धरान÷आइतबार धरान साप्ताहिकले उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीले अवैधानिक गरेका कामलाई वैधानिक बनाउन साउन ३० गते सिनेटको बैठक राख्न लागेको विषयमा समाचार सम्प्रेषण गरेपछि नेपाली कांग्रेस निकट नेपाल तरुण दल धरान नगर समिति र स्वतन्त्र विद्यार्थी युनियनले उपकुलपतिको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।
उनीहरुले एसियाकै प्रतिष्ठित स्वास्थ्य संस्था सुनसरीको धरानमा रहेको बीप िकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेथिति बढेको भन्दै उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीको कार्यकक्षमा तालाबन्दी गरेका हुन ।
प्रतिदिन बढ्दै गएको कोरोना संंक्रमण उपचारमा प्रतिष्ठान नलागी खाली आफ्नो स्वार्थका लागि काम गरेको भन्दै उनीहरुले प्रतिष्ठानका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।

तीन महिना भन्दा अगाडि प्रदेश नं.१ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेको कोभिड अस्पताल अझै निर्माण भएर सञ्चालनमा नआउदा धरानमा दिनप्रतिदिन कोेरोना संक्रमण बढ्दै जादा प्रतिष्ठानमा आइसुलेसनको वेड खाली नभई घरमै राख्न परेको, आइसुलेसन वार्ड धरान बासीका लागि २५ सुरक्षित गर्नुपर्ने, साउन ३० गते गर्ने भनिएको सिनेटको बैठक अहिलेको विषम परिस्थितिलाई ख्याल गरी स्थगित गर्नुपनेृ माग राखी उनीहरुले कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।
कोरोना संक्रमण समुदाय स्तरमै फैलिदै जादा धरान उपमहानगरपालिकाले २८ गतेसम्म लकडाउन गरेको र जिल्ला प्रशासन कार्यालय सुनसरीले साउन ३२ गतेसम्म जिल्लाभरि निषेधित क्षेत्र घोषणा गरेको अवस्थामा आफm्नो स्वार्थ पूर्तिका लागि सिनेट बैठक राख्ने तयारी भइसकेको भन्दै यसलाई तुरुन्त रोक्नुपर्ने तरुण दलधरान नगर समितिका सभापति हिमाल श्रेष्ठले चेतावनी दिनुभयो । उनीहरुले हरेक पटक हुने सिनेटको बैठकमा धरान उपमहानगरपालिका सिनेट सदस्य रहेकोले उपमहानगरपालिकासंग बुदागत छलफल गरेर मात्र राख्नुपर्ने, आइसियु सवा र डाइलासिस सेवालाई क्षमता भन्दा बृद्धि गरी सेवाग्राहीलाई राहत मिलाउने काम गर्नुपर्ने, प्रतिष्ठानमा अध्ययन तथा जागिरका लागि स्थानीय कोटाको व्यवस्थापन गर्नुपर्ने, इमरजेन्सी सेवा, प्रसुति सेवा लगायत सबै आन्तरिक सेवाहरुको उचित व्यवस्थापन गर्नुपर्ने माग राखी तालाबन्दी गरिएको सभापति श्रेष्ठले जानकारी दिनुभयो ।्
तालाबन्दी पश्चात उनीहरुले नाराबाजी समेत गरेका थिए । उनीहरुले यस्तो विषम परिस्थितिमा प्रतिष्ठानको उपचार पद्धतिलाई व्यवस्थित गर्नुपर्नेमा आफ्नो स्वार्थका लागि सबै पदाधिकारीसहित काठमाण्डौ गएकोप्रति आक्रोस समेत व्यक्त गरे । उनीहरुले साउन ३० गते हुने सिनेट वैठक स्थगित नगरे जस्तोसुकै आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।
