कोभिड अस्पतालमा पानीको हाहाकार

धरान, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा पानीको हाहाकार हुदा उपचारमा रहेका विरामी मारमा परेका छन् ।
कोभिड ३ लेवलको अस्पतालमा नै पानीको अभाव भएपछि विरामीहरुले अस्पताललाई जानकारी समेत गराएका थिए ।
कोरोना संक्रमित विरामीका लागि हरदम पानीका आवश्यकता भएपनि आज भने अहिलेसम्म पानी नआएको त्यहाका विरामीहरुले गुनासो गरेका छन् ।
अस्पतालमा उपचारार्थ कोरोना संक्रमित एक नर्सले विहानैदेखि अस्पतालमा पानी नआउदा समस्या भएको बताइन् । कोभिड अस्पतालको पुरै बिल्डिङमा पानी नआउदा अहिले विरामीहरुले शौचालयसम्म जान नसकेको बताइन् । उनले अस्पताल प्रशासनदेखि सबैतिर यस विषयम जानकारी गराउदा समेत अस्पतालले वेवास्ता गरेको बताइन् ।
अस्पतालले वेवास्था नै गरेका कारणले सत्यतथ्य बुझेर समाचार प्रकाशित गर्न उनले आग्रह गरिन् । यस विषयमा प्रतिष्ठानको सम्बन्धित पक्षसंग बुझ्न खोज्दा सम्पर्क हुन सकेन । प्रतिष्ठानको कोभिड अस्पतालमा अहिले ६ जना नर्ससहित अन्य विरामी रहेका छन् ।

तपाईको प्रतिक्रिया