मन्त्रीहरु थर्कमान
वेÏवााकको ताम–झाम गरेर नेपालका भाते मन्त्रीहरु विद्यालयदेखि ट्वाइलेट सम्म शिलान्यास गर्न दौडने दिन अब चैट्ट भए जस्तो छ । चारानाको मुर्गी बाह्रानाको मसाला भनेझौ २० हजारमा निर्माण भएको कामको उद्घाटन गर्न लाखौ खर्च गरेर पुग्ने मन्त्रीहरु अब राजधानीमामात्र सीमित हुने भा’छन् । एमाउवादीका अध्येक्षे प्रचण्डाउले अस्तिका दिन इटहरीतिर आएर आफ्ना कार्जेकर्तालई दह्रै निर्देशन दिए । उन्ले मन्त्रीका गाला चड्काउन र उनीहरुका गाडी तोडफोड गर्न अराइसक्या छन् । यो सुनेपछि कााग्रेस एमालेका मन्त्रीहरुको होस हवास उडेको छ । कहाा थप्पड खाइने हो र कहाा गाडी गोलभोडा जस्तै हुने हो भन्ने चिन्ताले उनीहरु पिरोल्न थाल्या छ । गामघरितर जाने कार्जेक्रम उनीहरुले क्यान्सिल गर्न थाल्या छन् । आखिरी प्रचण्डाउको निर्देशन पाएपछि कार्जेकर्ताहरु यतिबेला मन्त्रीका गाला खोज्दै हिड्न थाल्या छन् । गाला जोगाउने कि मन्त्री पद छाड्ने, गाला पड्काउन दिने कि मन्त्री पद खाने भन्ने दोधारमा रहेका छन् विचराहरु । हेरौा क–कसले मन्त्री पद छाड्दा हुन् ?
ग्याँस संविधान
नेप्लीज जन्ताले यसपटक ग्याास र संविधान दुवैको अभाव झेले । घण्टाघरलाई लाग्छ नेपालमा ग्याँस र सविधान दुवैको गहिरो कनेक्सन छ । नत्र दुवैको एकैपटक यतिविघ्न हाहाकार हुने थिएन । सरकार कम चलाख छैन । संविधान दे–दे, संविधान माघ ८ गते नै जारी गर भनेर विद्यार्थी संगठनहरु मात्र हैन विभिन्न संघ संगठनहरुले दैनिकजसो संविधानसभा अगाडि धर्ना र जुलसु गर्न थालेपछि सरकारले स्वाठ्ठै ग्याासको हाहाकार गरिदियो । जुलसस नारा गर्दै संविधानसभा भवन अगाडि चिच्याउनेहरु दिनभरि ग्याासको लाइनमा बस्न बाध्य भए । ग्याास पाए पो ? भोलिपल्ट पनि त्यसैगरी लाइनमा । अब ग्याासको लाइनमा बसेपछि नारा जुलुस गर्नेहरु नै भएनन् । नारा जुलुस गर्ने नभएसी’ सरकारलाई कम्ता हाइसञ्चो भएन ? माघ ८ चिप्ल्याउनु थियो चिप्लियो । अनि भएन त ग्याास र संविधानको गहिरो कनेक्सन ?
बूढा सेन्टिफ्ल्याट
अस्तिका दिन नेपाली कााग्रेसका बूढा नेता सेन्टिÏल्याट भएछन् । बूढेसकालमा नि बूढाले मन थाम्न सकेनछन् । कता कता बूढालाई भित्रभित्रै काउकुति लागेछ । भएछ के भने संविधान बनाउन गएकी संविधान सभाको सबैभन्दा कान्छी सभासद सरिता यादवलाई के झोाक चलेछ कुन्नि झलमल देखिने पारदर्शी लुगा लगाएर एउटा छलफलमा गइछिन् । अगाडिको आकृति र पछिाडिको सर्वाङ्ग देखिने लुगा लगाएर गएपछि बूढाको मन बरालिएछ । हुन त कस्ता कस्ता ऋषिमुनीहरुले आइमाइको हाउभाउबाट आफ्नो हजार बर्षको तपस्या छाडेको हाम्रै धर्मग्रन्थमा सुन्न पाइन्छ । ती त विचरा आनन्द ढुंगाना त परे । उमेर पाको भएर के भो ? सरिताको पारदर्शी पहिरनमा लठ्ठ भएछन् । अति भएर मनै थाम्न नसकेपछि विचराले नजिकै रहेका लक्ष्मण लाल कर्णलाई भनेछन् ‘लौन लक्ष्मण बाबु यो त अति भयो ।’ लक्ष्मण बूढो पनि अलि पर्तिर लगेर सरितालाई सम्झाएछन् १५ डिग्रि तापक्रममा पनि अरुलाई १०४ डिग्री ज्वरो आउने पहिरन लगाउनु हुन्छ ? मोडलिङ्ग गर्न आएको कि संविधानको विषयमा बहस गर्न आएको ? लक्ष्मणलालले किन त्यसरी सम्झाएका होलान् ? पति राजकिशिोर सधै शंका गर्छन्, अरुसाग कुरा गर्छे भनेर मोवाइलसम्म बोक्न दिादैनन् । पति नभाको मौका छोपेर विचरीले आफ्नो मन पसन्त लुगा लगाएकी थिइन । त्यै पनि बूढाहरुको नेत्र जल्यो ।
के भन्या होला ?
झालेमालेका अध्येक्षे केपी ओली खुस्किए भनेर औषधोपचारका लागि पत्रै लेखेर सरकारलाई आग्रह गरेको ३० दलीय मोर्चाका संयोजक प्रचण्डाउ पनि खुस्के कि क्या हो ? अस्तिका दिन उन्ले अब हुने आन्दोलनमा कार्जेकर्ताहरु सडकमा नआए तिन्को सदस्यता नै खारेज गर्ने चेतावनी दिएछन् । त्यस्ता कार्जेकर्ताहरु बरु एमाले र कााग्रेसमा पसे हुन्छ भन्दिएछन्.् । विनासकाले विपरीत बुद्धि भन्या यही हो । आन्दोलनको बेला उल्टै एमाले कााग्रेसका कार्जेकर्ता कति दु:खी भए होलान् ? विचरा कार्जेकर्ता आन्दोलनमा जान्नम भन्या थेनन् । यतिबेला त कार्जेकर्ताहरुलाई लालिपप चटाएर आन्दोलनमा उतार्नुपर्नेमा जाओ त भन्नु भएन नि । प्रचण्डाउले खै कुरो बुझ्या ?
मापाका ओली
ओलीको बोलीले कतिका मुटुमा गोली नै लाग्छ । माउवादीका अध्येक्षे प्रचण्डाउले ओलीलाई समयमै चिन्न नसक्दा धोका भयो भन्दै अस्तिका दिन दाह्रा किट्या थे । तुरुन्तै ओलीले भन्दिए धेरै दाह्रा नकिट आफ्ना बंगरा खिइन्छ । हैन हौ च्यास्स छुने उखान तुक्का मापाका ओलीलाई कहााबाट आउाछ हा ? माउवादी नेता मर्न तयार छौं तर कााग्रेस र एमालेसाग झुक्दैनौ भन्ने भनाइप्रति पनि कडै प्रहार गरे किन मर्नु ? चुनाउ लड्नुस, भोट लिनुस्, सांसद हुनुस् । आवेशको ज्वरो चढेकाले सिटामोल खानुस, पानीपट्टी लगाउनुस्, ठण्डा हुनुस अनि वार्तामा आउनुस् । ओलीको भनाइले प्रचण्डाउ कम्ता आगो भा’ छैनन् । हैन हौ ओलीले प्रचण्डाउलाई किन त्यति साह्रो खद््या होलान् ? ओलीले प्रचण्डाउको हुर्मतै लिने भए ।
डाक्टर न परे
मुरख विद्वानको उपनामले चिनिएका बाउराम भट्टराईले अस्तिका दिन आÏनै गृहे जिल्लातिर गएर यसो एक दुईजना आसेपासे भेला गरेर झालेमालेका अध्येक्षे केपी ओलीको सिघ्र स्वास्थे लाभको कामना गरेछन् । ओली विरामी छन् भन्ने कुरा घण्टाघरलाई पत्तै थिएन । भट्टराईले ओली विरामी भएको चाल पाका
रै’छन् । आखिरी डाक्टर न ठहरिए बाउराम । जाबो विरामी पनि पत्ता लगाउन सकेनन् भने के को डाक्टर ? उन्ले भन्या ओलीलाई अलि कडै खालको रोग लाग्या छ रे । मानसिक रोग । अब डाक्टरले भन्या नपत्याउा भने पनि भएन । कि कसो हौ ?
अन्तेमा
आन्दोलनमा जाने निर्नय गर्या ३० दलीय मोर्चाभित्रका सभासदहरु हिजो आज साह्रै पिरोलिन थाल्या छन् । काठमाण्डौमा दुईलाख मानिस उतार्न २९ लाख जुटाउनुपर्ने भएसी मोर्चाका सभासदहरुले २०/२० हजार चन्दा दिनुपर्ने भएको छ । पैसाका लागि केही हुादा खाने सभासदहरु विहानैदेखि संसद सचिवालयमा लाम लाग्न थाल्या छन् रे । हाम्रो भत्ता आउने बेला भएन ? २० हजार बुझाउनुपर्ने छ भन्दै भत्ताका लागि किचकिच गर्न थाल्या छन् रे । कस्तो आपत्ति ? विचराहरु पैसा दिएर आन्दोलनमा जानुपर्ने । संसदभित्र बसेर हल्ला गर्नेहरुले अब सडकमा गएर हल्ला गर्नुपर्ने भयो । यस्तै हो । कहिले कस्को पालो कहिले कस्को पालो ।
