्टीैभित्र गुट सञ्चालन गरी संगठन कमजोर बनाउने खेलमा लागेकाहरुलाई नेकपाद्वारा कार्वाहीको चेतावनी पार्टीको आन्तरिक मामला भएकोले सबै भन्न मिल्दैन तर कर्मचारीको ग्रेड घटेजस्तै घट्छ–अध्यक्ष मण्डल

धरान÷प्रदेश नं. १ का मुख्य मन्त्री शेरधन राईको पद धरापमा परेपछि राईको नाममा खुँदो खाँदै आएका सुनसरीका केही स्थानीय नेता, स्थानीय तहका उपप्रमुख, प्रदेश सांसद, प्रदेशका मन्त्री र प्रदेश स्तरीय कार्यकर्ताहरुले केन्द्रलाई दबाब दिन गुटगत भेलाको आयोजना गरेपछि आइन्दा त्यस्तो नगर्न नेकपा सुनसरीले चेतावनी सहित आन्तरिक कार्वाहीको प्रक्रिया अगाडि बढाएको छ ।
भाद्र ३ गते आफूलाई ओली पक्षका नेता तथा कार्यकर्ता भन्नेहरुले सुनसरीको रामधुनी नगरपालिका वडानं. २ को शिव मन्दिर छेउ रहेको साँस्कृतिक भवनको हलमा भेला भई राईलाई मुख्यमन्त्रीबाट नहँटाउन दबाब दिने उद्देश्यले भेला गरेका थिए ।
प्रदेश नं. १ का पर्यटन मन्त्री तथा केन्द्रीय सदस्य जगदिश कुस्यैत, केन्द्रीय सदस्य तैयव हुसैन, प्रदेश सांसद निलम बस्नेत, सर्वध्वज साँवा, खेमराज पोखेल, प्रदेश कमिटी सदस्य मुरारी सुवेदी, धरान उपमहानगरपालिककी उपप्रमुख मञ्जु भण्डारी, इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतम, पूर्व सांसद रेवती भण्डारी लगायत २१ जनाको सहभागिता रहेको थियो भने आयोजनाको सम्पूर्ण खर्च जगदिश कुस्यैत र निलम बस्नेतले गरेको बताइएको छ । बैठकमा सहभागी एक जनाले दिएको जानकारी अनुसार बैठकमा सहभागी कसैको पनि फोटो खिचिएन र सामाजिक सञ्जालमा हालिएन । स्रोतले दिएको जानकारी अनुसार बैठकले अलिखित रुपमा सातवटा निर्णय गरेको थियो । निर्णयमा मुख्यमन्त्री शेरधन राईको हेरफेर हुन नदिन केन्द्रलाई दबाब दिने तथा एक नम्बर प्रदेशका इन्चार्ज भीम आचार्यका विरुद्धमा एक हुने मुख्य निर्णय भएको थियो । बैठकका निणयहरुको व्रिफिङ्ग बैठकका सहआयोजक तथा प्रदेश कमिटी सदस्य रेवती भण्डारीले गर्नुभएको थियो । स्रोतका अनुसार टोल कमिटीसम्म भीम आचार्यका विरुद्धमा आवाज उठाउन कायकर्तालार्इ संगिठत गर्ने, मदन भण्डारी फाउन्डेशनका नाममा समान्तर समिति गठन गर्ने लगायतका निर्णय मायन्युट विना भएपनि सहभागीमध्येकै केहीले त्यसको विरोध गरेका थिए ।
ओली निकट भनेर चिनिएकाहरुको भेला र त्यसले अलिखित गरेको निर्णहरु बाहिर आएपछि नेकपा जिल्ला कार्य समितिले भाद्र ८गते विज्ञप्ती नै प्रकाशित गरेर भेलामा सहभागीहरुलाई चेतावनी दिएको छ । नेकपा सुनसरीका अध्यक्ष योगेन्द्रप्रसाद मण्डलसँग हामीले छुट्टै भेलाको आयोजना गर्नेहरुलाई तपाइहरुले चेतावनी मात्र दिनु भएको हो कि कार्वाहीको प्रक्रिया पनि अगाडि बढाउनु भएको छ भन्ने जिज्ञासामा उहाँले भन्नुभयो अहिले हामीले सचेत गराएका हौं । कार्वाहीलाई अगाडि बढाउने कुरा पार्टीले सोच्छ । उनीहरुलाई कार्वाही भित्री रुपमा हुन्छ, त्यो अहिलै भन्न मिल्दैन । कर्मचारीहरुको ग्रेड घटेजस्तै ग्रेड घटन सक्छ ।
सोमबार जारी गरिएको विज्ञप्तीमा अध्यक्ष मण्डल र सचिव रमेशकुमार बस्नेतको हस्ताक्षर रहेको छ । विज्ञप्तीमा भनिएको छ नेपालका दुईवटा ठूलो कम्युनिस्ट पार्टीहरु विघटन भई २०७५ जेष्ठ ३ गते नेपाल कम्युनिस्ट पार्र्टीको निर्माण भएको हो नेकपाको गठन अकस्मात र हठात नभई तीसको दशकबाट शुरु भएको भएको पुुर्नगठन र एकीकरणको प्रक्रियाको निर्णयक चरण हो । नेपाली कम्युनिस्ट आन्दोलन विभिन्न आरोह अवरोह पार गर्दै ७० को दशकमा आइपुग्दा मुलुकको निर्णायक शक्तिको रुपमा स्थापित भएको छ । नेकपाको निर्माण हुनुअघि साविकका दुई वटा पार्टीका बीच विभिन्न चरण र समयमा सम्वाद, सहमति र ०७४ को संसदीय निर्वाचनमा गठबन्धन निर्माण गरी संयुक्त रुपमा निर्वाचनमा सहभमागी हुने सहमति, एउटै घोषणापत्रको निर्माण, सहमतिबाट संघीय सरकारको निर्माण गरी संयूक्त रुपमा निर्वाचनमा सहभागी हुने सहमति भएको हो । अत्यन्तै ऐतिहासिक महत्वका चरण पार गरेर आएको अवस्था छ । जसको फलवरुप संघमा झण्डै दुई तिहाइको नेकपाको सरकार, ६ वटा प्रदेशमा नेकपाको वहुमतको सरकार गठन भएको छ । दक्षिण एसियामै एउटा मजबुत र शशक्त पार्टीको रुपमा स्थापित भएको छ ।
यस्तो अवस्थामा नेकपाका केही नेता कार्यकर्ताहरुले एकतामा आँच पु¥याउदै कुनै निश्चित नेतृत्वको पक्षमा सडकमा नारा लगाउने, पूर्व पार्टीको नाममा गुटगत भेला गरी पार्टीका कतिपय कमिटी, कमिटीका नेताहरुको मानमर्दन गने जस्ता गतिविधि विभिन्न सञ्चारमाधयममा आउँदा नेकपा जिल्ला कमिटीको गम्भीर ध्यानाकर्षण भएको छ । विज्ञप्तीमा भनिएको छ २०७५ जेष्ठ ३ गते भएको पार्टी एकताका बाँकी कार्यभार पूरा गर्नुपर्न दायित्व हाम्रो काँधमा रहेको र सदृढ, एकता बद्ध नेकपा बनाउने आम कार्यकर्ता तथा नेपाली जनताको चाहना पूरा गर्ने दायित्व लामा ेसमयसम्मको लकाउनका कारण सम्पन्न हुन नसकिरहेको र अर्कोतर्फ सर्वसाधारण जनताको सामान्य दैनिक क्रियाकलापसमेत गर्न नपाइरहेको अवस्थामा हाम्रो पार्टीको विभिन्न कमिटीमा आवद्ध नेता, कार्यकर्ता तथा सार्वजनिक पद धारण गरेका जनप्रतिनिधिहरुले सरकारी निषेधाज्ञा र पार्टीको विधि, पद्धति उल्लंघन गर्दै गुटगत क्रियाकलाप गर्न वान्छनीय नभएकोले जिल्ला कमिटी तथा माहतका सदस्यहरुलाई इत्स्ता गतिविधिमा संलग्न नहुन सचेत गराईछ । केन्द्रीय कमिटी तथा प्रदेश कमिटीका नेताहर समेत सहभागी भएको जानकारी हुन आएकोले त्यस्ता गतिविधि नगर्न नगराउन विज्ञप्तीमा सचेत गराइएको छ ।

तपाईको प्रतिक्रिया