टक अफ वारमा गुल्म प्रहरीको वर्चस्व

धरान/तीनदिने सडक महोत्वसको अन्तिम दिन अञ्चल प्रहरी गुल्म धरानका प्रहरी जवान र सुनसरी बडिविल्डिङ्ग संघका बीचमा भएको रोचक टक अफ वारको उपाधि गुल्मका जवानहरुको पोल्टामा पुगेको छ ।
होटल एसोसिएसन अफ धरानको आयोजनामा माघ २४ गते देखि २६ गतेसम्म शिक्षा, स्वास्थ्य, पर्यटन, व्यापार, पूर्वाधार, वहुसाास्कृतिक, आवासीय, समृद्ध सहर धरान भन्ने नाराका साथ सडक महोत्सव सम्पन्न भएको थियो । विगतको तुलनामा पृथक ढंगले आयोजना गरिएको महोत्सव खानपिन स्टलदेखि विभिन्न जातिका झााकी, पहिरनसागै सूचनाका हक सम्बन्धी स्टलहरु रहेका थिए ।
महोत्सवको अन्तिम दिन गुल्मका ख्याउटे प्रहरी र बटारिएका पाखुरा भएका बडिविल्डिङ्ग संघका युवाहरुबीचको टक अफ वारले केही समय धरानेहरुलाई पूर्ण मनोरञ्जन दिलाएको थियो । ८/८ जनाको टिम रहेको उक्त प्रतियोगिता वेष्टप थ्रिको आधारमा खेलाइएको
थियो । बडीविल्डिङ्ग संघका युवाहरुको यमानका फुलेका पाखुरा देख्दा जोकोही दर्शकले पनि विचरा पुलिसहरु वित्थामा के भिड्न आएका होलान् भन्ने सोचेका थिए । तर तिनै ख्याउटे प्रहरीले लगातार दुई पटक युवाहरुलाई पराजित गरेपछि भने धेरैले जिब्रो टोकेका थिए । उनीहरुको प्रतिक्रिया थियो आखिरी पुलिस भनेका पुलिसै हुन्, ख्याउटे देखेर के गर्नु ? आयोजकका तर्फबाट विजेता गुल्मका प्रहरीहरुलाई पुरस्कारस्वरुप सिंगो खसी प्रदान गरिएको थियो भने उपविजेता सुनसरी बडी विल्डिङ्ग संघका युवाको भागमा कुखुराको भाले परेको थियो ।
त्र

तपाईको प्रतिक्रिया