जन्मदिनमा सरस्वती बाल अनाथ आश्रमका बालबालिकालाई सहयोग

धरान÷जन्मदिनको अवसर पारेर धरान उपमहानगरपालिका वडा नं. १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले धरान ३ तुर्केमा रहेको सरस्वती बाल अनाथ आश्रमका बालबालिकालाई सहयोग गर्नुृभएको छ ।
भट्टराईले आश्रममा रहेका १२ जना बालिका र १६ जना बालक गरी २८ जना बालबालिकालाई जुत्ता चप्पल वितरण गर्नुभएको छ भने विहानको एक खाना समेत खुवाउनु भएको छ ।


कृष्ण जन्मअष्टमीमै जन्मनु भएका उहाले आमा र श्रमितिसंगै आश्रममै पुगेर ती बालबालिकालाई १६ हजार बराबरको जुत्ता तथा चप्पल वितरण गरिएको वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले बताउनुभयो ।
स्थानीय सरकारले समेत खासै सहयोग नगरेको यो आश्रममा विगतदेखि नै सहयोगी दाताहरुको भरमा चलेको आश्रमका अध्यक्ष दानबहादुर राईले बताउनुभयो । लकडाउनमा शुरुका दिनमा आश्रम सञ्चालन गर्न कठिनाइ भएपनि अहिले भने दाताहरुले सहयोग गर्न थालेपछि सञ्चालनमा सहज भएको बताउनुभयो ।
२०६८ सालदेखि समाजसेवी कृष्णबहादुर साहीले धरानमा रहेका अनाथ बालबालिकालाई सहयोग गर्ने उद्देश्यले स्थापना भएको सरस्वती बाल अनाथ आश्रम सरकारी सहयोग विना दाताहरुकै सहयोगमा चलेको छ ।

तपाईको प्रतिक्रिया