नालायक सरकार : तराईका किसानको बेहाल

इनरुवा ÷नालायक सरकारका कारण तराईका किसानहरुको बेहाल भएको छ । धानमा प्रयोग गरिने युरिया मल आयामतका लागि नेकपा अध्यक्ष प्रचण्डका घरभेटीलाई अरबौको टेन्डर विना प्रतिष्पर्धा मिलेमतामो दिए पनि समयमै युरियामल आयात नगर्दा तराइका किसानहरुले सीमावर्ती क्षेत्रबाट ल्याइएको मलमा नुन मिसावट पाइएपछि कृषकहरु चिन्तित भएका छन् ।
सुनसरीका किसानहरुलाई सरकारी स्वामित्वमा रहेका कृषि सामाग्री संस्थान, विभिन्न कृषि सहकारीबाट युरिया मल उपलब्ध नगराइएपछि भारतबाट तस्करी गरेर ल्याइएको युरिया मल खेतमा हाल्दै आएका थिए । मल हालेपछि धानका बोटहरु सुक्ने, मर्ने र खुइलिने भएपछि कृषि प्राविधिकसँगको परामर्शपछि युरियामा नुन मिसिएको पाइएको छ । खासगरी सुनसरीको तराई क्षेत्र मधेशा, डुम्राहा, इनरुवा, भोक्राहा,प्रकाशपुर,मधुवन, दुहवी,
औरावनी, एकम्बाका किसानहरुको खेतमा प्रयोग गरिएको डिएपी युरिया मल हालेपछि धानबाली नष्ट भएको पाइएको छ । मधेशाका किसान हरिनारयण चौधरीले भने दर्जनौ किसानले भारतबाट तस्करी गरेर ल्याइएको मल धान खेतमा हालेका छन् । ज–जसले मल हाले सबैको धानबाली नष्ट हुँद गएको छ ।
रामधुनी नगरपालिका २ का किसान देवु पौड्याले भने गाईवस्तुलाई खुवाउने तीन रुपैया किलोको नुन युरियामा हालेको पाइयो । ४० रुपैया प्रति केजी पर्ने युरियामा नुन हालेर एकातिर ठगी गरे भने अर्कोतिर यस पटकको धान बाली नै बर्बाद भयो । तराईका किसानहरुले धानबाली गोडी सकेपछि उत्पादन बढाउउन युरिया मलको प्रयोग गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया